Author: sahayatra

  • प्रधानमन्त्रीद्वारा मोर्चासंगको सहमति कार्यान्वयन गर्न निर्वाचन आयुक्तहरुसंग परामर्श

    प्रधानमन्त्रीद्वारा मोर्चासंगको सहमति कार्यान्वयन गर्न निर्वाचन आयुक्तहरुसंग परामर्श

    बैशाख १०, २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसंग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका आयुक्तहरुसंग परामर्श गर्नुभएको हो । सरकार र संघीय गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा उहाँले आयुक्तहरुको राय बुझनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले दुइ चरणमा निर्वाचन गर्न सकिने स्थिति, आयोगको अफ्ठ्यारो र प्राविधिक तयारी लगायतका विषयमा चासो राख्नु भएको थियो ।

  • मुम्बई आइपिएल क्रिकेटको शीर्षमा

    मुम्बई आइपिएल क्रिकेटको शीर्षमा

    बैशाख १०, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा कायमै छ । आइपिएल अन्तर्गत दिल्ली डेयर डेभिल्समाथि १४ रनको सनसनिपूर्ण जित निकाल्दै लगातार ६ खेलमा जितका साथ मुम्बईले आफ्नो शीर्ष स्थान कायमै राखेको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २८ रनमात्र जोड्न सक्यो । दिल्लीकातर्फबाट क्रिस मोरिसले ५२ र कासिगो रबाडाले ४४ रन जोड्नु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । दिल्लीका ३ ब्याट्म्यान शुन्य रनमा पेभेलियन फर्केका थिए । बलिङतर्फ मुम्बईका मिचेल म्याक्लेनगनले ३ र जसप्रित बुम्राहले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित बीस ओभरमा आठ विकेट गुमँएर १ सय ४२ रन बनाएको थियो । उसका लागि जोश बट्लरले २८, केरोन पोलार्डले २६ तथा हार्दिक पाण्ड्याले २४ रन बनाए । बलिङतर्फ दिल्लीका अमित मिश्रा र पाट कुमिन्सले समान दुई–दुई विकेट लिए । मुम्बईको यो छैठौं लगातार जित र दिल्लीको लगातार चौथो हार हो । प्रतियोगिता अन्तर्गत आज गुजरात लायन्स र किंग्स एलाभेन पञ्जाब र कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्लोरबीच प्रतिस्पर्धा हुनेछ ।।।

  • फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान

    फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान

    बैशाख १०, २०७४ । फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । निकै कडा सुरक्षाकाबीच फ्रान्समा राष्ट्रपतिय निर्वाचन हुन लागेको हो । बिदेशमा रहेका करिब १० लाख फ्रान्सेली नागरिकले आफनो मताधिकारको प्रयोग गरिसकेका छन । राष्ट्रपतिका लागि ११ जना चुनावी मैदानमा होमिएका छन । ती मध्ये पा“च जनाबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । नेशनल फ्रन्टका मैरिन ल पेन, एन मार्शका इम्यानुल म्याक्रो, दि रिपब्लिकन्सका फ्रान्स्वां फियो, ला फ्रान्स इन्सोमाइजका जां लुक मेलाशो र सोसलिष्ट पार्टीका बेनवा एमोबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । मतदाताको सुरक्षाका लागि ५० हजार प्रहरी र ५ हैजार सेना तैनाथ गरिएको छ । केही दिन अगाडि राजधानी पेरिसको मुख्य सडकमा प्रहरी बसलाइ लक्षित गरी बिष्फोट गराइएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

  • सरकार–मोर्चाबीच सहमति, निर्वाचन दुइ चरणमा, एमाले असन्तुष्ट

    सरकार–मोर्चाबीच सहमति, निर्वाचन दुइ चरणमा, एमाले असन्तुष्ट

    बैशाख १०, २०७४ . सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच दुइ चरणमा स्थानीय तहको निर्वाचन गर्ने  सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने र मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने सहमति भएको हो । लामो गृहकार्यपछि मोर्चाले घोषणा गरेको आमहडतालसहितका आन्दोलनका कार्यक्रम स्थगित भएका छन । आज बस्ने मन्त्रिपरिषद् बैठकले संशोधन प्रस्तावको परिमार्जनमाथि आवश्यक निर्णय गर्नेछ । यस्ता छन सहमतिका बुँदा ः

    • बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
    • पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
    • बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
    • सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
    • तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
    • स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
    • प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
    • भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
    • मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।

    एमाले असन्तुष्ट

    सरकार र मोर्चाबीचको सहमतिप्रति बिपक्षी नेकपा एमाले भने असन्तुष्ट बनेको छ । एमालेले कुनैपनि हालतमा दुइ निर्वाचन चरणमा हुन नसक्ने भन्दै सहमतिलाइ निर्वाचन नगर्ने षडयन्त्र भएको टिप्पणी गरेको छ  ।

     

  • कोलकताको दोस्रो हार, गुजरातको शानदार जित

    कोलकताको दोस्रो हार, गुजरातको शानदार जित

    बैशाख ९, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरातले कोलकाता नाइट राइडर्समाथि चार विकेटको जित निकालेको छ । १ सय ८८ रनको लक्ष्य गुजरातले खेल सकिन दश बल अगावै ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । उसका लागि कप्तान सुरेश रैनाले ८४ रन बनाए । त्यस्तै ब्राण्डम म्याकलम ३३ र आरोन फिन्च ३१ रनमा आउट भए । बलिङतर्फ कोलकाताका नाथन कोल्टर नाइल र कुलदीप यादवले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित बीस ओभरमा पांच विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका लागि रोबिन उथप्पाले ७२ तथा सुनिल नरायनले ४२ रन बनाए । प्रतियोगिता अन्तर्गत शनिवार राइजिङ पुने सुपरजायन्ट र सनराइजर्स हैदराबाद तथा मुम्बई इण्डियन्स र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।।।

  • अफगानिस्तानमा ७० सेना मारिए

    अफगानिस्तानमा ७० सेना मारिए

    बैशाख ९, २०७४ । अफगानिस्तानमा बिद्रोही तालिवानले शैन्य शिविरमा भिषण आक्रमण गर्दा कम्तिमा ७० जवान मारिएका छन । अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफको बाहिरी इलाकामा आक्रमण भएको सैन्य अधिकारीहरुले बताएका छन । सेनाको बर्दिमा आएका बिद्रोहीले नमाज पढेर बाहिर आइरहेकाबेला सेनामाथि आक्रमण गरेका थिए । तालिबान समूहले घटनाको जिम्मेवारी लिएको छ ।