केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

सहयात्रा टिभी

सहायात्राटीभी : चिकित्सा शिक्षामा प्रचलित व्यवसायिकता रोक्न, चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेरै चर्चा र लोकप्रियता बटुलिरहेका डा. गोविन्द केसीलाई नचिन्ने नेपाली सायदै कोहि होलान् । डा.केसीको १५ औँ अनसन हाल जुम्लामा चलिरहेको छ ।
देश र जनताका निम्ति आफ्नो ज्यानलाई तरवारको धारमाथि उभ्याएर पटक पटक भोक हड्ताल/ आमरण अनसन बसेका डा. केसीलाई धेरैले समाजसेवी, जनताप्रेमी, सेवा भावनाका प्रतिमूर्तीको रुपमा हेरि सम्मान व्यक्त गरिरहेका छन् भने केहि मानिसहरुले उनको काम अनावश्यक भएको, सरकारको कामलाई हस्तक्षेप पु¥याएको भनि पागल वा बेवकुफको उपनाम समेत भिराइदिएका छन् ।


डा. केसीको २५ मार्च १९५७ मा रामेछाप जिल्लामा जन्म भई हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्वार्टरमा बस्दै आएका छन् । उनी सोहि अस्पतालमा लामो समयदेखि बरिष्ठ अर्थोपेडिक सर्फनको रुपमा काम गर्दै आएका छन् ।
सदाचार, सेवा भावनाका रुपमा परिचित डा. गोविन्द केसी बास्तवमा नै ‘सादा जीवन उच्च विचार’ को भावनाबाट ओतप्रोत भएका महान व्यक्ति हुन् । उनका हरेक क्रियाकलापहरु केवल जनताको सेवामा समर्पित भएको देखिन्छ । उनी वर्षको दुई पटक सम्म नेपालका दुर्गम जिल्लाहरुमा गई त्याहांका नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । हप्तौँ दिनसम्म गाउँमा क्लिनिक खडा गरि स्थानियहरुलाई निशुल्क सेवा प्रदान गर्नु नै उनी आफ्नो धर्म सम्झन्छन् । यसरी जनतालाई आफैँ उपस्थित भई निशुल्क सेवा प्रदान गर्दा लाग्ने सम्पूर्ण खर्च उनी आफैँले वेहोर्ने गर्छन ।


उनले नेपालीहरुलाई मात्र हैन आवश्यक पर्दा बाहिरी देशहरुमा समेत सेवा गर्न भ्याएका छन् । उनले भुकम्प, सुनामी, तुफान लगायतका ठूला संकट वा विपत्तिले धेरै मानिसहरुको ज्यान लिइ धेरैलाई घाइते बनाएको अवस्थामा भारत, पाकिस्तान, हाइटि, फिलिपिन्स लगायतका देशहरुमासमेत पुगरे सेवा दिएका छन् ।
आज विश्व प्रविधि र विज्ञानले निकै साँगुरो भएको छ । आजका दिनमा मोवाइल फोन नहुने मानिसहरु भेट्न मुस्किल नै पर्ला । हामी केहि क्षण मात्र मोवाइल विना बस्नु पर्दा बाच्नै नसक्ने भएका छौं । तर डा. केसीले भने अहिले सम्म मोवाइलको प्रयोग गरेका छैनन् । अविवाहित डा. केसी आफ्नो काम अस्पतालमा हुने र आफु २४ घण्टा अस्पतालमा बस्ने हुँदा मोवाइलको आवश्यकता नभएको बताउछन् । कुनै समय उनलाई भेट्दा उनको हातमा सिसा फुटेर झरीसकेको घडि थियो । डाक्टर जस्तो मानिसको हातमा यस्तो घडि भनि प्रश्न गर्दा उनी भन्थे, ‘घडिको काम समय देखाउनु हो, यसले पनि मलाई समय देखाएकै छ, काम चलिरहेकै छ, किन अनावश्यक खर्च बढाउने’ उनि प्रतिप्रश्न गर्थे ।
व्यक्तिगत रुपमा पनि बढि खर्च नगर्ने, परिवारलाई खर्च गर्नुनपर्ने, अन्य व्यक्तिगत महत्वकांक्षा नभएका डा. केसीले मन र कर्मबाट मात्र नभइ आफूसंग भएको धनले पनि जनताको सेवा गर्दै आएको बताउदै आएका छन् ।
वर्तमान समयमा देशका हरेक क्षेत्रमा देखिएका अराजकता, अनैतिकता र बेतिथिको विरोध गर्दै चिकित्सा शिक्षामा सुधारको माग गरि अनसनरत डा. केसीको यो १५ औँ अनसन हो, जुन उनी जुम्लामा बसेर गरिरहेका छन् । जुम्लामा आइसियुको सुविधा पनि छैन, साथै उनी स्लाइनपानी मार्फत औषधी लिन पनि मानिरहेका छैनन् । सरकारी पक्ष भने डा. केसीले जति पटक अनसन बसेपनि  उनका सबै माग जायज नभएको र सबै माग सरकारले पुरा गर्न नसक्ने बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस् 

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 17 July, 2018

प्रतिक्रिया दिनुहोस्