Author: Kamal Rana

  • रूस–यूक्रेन युद्धका कारण जी–२० को अर्थमन्त्री स्तरीय वार्ता ओझेलमा

    रूस–यूक्रेन युद्धका कारण जी–२० को अर्थमन्त्री स्तरीय वार्ता ओझेलमा

    काठमाडौँ । १ साउन, रूस–यूक्रेन युद्धले जी–२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ ।

    समूहको वैठकपछि संयुक्त विज्ञप्ति जारी गरी छलफलमा भएका निर्णयबारे सार्वजनिक गराउने परम्परा छ । यद्यपि युद्धका कारण उक्त समूहका सदस्यहरूबीच एक मत हुन नसकेपछि संयुक्त विज्ञप्तिविना नै बैठक टुङ्गिएको छ ।

    इन्डोनेसियाको बालीमा भएको वार्ताको क्रममा वित्त प्रमुखहरूले खाद्य तथा ऊर्जा संकटहरूको समाधान खोजेका बताइएको छ । तर बैठकका सहभागीहरूले रूसी प्राविधिकहरूले समस्याहरूलाई झनै चर्काएको आरोप लगाए ।

    अमेरिकी वित्तमन्त्री जेनेट येलेन, अस्ट्रेलियाका जिम चालमर्स र क्यानाडाका क्रिस्टिया फ्रिल्यान्डले शुक्रबार यूक्रेनमा गरिएको रूसी हस्तक्षेपमार्फत् भएको विश्व अर्थतन्त्रलाई प्रभावित पारिएको भन्दै यसको आलोचना गरे ।

    औपचारिक विज्ञप्तिको सट्टा इण्डोनेशियाले जारी गरेको १४ अनुच्छेदको वर्णन जी–२० समूहको अध्यक्षता गरेका इन्डोनेसियाली वित्त मन्त्री मुल्यानी इन्द्रावतीले समापन सम्बोधनमा गरेका छन् ।

    उनले अधिकांश दस्तावेजमा सहमति भएको बताइन् तर यसमा रहेका दुई अनुच्छेदले युद्धको प्रभाव र कसरी प्रतिक्रिया दिने भन्ने सन्दर्भमा सदस्यहरूको मतभेदमा केन्द्रित भएको छ । उनले भनिन्, “मेरो विचारमा यो नै सबैभन्दा राम्रो परिणाम हो ।”

    वार्ताको दोस्रो दिनको सुरुमा, इन्डोनेशियाका केन्द्रीय बैंकका गभर्नर पेरी वारजियोले कोभिड–१९ महामारीबाट पीडित विश्व अर्थतन्त्रलाई पुनः स्थापित गर्नमा ध्यान केन्द्रित गर्न मन्त्री तथा विश्वव्यापी वित्त नेताहरूलाई आह्वान गरे ।

    वार्ताको दोस्रो दिनको सुरुमा, इन्डोनेशियाका केन्द्रीय बैंकका गभर्नर पेरी वारजियोले कोभिड–१९ महामारीबाट पीडित विश्व अर्थतन्त्रमा पुनः स्थापनामा ध्यान केन्द्रित गर्न मन्त्री तथा विश्वव्यापी वित्त नेताहरूलाई आह्वान गरे ।

    अन्तरराष्ट्रिय मुद्रा कोषले आफ्नो विश्वव्यापी वृद्धि पूर्वानुमानमा कमी आएपछि यो बैठक भएको हो । अमेरिकी मुद्रास्फीतिले मन्दीको डर उत्पन्न गर्दा यो महिनामा विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण गरिएको छ ।

    युक्रेन युद्धले विश्व बजारलाई चर्काएको, खाद्यान्नको मूल्य बढेको र मुद्रास्फीतिलाई तोडेको अवस्थामा वित्तमन्त्रीस्तरीय छलफल ओझेलमा परेको छ ।

  • मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः १४ सैनिकको मृत्यु

    मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः १४ सैनिकको मृत्यु

    काठमाडौँ । ३२ असार, मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

    लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।

    नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

    दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।

    राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

  • फोहोर नमिसाउने अभियान : घरदैलो कार्यक्रममा आफैँ पर्चा बाँड्दै हिँडे मेयर शाह

    फोहोर नमिसाउने अभियान : घरदैलो कार्यक्रममा आफैँ पर्चा बाँड्दै हिँडे मेयर शाह

    काठमाडौँ । ३२ असार, काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहोर नमिसाउने अभियानअन्तर्गत शनिबार (आज) घरदैलो कार्यक्रम गरेको छ ।

    साउन १ गते (भोलि) देखि कुहिने र नकुहिने फोहोर छुट्याएर फरक फरक बार अनुसार फोहोर संकलन गर्न लागेको महानगरपालिकाले आज जनचेतनाका लागि घरदैलो कार्यक्रम गरेको हो ।

    महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वको महानगरले घरदैलो कार्यक्रम गरेको हो । ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको ब्यानर र माइकिङसहित घरदैलो कार्यक्रम गरेका शाह आफैले स्थानीय जनतालाई फोहोर संकलन तथा व्यवस्थापनसम्बन्धी महानगरले छापेको पर्चासमेत बाँड्दै हिँडेका थिए ।

    घरदैलोका क्रममा आफैँ पर्चा बाँड्दै हिँडेका प्रमुख शाहसँग फोटो खिच्नेहरुको पनि भीड लागेको थियो ।

    उनले फोहोर नमिसाउने महानगरको अभियान नै चलाइएको बताए । साथै निरन्तर घरदैलो कार्यक्रम हुने पनि बताएका छन् ।

    महानगरपालिकाले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ। साथै नकुहिने फोहोरका लागि सोमबार र शुक्रबार तोकेको छ । तोकिएको समय बमोजिम नागरिकले फोहोर व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

  • वार्षिकोत्सव मनाउन त्रिवि शिक्षण अस्पताल बन्द गर्न डिनको निर्देशन

    वार्षिकोत्सव मनाउन त्रिवि शिक्षण अस्पताल बन्द गर्न डिनको निर्देशन

    काठमाडौँ । ३१ असार, चिकित्सा शास्त्र अध्ययन संस्थानको ४० औँ वार्षिकोत्सव मनाउन डीन कार्यालयले त्रिवि शिक्षण अस्पतालसहित मातहतका तीन अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको छ ।

    संस्थानको वार्षिकोत्सव मनाउन आगामी साउन १ गतेका दिन त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको आकस्मिक बाहेक सबै सेवा बन्द गर्न निर्देशन दिइएको हो ।

    डीन प्रा. डा. दिव्या सिंह शाहले निर्देशन जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डरीको समेत उपस्थिति हुने १ साउनको वार्षिकोत्सवमा विभागीय प्रमुखलगायत सबै फ्याकल्टीलाई उपस्थित हुन निर्देशन दिएकी छन् ।

  • अरुलाई मनपर्ने विषयमा कुरा गर्नु आफ्नो सफलताको सुरुवात हुनु हो

    अरुलाई मनपर्ने विषयमा कुरा गर्नु आफ्नो सफलताको सुरुवात हुनु हो

    हामी आफूबारे सोचिरहन्छौँ र आफ्नै कुरा गरिरहन्छौँ । सबैभन्दा आफ्नो कुरा गरेर सन्तुष्ट हुन्छन् । सबैलाई आफ्नै कुरा भनिरहन मन लाग्छ । आफ्नो कुरा नसध्याई मानिसहरु ठाउँ छोड्दैनन् । आफ्नो कुरा भनिसकेपछि ल त मेरो फलाना काम छ म हिडेँ है भनेर बाटो तताउन थाल्छन् ।

    अरुको कुरा सुनिरहने रुचि कसैलाई हुँदैन । त्यसैले हामीले आफ्नो कुरा गरेर प्राप्त हुने सन्तुष्टिलाई त्याग्न सक्यौँ भने अरुमा प्रभाव पार्ने हाम्रो क्षमतामा ठूलो प्रगति हुन्छ । हो, यस्तो गरिहाल्न गाह्रो छ । तर निरन्तर प्रयासबाट सम्भव छ ।

    अरुसँग कुरा गर्दा उसका लागि मनपर्ने विषयबाट कुरा सुरु गर्नुपर्छ । उसका लागि सबभन्दा मनपर्ने उसकै विषय हो । उसका बारे उसैसाग कुरा गर्‍यौँ भने उसलाई मनपर्छ । यसो गर्दा ऊ हामीप्रति सकारात्मक हुन्छ । आफ्नो कुरा गर्ने मानिसहरुको इच्छाबमोजिम हामीले उसलाई, उसकै विषयमा कुरा गर्न सहयोग गर्नुपर्छ ।

    उसलाई उसकै बारे कुरा गराउनमा हामीले दक्षता हासिल गर्‍यौँ भने मानिसहरुले हामीलाई मन पराउन थाल्नेछन् । उसलाई उसकै बारे प्रश्न गरेर दक्षता हासिल गर्न सकिन्छ, जस्तै : तपाईंलाई सन्चै छ ? तपाईंको पढ्नका लागि गएको छोरा/छोरीको के खबर छ ?

    साभार : ‘उत्तम ज्ञान’ पुस्तकबाट

  • जसपा फुटाउने भट्टराईको षड्यन्त्र परास्त भयो : अध्यक्ष यादव

    जसपा फुटाउने भट्टराईको षड्यन्त्र परास्त भयो : अध्यक्ष यादव

    काठमाडौँ । ३१ असार, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपा फुटाउने डाक्टर बाबुराम भट्टराईको षड्यन्त्र असफल भएको बताएका छन् ।

    वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भट्टराईको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका हुन् ।

    भट्टराईले पार्टी फुटाउने षड्यन्त्र गरेको तर संख्या नभएर आफैँ परास्त हुन पुगेको यादवको भनाइ छ । ‘आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो ।’ उनले भने, ‘पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चकनाचुर भएको छ ।’

    भट्ट पक्षको काठमाडौँमा भएको बेठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरेकाले उनीहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष यादवले बताए ।

    अध्यक्ष यादव नेतृत्वको जसपाको बिहीबार बसेको बैठकले संघीय परिषद अध्यक्ष भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासन गर्ने निणर्य गर्दै जिम्मेवारीबाट मुक्त गरेको थियो ।

    भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको थियो ।