Category: राजनीति

  • प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

    प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

    काठमाडौं । साउन २३, तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् ।

    उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ : ३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ : ५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।

     

  • राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । साउन २३, संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। शुक्रबार बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

    यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन्। साथै, बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।

  • प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षक महासंघको सदस्य स्वतः निष्क्रिय हुने

    प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षक महासंघको सदस्य स्वतः निष्क्रिय हुने

    काठमाडौं । साउन २२, नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ ।

    समितिको बिहीबार बसेको बैठकले महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था पारित गरेको हो ।

    महासंघको सदस्य भएका कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट नपाउने व्यवस्था गरिएको छ ।

     

  • विद्यालय शिक्षा विधेयक परामर्श उपसमितिले तयार गरेको प्रस्ताव प्रस्तुत

    विद्यालय शिक्षा विधेयक परामर्श उपसमितिले तयार गरेको प्रस्ताव प्रस्तुत

    काठमाडौं । साउन २२, विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ ।

     

    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ ।

    जसमा शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ । शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो ।

    १। आन्तरिक प्रतियोगिता

    २। जेष्ठता र कार्यसम्पादन मूल्यांकन

    ३। कार्यक्षमताको मूल्यांकन

     

     

  • डा. बाबुरामले रास्वपा सभापति रविलाई भैरहवा पुगेर भेटे

    डा. बाबुरामले रास्वपा सभापति रविलाई भैरहवा पुगेर भेटे

    काठमाडौं । साउन २२, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटेका छन् ।

    पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेलाई भेटेका हुन् ।

    भेटपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने बताए । लामिछाने निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको तर्क गरे । ‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो’ भट्टराईले भने ।

    रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताए ।

    लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताए । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताए ।

    ‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो ।’

    ‘बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ,’ उनले भने, ‘यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’

    जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको भट्टराईले बताए । भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध सांधेको दावीसहित उनको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।

     

  • कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

    कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

    काठमाडौं । साउन २२, कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।


    अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिसअनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा, १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चालु छैटौँ अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख नन्दा गुरुङले दिए ।

    सभामुख गुरुङले चालु छैटौँ अधिवेशनमा ३४ बैठक बसी ६४ घण्टा ४२ मिनेट ४० सेकेन्ड समय सभामा व्यतित भएको बताए । उनका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आजको ३४औँ बैठकबाट कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।