काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा प्रहरीले सुरक्षा व्यवस्था पनि मजबुत बनाउँदै लगेको छ । डन भनेर चिनिने राजनीतिक संरक्षण प्राप्त केही व्यक्तिहरुबाट निर्वाचन सुरक्षामा चुनौती थपिने सक्ने निष्कर्षसहित प्रहरीले यस्ता कथित डनहरुलाइ निशाना बनाएको छ । प्रहरीले सूची नै तयार पारी यस्ता डनहरुलाइ धमाधम पक्राउ गर्न थालेको छ । आजमात्रै गुण्डा नाइके चक्रे मिलन काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई महाराजगन्जबाट पक्राउ गरिएको हो । प्रहरीले यसअघि गुण्डा नाइके दीपक मनांगेलाई पक्राउ गरेको थियो ।
Category: बाँकी न्युज
-
राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयद्वारा अनुदान
काठमाडौं, दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको हो । १२ वर्षको एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सरकारले सहयोग गरेको हो ।
अघिल्लो पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा कपिल शाही जलेका थिए । आगोले उनको पाखुरा, ढाड र पेट लगेको थियो । जलेको एक वर्षपछि शाही उपचारका लागि राजी भएपछि उनलाई काठमाडौं ल्याइएको छ । -

जनताको पक्षमा काम गर्नेलाइ मतदान गर्न प्रकाशमानको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन । काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्ने क्रममा नेता सिंहले कांग्रेसले संविधान ल्याएकाले कांग्रेसका पक्षमा मतदान गर्न अपील गरे । ‘कांग्रेसको नेतृत्वमा संविधान, कांग्रेसकै नेतृत्वमा आर्थिक विकास हुन्छ । कांग्रेसले जनताको पक्षमा लोकप्रिय नेताहरूलाई उम्मेदवार बनाएको छ ।’ सिंहले भने । स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनेको बताएका नेता सिंहले भने, ‘कांग्रेसले संविधान ल्याउन ठूलो भूमिका खेल्यो । अब विकासको नेतृत्व पनि कांग्रेसले गर्छ ।’
कांग्रेस नेता सिंहले कसैलाई गालीगलौज गरेर कांग्रेसका उम्मेदवारहरूले मत नमाग्ने बताउँदै भने, ‘कांग्रेसले काम गरेर देखाउँछ । धेरै गफ लगाउँदैन । हाम्रा उम्मेदवारहरूले चुनावमा जिते भने गाउँ र नगरमा आर्थिक क्रान्ति ल्याउने उनले बताए । -

भक्तपुरमा ५ घर जलेर नष्ट
भक्तपुर । भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । आगलागीबाट इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रबहादुर शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकर, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको ५ घर जलेका छन् । आगलागी नियन्त्रणमा लिन अन्य केहि घर पनि भत्काईएको प्रहरीले जनाएको छ । राती लागेको आगो ६ घण्टापछि बिहान निभाइएको थियो । सेना, प्रहरी र सशस्त्र प्रहरीसहित ६ वटा दमकल र ट्याङ्करको पानीको सहायताबाट आगो निभाइएको हो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतको क्षति भएको छ ।
-

साहित्यकार शर्माको निधन
काठमाडौं । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको ९८ बर्षको उमेरमा निधन भएको छ । शर्माको बिहान कमलादीस्थित आफ्नै निवासमा निधन भएको हो । अल्जाइमरलगायत रोगबाट पीडित शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा मानिन्छन् । उहाँको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ । शर्माका बहिनीलाई चिठी, तँ, तिमी, तपाईं, हजुर, मेरो आमा लगायतका कृती चर्चित छन ।
-

बोको हरामद्वारा ८० किशोरी मुक्त, १८० को अवस्था अज्ञात
एजेन्सी । नाइजेरियाको इस्लामिक बिद्रोही समूह बोको हरामले तीन बर्ष अघि अपहरण गरेका २ सय ७६ बालिका मध्ये ८० जनालाइ रिहा गरेको छ । उत्तर पश्चिमी नाइजेरियाबाट तीन बर्ष अपहरण गरेका मध्ये बोको हरामले ८० जनालाइ रिहा गरेको बिबिसिले जनाएको छ । सरकारसंगको वार्तापछि उनीहरुलाइ रिहा गरिएको बताइएको छ । बा“की १ सय ९५ बालिकाहरुको अवस्थाका बारेमा भने केही खुलाइएको छैन । रिहा गरिएको सबै बालिका सेनाको संरक्षणमा रहेका मछन । उनीहरुलाइ क्यामरुनसंग सीमा जोडिएको सडक क्षेत्रबाट ल्याइएको थियो । बोको हरामले सन २०१४ मा उत्तर पूर्वी चिबाँक शहरको एक छात्रावासबाट अपहरण गरिएको थियो ।
