अहिले जो कोहीको मुखमा एउटै प्रश्न हुन्छ –निर्वाचन हुन्छ त ? प्रश्न सबैसंग हुन्छ तर ढुक्क भएर कसैले उत्तर दिन सक्दैन । यो सबैको एउटै कारण अस्थिर राजनीति तथा सरकार र दलहरुमाथिको अविश्वास नै हो ।
सुरुमा बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन अब जेठ ३१ गतेका लागि पनि तोकिएको छ । भन्नुको अर्थ निर्वाचन दुइ चरणमा हुने छ । संघीय गठवन्धनमा आबद्ध दल र सरकारबीच संविधान संशोधनका विषयमा सहमति भएपछि उनीहरुलाइ पनि सहभागी गराउन निर्वाचन दुइ चरणमा गर्न लागिएको हो । यो बीचमा मधेशी मोर्चामा आबद्ध ६ दल एक भएर राष्ट्रिय जनता पार्टी बनेको छ । यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन र यसले भने बमोजिम निर्वाचन चिन्ह छाता नपाउने लगभग निश्चित भैसकेको छ । त्यसअघि संविधान संशोधनमा एमाले पूरै नकारात्मक रहेकाले तराई केन्द्रीत दलहरुको माग अनुसार सहज रुपमा संविधान संशोधनको अवस्था पनि सहज देखिदैन । अर्कोतर्फ नयाँ शक्ति लगायत ६५ दलहरु निर्वाचन चिन्ह नपाएको भन्दै आन्दोलनमा, नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीको देशभर त्रास, कांग्रेस भित्रै मधेश केन्द्रीत नेताहरुद्वारा संविधान संशोधनपछि मात्रै निर्वाचन गर्नुपर्ने दबाब, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निराशाजनक ट्वीट, प्रधानमन्त्री पुष्पकमल दाहाल गृहमन्त्रीबाट असन्तुष्ट हुनु लगायतका दर्जनौ कारणले निर्वाचनप्रति संशय उत्पन्न भएको छ ।
अझ, छिमेकी मुलुकहरुको चाहना, सहयोग र भूमिका पनि उत्साहपूर्ण नभएको देखिएको छ । यसमा दक्षिणको छिमेकीले संविधानमा आफनो चाहना प्रकट नभएको तुष आजसम्म पनि पालेको देख्न सकिन्छ । पछिल्लो समय हिन्दू राष्ट्र घोषणा र राजसंस्थाका लागि आवश्यक स्पेस दिने विषयमा भारत र चीन पनि सकारात्मक रहेका तथ्य सार्वजनिक भएका छन । बेलाबेलामा आउने पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देश र उनका गोप्य भेटवार्ताबाट पनि यसको संकेत पाउन सकिन्छ । त्यसमा पनि महत्वपूर्ण राजनीतिक दलका नेताहरुका मुखबाट समेत यी कुरा सार्वजनिक हुन थालिसकेका छन । यो परिस्थितिमा ०७४ माघ ७ गते भित्र तीनवटै तहको निर्वाचन चुनौतीपूर्ण भएपनि संविधान कार्यान्वयनका लागि यो गर्नैपर्ने बाध्यता छ । यो संविधान अनुसार मुलुक अघि बढने वा नयाँ राजनीतिक कोर्स सुरु हुने कुरा छर्लङ्ग हुन अब धेरै कुर्नुपर्ने छैन ।
Author: sahayatra
-
निर्वाचन हुन्छ ?
-

कवयित्री मोमिला जोशी पोखरामा
कवयित्री मोमिला जोशी पोखरामा । कविता कन्सर्टमा सहभागी हुन पोखरा पुगेकी मोमिला कन्सर्टबाट आफू निकै उत्साहित भएको बताउँछिन ।
-

चलचित्र निर्देशक प्रकाश सायमीको फेसबुक वालमा भेटिएको तस्बिर
चलचित्र निर्देशक प्रकाश सायमीको फेसबुक वालमा भेटिएको तस्बिर
-

चुनाव र असन्तुष्ट दलहरूका विषयमा पाँच दल छलफलमा
बैशाख ६, २०७४ । स्थानीय तहको निर्वाचन र असन्तुष्ट दलहरुका माग सम्बोधनका विषयमा छलफल गर्न प्रमुख पा“च दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनको विषयमा छलफल भैरहेको छ । सरकारले निर्वाचनको तयारी, आन्दोलनरत दलहरुका माग लगायतका विषयमा ठोस सहमति गरी अघि बढने प्रयास गरेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा तथा फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी छन ।
-

चीनसंग मिलेर उत्तर कोरियामाथि दवाव दिने अमेरिकी नीति
बैशाख ६, २०७४ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा तनाव बढाउन थालेको भन्दै अमेरिकाले आक्रोश व्यक्त गरेको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले पछिल्लो असफल मिशाईल परीक्षणपछि चीनसंग मिलेर तनाव घटाउन लागेको बताएका छन । परीक्षण गरेको केही क्षणमा सो मिसाईल पड्किएको पेन्टागनको दावी छ । प्योङयाङले हरेक साता मिशाईल परीक्षण गर्ने योजना रहेकाले आफु माथि अमेरिका जाईलागेमा युद्ध भड्किने चेतावनी दिएको छ । उत्तर कोरियालाई आणविक हतियार मुक्त गर्नका लागि चीनसंग मिलेर दबाब दिने अमेरिकाको नीति रहेको रक्षामन्त्री म्याटिसले बताए । आफनो शक्तिको अनुभुति दिलाउनका लागि अमेरिकाले मिशाईल परीक्षण असफल पार्ने योजना बनाएको बताईएको छ ।
-

रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड सेमिफाइनलमा, रोनाल्डोको ह्याट्रिक
बैशाख ६, २०७४ । रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेका छन् । च्याम्पियन्स लिग लिग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो आ–आफ्ना खेलमा जित निकाल्दै रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेका हुन् । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसंगै बायर्न म्यूनिखमाथि चार–दुईको नजिता निकाल्दै रियल म्याड्रिडले सेमिफाइनलमा आफ्नो स्थान पक्का पारेको हो । रोनाल्डोले क्रमशः ७६ औं, १०४ औं र १०९ औं मिनेटमा गोल गरे । फिडेन्डिङ च्याम्पियन रियलले पहिलो लेग दुई–एकले जितेको थियो । यस्तै दोस्रो लेगमा लेष्टर सिटीसंग एक–एकको बराबरी खेल्दै एथ्लिट्को म्याड्रिडले पनि च्याम्पियन्स लिगको सेमिफाइलमा स्थान बनायो । पहिलो लेगमा एथ्लिट्को म्याड्रिड एक–शुन्यले विजयी भएको थियो ।।।