Author: sahayatra

  • सरकार–मोर्चा आज सहमति हुन सक्ने

    सरकार–मोर्चा आज सहमति हुन सक्ने

    बैशाख ९, २०७४ । परिमार्जन सहित संविधान संशोधन प्रस्ताव पारित गर्न सत्तापक्ष तयार भएपछि सरकार र मधेशी मोर्चाबीच सहमतिको सम्भावना बढेको छ । नयाँ संशोधन प्रस्तावमा असहमती जनाउदै स्थानीय निर्वाचन बहिष्कारको घोषणा गरेको मोर्चाले परिमार्जन सहित संशोधन प्रस्ताव पारित गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने जनाएको छ । संशोधन प्रस्तावमा सहमती जुटाउन २–२ जना सदस्य रहने गरी चार सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला र राप्रपाबाट बुद्धिमान तामाङ तथा मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सदस्य हुनुहुन्छ । कार्यदलले आज बिहान छलफल गरी तयार पारेको प्रस्तावमा दिउ“सो २ बजे बस्ने संयुक्त बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । मोर्चाका नेताहरुले सिमांकन हेरफेरका लागि धारा २ सय ७४ को संशोधन, संघीय अयोगको क्षेत्राधिकार, स्थानीय तहको संख्या वृद्धि र स्थानीय तहलाई प्रदेश मातहत राख्ने गरि राजनीतिक सहमती जुटे स्थानीय निर्वाचनमा सहभागि हुने बताएका छन । निर्वाचन अगाडीनै संविधानमा उल्लेख भए अनुसार स्वयत्त, विशेष र संरक्षित क्षेत्र टुङ्गो लगाउनुपर्ने मोर्चाको माग छ ।

  • जहाज खरिद गर्न सरकार जमानत बस्ने ः मन्त्रिपरिषद

    जहाज खरिद गर्न सरकार जमानत बस्ने ः मन्त्रिपरिषद

    बैशाख ७, २०७४ । मन्त्रिपरिषदको बैठकले नेपाल वायु सेवा निगमको दुई वाइडबडी जहाज खरिदका लागि जमानत बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले एयरबस खरिदमा जमानत बस्ने निर्णय गरेको उर्जामन्त्री जनार्दशन शर्माले जानकारी दिनुभयो । विमान खरिदका लागि नेपाल एयरलाइन्स र अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेसनबीच खरिद सम्झौता भइसकेको छ । यस्तै, बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि अनुमोदन गरेको छ । बैठकले सिन्धुलीको दुम्जामा विपी कोइराला तथा रामेछापमा पुष्पलाल श्रेष्ठको नामबाट पार्क निर्माणका लागि ५० र ५० लाख रुपैया“ दिने निर्णय गरेको छ । बैठकले युरोपियन युनियनलाई जग्गा खरिदको अनुमति दिएको छ । नेपाली सेनाका प्रमुख सेनानी गौरव केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय बैठकले गरेको छ ।।।

  • पाँच मधेशी दल आज एक हुँदै, उपेन्द यादव बाहिर

    पाँच मधेशी दल आज एक हुँदै, उपेन्द यादव बाहिर

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच दलबीच आज एकता घोषणा हुने भएको छ । लामो गृहकार्य पछि आज तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता घोषणा हुन लागेको नेता राजकिशोय यादवले जानकारी दिनुभयो । उहाँले कालिकास्थानस्थित एक पार्टी प्यालेसमा दिउ“सो १ बजे एकता घोषणा कार्यक्रम रहेको जानकारी दिनुभयो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने बाहिरै रहेका छन । नेता यादवले यादव र झा पनि चा“डै एकीकरण प्रक्रियामा सहभागी हुने दावी गर्नुभयो । एकीकृत पार्टीबाट मधेश भन्ने शब्द हटाएर नेपाली जनता पार्टी राख्ने लगभग सहमति भैसकेको छ ।

  • बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

    बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

    बैशाख ७, २०७४ । बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधवार राती सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा युभेन्टससंग गोलरहित बराबरीमा रोकिंदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फबाट कुनै गोल हुन सकेन । गोलरहित बराबरी पछि समग्रमा तीन–शुन्यको हार व्यहोर्दै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा बार्सिलोना तीन–शुन्यले पराजित भएको थियो । उता बोरुसिया डर्टमण्डलाई तीन–एकले पराजित गर्दै समग्रमा ६–३ को नजिताका साथ मोनाको च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । मोनाकोको जितमा काइलियन मेपे, राडामेल फाल्काओ र भालेरे जरमैनले गोल गरे भने बोरुसियकातर्फबाट मार्को रुइसले सान्त्वना गोल फर्काए । पहिलो लेगमा मोनाको तीन–दुईले विजयी भएको थियो । सन् २ हजार ४ पछि मोनाको पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । यससंगै च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइल समीकरण समेत सकिएको छ । डिफेण्डिङ च्याम्पियन रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड, युभेन्टस र मोनाको च्याम्पियन्स लिगको च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् ।।।

  • उत्तर कोरियाको आणविक गतिविधिप्रति चीन गम्भीर

    उत्तर कोरियाको आणविक गतिविधिप्रति चीन गम्भीर

    बैशाख ७, २०७४ । चीनले उत्तर कोरियाको आणविक विकास र गतिविधिप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिबिसीसंगको अन्तवार्तामा उत्तर कोरियाका सहायक बिदेश मन्त्रीले दिएको अन्तवार्ताले आफूलाइ झसंग बनाएको चीनले जनाएको छ । चीनको बिदेश मन्त्रालयका प्रवक्ता लु काङले तनाव बढाउने कुनैपनि शब्द र गतिविधिको आफनो मुलुकले बिरोध गर्ने बताए । उत्तर कोरियाका सहायक बिदेशमन्त्रीले आफनो मिसायल परीक्षण र आणविक विकासको क्रम नरोकिने बरु यसको गति बढने बताएका थिए । उनले अमेरिकाले आक्रमणको योजना बनाए कडा प्रतिवाद स्वरुप आणविक आक्रमण गर्ने चेतावनी दिएका थिए । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आफनो रणनीतिक धैर्यतको अवधि सकिएको जनाउ“दै अब चूप लागेर नबस्ने बताएका थिए । पछिल्लो समय उत्तर कोरियाको शैली देखेर चीन पनि वाक्क भएको विश्लेषण गरिएको छ ।

  • बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने पाँच दलको निर्णय

    बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने पाँच दलको निर्णय

    बैशाख ६, २०७४ । सत्तारुढ र प्रतिपक्षीसहित प्रमुख पा“च दल बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान भएको छलफलमा निर्वाचन कार्यातालिका प्रभावित नगरी तोकिएको मितिमा मुलुकभर एकै चरणमा निर्वाचन गर्ने निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताउनु भएको छ । यस्तै, बैठकले मधेशी मोर्चालाइ सहमति ल्याउन अन्तिम समयसम्म पनि प्रयास गर्ने निर्णय गरेको छ । यसअघि सत्तारुढ दलकै केही नेताहरुले दुइ चरणमा निर्वाचन गर्न सकिने बताउ“दै आउनु भएको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा तथा फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।।।