बैशाख १८, २०७४ । नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उचित भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालय बैठकले प्रधानन्यायाधीले कार्यापालिकाको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको ठहर गर्दै प्रस्ताव उचित भएको निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महाअभियोग प्रस्तावबारे ब्रिफिङ गर्नुभएको थियो । दाहालले प्रस्तावले स्वतन्त्र न्यायलयको गरिमा अझ बढाउने बताउनु भएको थियो ।
Category: बाँकी न्युज
-

सुरक्षा सतर्कता अपनाउने सेनाको निर्णय
बैशाख १८, २०७४ । नेपाली सेनाले वर्तमान परिस्थितिको मुल्याङ्कन गरी उत्पन्न चुनौतीलाई ख्याल गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । गएराती बसेको सेनको बैठकले सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको हो । बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा सेनाको पीएसओ बैठकमा देशमा विकसित पछिल्लो घटनाक्रमको समीक्षा भएको जनाइएको छ । प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव, सरकारले बैशाख ३१ गतेका लागि गरेको स्थानीय चुनाव घोषणा लगायतका विषयलाइ बिचार गरी सेना गम्भीर भएको अनुमान गरिएको छ ।
-

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा पदभार ग्रहण
बैशाख १८, २०७४ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधिश नियुक्त भएसंगै पदभार ग्रहण गर्नुभएको छ । आज सार्वजनिक बिदा परेकाले पराजुलीले राती नै पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै पराजुलीले आफूले सदैव संविधान र कानूनको पालना गर्ने प्रतिक्रिया दिनुभयो । पराजुलीले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता हुनु ‘दुखद’ बताएपनि थप प्रतिक्रिया दिन चाहनु भएन । यसैबीच, प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनले महाअभियोग प्रस्तावको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।
-

मजदूरको सम्मान ख्वै ?
बैशाख १८, २०७४ । आज विश्व मजदूर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८ सय ८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १८ सय ८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८ सय ९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ । विश्वका मजदुरले यो दिवसलाई पर्वका रुपमा लिंदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउ“छन् । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसंगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसंगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । यो वर्ष अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कंग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ लगायतका मजदुर संगठनले सभा ¥यालीलगायतका विविध कार्यक्रम आयोजना गरेका छन ।
