Category: Uncategorized

  • ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी

    ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी

    काठमाडौं । भदौ २७, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

    प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति देउवा पनि सहभागी भएका स्रोतले बतायो ।

    उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु भेला भएको बताइएको छ ।

    प्रधानमन्त्रीको सचिवालयलेले संवैधानिक परिषद बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जनाएको छ ।

     

  • गट्ठाघरमा आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा

    गट्ठाघरमा आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा

    काठमाडौं । भदौ २६, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा ३१ साउनमा भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् ।

    ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदीप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगरलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका चारै जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीहरु चारै जनालाई जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए । उनीहरुलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँहरुबाट प्रहरीले पक्राउ गरेको थियो ।

    ३१ साउनमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

    ट्राफिक प्रहरीले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेका थिए ।

     

  • रास्वपाले उपसभामुखबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने

    रास्वपाले उपसभामुखबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने

    काठमाडौं । भदौ २६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने बताएको छ ।

    तर यो विषयमा सरोकार रहेको भन्दै प्रतिवादका लागि तयार रहेको बताएको छ ।

    अमेरिकी दूताबासलाई लिएर लेखेको पत्रलाई लिएर सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा राना मगरमाथि प्रश्न उठाएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले पर्ख र हेरको नीति लिने निर्णय गरेको छ ।

    कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार सत्तारुढ दलहरुले के गर्छन् भन्ने प्रष्ट नभइसकेकाले रास्वपाले पनि के गर्ने भनेर औपचारिक निर्णय गरेको छैन ।

    ‘चर्चाको विषय मात्र हो । औपचारिक कदम चालिएको छैन । त्यसैले अहिले छलफल मात्र गरिरहेका छौं’, उनले अगाडि भने, ‘वेट एण्ड बाचमा छौं ।’यद्यपि यो विषयमा आफूहरुको सरोकार रहेको र जस्तो परिस्थिति आउँछ, त्यसको आक्रामक प्रतिवाद गर्न तयार रहेको उनले बताए ।

    भिसा अन्तर्वार्ताका पत्र लेख्नु गलत भएपनि त्यो सम्वन्धित ठाउँमा दर्ता नै नभएको उनले बताए । साथै १८ महिनासम्म दबाएर राखेर अहिले राजनीतिक दाउपेचका लागि प्रयोग गर्न खोजिएको रास्वपाको बुझाइ छ ।

     

  • जसपामा नयाँ कार्यसमिति बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी

    जसपामा नयाँ कार्यसमिति बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । भदौ २५, जनता समाजवादी पार्टी नेपालको हालै सम्पन्न महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

    पार्टीको महाधिवेशनमा महासचिव पदका उम्मेदवार लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले मंगलबार निर्वाचन आयोगमा निवेदन दिंदै विधान तथा निर्देशिका विपरीत काम भएको भन्दै त्यसलाई बदर र छानबिन गर्न माग गरेका हुन् ।

    २८ देखि ३० जेठसम्म जनकपुरमा भएको जसपा नेपालको महाधिवेशनबाट कार्यसमितिमा कम्तीमा एक तिहाइ महिला र नेपालको विविधतालाई प्रतिविम्वित हुने गरी आदिवासी, जनजाति, मधेशी, खस क्षेत्री र ब्राह्मण समूह, थारु, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसख्यक समुदायका जातीयसामाजिक समूहहरुवाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरु (पदाधिकारी बाहेक) निर्वाचित गर्नुपर्नेमा नगरिएको भन्दै बदर माग गरिएको हो।

    त्यस्तै निर्वाचनबाट ४० प्रतिशत युवा केन्द्रीय समितिमा निर्वाचित हुनुपर्नेमा त्यो पनि नभएको उजुरीमा उल्लेख गरिएको छ ।

    पार्टीको विधानको धारा ८५९२० तोकिए बमोजिमको योग्यता नभएका, पार्टीमा आवद्ध भएको १ वर्ष पनि पूरा नभएका रामकुमार शर्मालाई महासचिव पदमा, बांके जिल्ला अध्यक्ष मोहमद कमरुदिन राईलाई सचिव पदमा, पार्टीको सदस्य मात्र भएकी सुरिता साहलाई कोषाध्यक्ष पदमा निर्वाचित गर्नु विधान विपरित भएको दाबी गरिएको छ ।

    त्यसैगरी केन्द्रीय सदस्यमा विधानको धारा ८९३० विपरीत धरान उपमहानगरपालिका सदस्य मात्र रहेका ताजुब लिम्बु लगायत धेरैलाई केन्द्रीय सदस्यमा चयन गरेको पनि उजुरीमा उल्लेख छ ।

     

  • राजदूत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्र मन्त्री देउवाद्धारा प्रतिबद्धता

    राजदूत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्र मन्त्री देउवाद्धारा प्रतिबद्धता

    काठमाडौं । भदौ २४, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन् ।

    सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्र मन्त्री राणालाई बोलाएको थियो ।

    छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताइन् । साथै आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाइन् ।

    ‘जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो हुनसकेको छैन भन्ने मलाई पनि लागेको छ’ उनले भनिन्, ‘यो कुरा मन्त्रिपरिषद्‌मा म अघि बढाउनेछु ।’

    उनले निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा समेत जोड दिइन् । मन्त्रिपरिषद्‍मा दुई जना महिला मात्र रहेको भन्दै उनले भनिन्, ‘यहाँ (राजदूत सिफारिस) पनि १७ जनामा दुई जना देखापर्नुभएको छ ।’

     

  • सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक सुरु

    सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक सुरु

    काठमाडौं । भदौ २४, सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।

    यो बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, सरकारको समीक्षा लगायतबारे छलफल हुने बताइएको छ ।