Category: Uncategorized

  • बालकको मृत्युपछि सिरहा अस्पतालमा तोडफोडको प्रयास

    बालकको मृत्युपछि सिरहा अस्पतालमा तोडफोडको प्रयास

    काठमाडौं । असार १५, प्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तजन र प्रहरीले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् ।

    त्यसक्रममा प्रहरी र बिरामीको समूहबीच झडप भएको हो । झडपको क्रममा ९ प्रहरीसहित १० जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार, दुई दिनदेखि निरन्तर ज्वारो आएपछि आइतबार बिहान अस्पताल भर्ना भएका सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका छोरा १० वर्षीय राजन महराको साँझ ५ बजेतिर मृत्यु भएको थियो ।

    राजनलाई अस्पताल ल्याउँदा दूध र बिस्कुट खुवाएर ल्याएको तर, चिकित्सकले सुई लगाउने वित्तिकै चिच्याउँदै मृत्यु भएको ठूलीआमा सोभा महराले बताइन् । त्यसपछि चिकित्सक बेवास्ताले मृत्यु भएको भन्दै परिवार तथा स्थानीयवासी आक्रोशित भएका थिए ।

    सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार, झडप नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरिएको छ । आफन्तजनले प्रदर्शन गर्दै दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माग गरेका छन् ।

  • तपाईंको आजको राशिफल

    तपाईंको आजको राशिफल

    आज – १६ जेठ २०८२ शुक्रवारको राशिफल

    मेष
    (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिनले उत्साहमा कमी लिएर आउनेछ। परिवारको मनमुटाव सुल्झ्याउन समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समय पर्खिनुहोला। सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

    बृष
    (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आयका नयाँ स्रोतहरू बन्नेछन्। योजना बनाएर कार्य गर्नुहोस सफलता मिल्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन
    (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    कार्यक्षेत्रमा कुनै प्रकारको जोखिम लिनबाट बच्नुहोस्। स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ। रोकिएका कार्यहरू अगाडि बढ्नेछन्। नोकरी वा पेशामा कार्यको जस पाउनुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट
    (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सरकारी नोकरीमा परीक्षा को शुभ सुचना मिल्ला। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह
    (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कार्यक्षेत्रमा आलस्यबाट बच्नुहोस्। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। चिताएको कार्य सम्पादित गर्न बाधा आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

    कन्या
    (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आफ्नो कुराले अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफलतापूर्वक सम्पादित हुनेछन्। जीवनसाथीसँग रमाइलो सम्बन्ध रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    तुला
    (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रमा कार्य बिग्रिनको डरले मनमा अज्ञात भय रहनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या थियो भने सुल्झिनेछन्। पारिवारिक भ्रमणको सम्भावना छ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक
    (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सामाजिक कार्यले प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई मानसिकबोझबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा गोप्य कुराहरूलाई गोप्य राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    धनु
    (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। विद्यार्थीहरूको पठनपाठन भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    मकर
    (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ। सन्तान पक्षबाट शुभ सुचना मिल्नेछ। कर्यक्षेत्रमा एउटा कार्य सिध्याएर मात्र अर्को कार्य थाल्नु होला अविवाहित हरूलाई विवाहको प्रस्ताव मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ
    (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    नोकरी वा पेशामा हजुरको कुराको महत्व बढ्नेछ। रोकिएको पैसा मिल्ने सम्भावना रहेको छ। पुरानो साथीसँग भेटघाट हुनेछ। वाहन चलाउँदा सावधान रहनुपर्ने हुन्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

    मीन
    (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज हजुर ऊर्जावान रहनुहुनेछ। व्यापार व्यवसायलाई बढाउन सकिनेछ। राजनीतिक क्षेत्रमा कुनै जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

  • सर्वोच्चको पछिल्लो आदेश अपूर्ण र अन्यायपूर्ण रहेको रास्वपाको निष्कर्ष

    सर्वोच्चको पछिल्लो आदेश अपूर्ण र अन्यायपूर्ण रहेको रास्वपाको निष्कर्ष

    काठमाडौं । जेठ १२, सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई रास्वपाले विवेकका दृष्टिबाट अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

    पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानुनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    यो विषय विधिको शासनप्रति आस्था राख्ने नागरिकका लागि चिन्ताको विषय बनेको पनि रास्वपाले बताएको छ ।

    ‘मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘वेल सुनुवाइ’ मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको छ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ ।

    साथै, राज्यले नै सभापति लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत जनतामा गड्दै गएको निष्कर्ष आफ्नो पार्टीले निकालेको झाले बताएका छन् ।

     

     

     

  • भोलिसम्मका लागि एमाले धनुषाको ८औं अधिवेशन स्थगित

    भोलिसम्मका लागि एमाले धनुषाको ८औं अधिवेशन स्थगित

    काठमाडौं । वैशाख २३, नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ ।

    वैशाख २० गतेदेखि जारी अधिवेशन दुई पक्षबीच झडप भएपछि  भोलिसम्मका लागि स्थगित भएको निर्वाचन समितिले सूचना सुनाएको छ ।

    अन्तिम मतदाता नामावली नाममा प्रकाशनलाई लिएर आज बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो । त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी रह्यो ।

    झडपमा पाँचजना घाइते समेत भएका थिए । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।

  • देशका अधिकांश भागमा मौसम सफा रहने

    देशका अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ । फागुन ९, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • काठमाडौंमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौंमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । माघ २३, काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

     

    बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।