काठमाडौं । महाअभियोगपछि निलम्बनमा परेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशको समर्थन गर्दै केही कानुन व्यवसायी सडकमा निस्किएका छन । केही कानून व्यवसायीले ‘न्यायलय बचाउ अभियान’ नामक ब्यानर बोकेर काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानन्यायाधीश कार्कीबिरुद्ध प्रतिशोधपूर्ण तरिकाले महाअभियोग प्रस्ताव ल्याइएको आरोप लगाउँदै कार्कीलाइ पुनर्वहाली गर्न सर्वोच्चले दिएको अन्तरिम आदेशको स्वागत गरे । प्रदर्शनमा अधिवक्ता श्रीहरि अर्याल, सुनीलरञ्जन सिंह, दिनेश त्रिपाठी लगायत सहभागी थिए ।
Category: बाँकी न्युज
-

नयाँ शक्तिका अपहरित उम्मेद्वार सकुशल भेटिए
बैशाख २२, २०७४ । बुधवार बेलुकी अपहरणमा परेका नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वार मदन गिरी गोदावरीको जंगलमा सकुशल भेटिएका छन । गिरीले आज बिहान आफैले परिवारलाइ फोन गरी आफू सकुशल रहेको जानकारीसहित लिन आउन खवर गरेका थिए । परिवारले प्रहरीलाइ खबर गरेपछि गिरीको गोदावरी जंगलबाट उद्दार गरिएको हो । गिरी नागार्जुन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार हुन । प्रहरीले गिरी अपहरणमा नपरेको बरु अन्य कारणले बेपत्ता भएको हुनसक्ने आशंका गरेको छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
-

आजपनि कार्कीमाथिको सुनुवाई
वैशाख २२, २०७४ प्रधानन्यायाधीस सुशीला कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव सम्बन्धमा परेको रिट माथि सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ । न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा कानुन व्यबसायीले बहसलाई निरन्तरता दिनेछन् । हिजो कानुन व्यबसायी दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गर्नुभएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन सिंहले प्रधानन्यायाधीश कार्काीविरुद्ध महाभियोगको प्रस्ताव संविधान विपरीत भएको जिकिर गर्दै बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । निवेदनमा महाभियोगसम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको छ ।
-

नवनारीद्धारा माझी बच्चाको शिक्षाका लागि सांगीतिक कार्यक्रम
नवनारी मिडिया एण्ड रिसर्च प्रालि ले यहि बैशाख १९ गते मंगलबार राष्ट्रिय नाचघर जमलमा नवनारी संगीतिक साँझ तथा महिला पत्रकार सम्मान कार्यक्रम गरेको थियो । कार्यक्रम सांसद, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण परिषदकी सभापति रन्जु कुमारी झा को प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
नवनारी मिडियाबाट महिलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका महिला पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । दुईचरणमा भएको कार्यक्रममा पहिलो चरणमा सम्मान कार्यक्रम भएको थियो भने दोस्रो चरणमा पूर्ण रुपमा मनोरन्जनात्मक कार्यक्रम गरिएको थियो ।
यस्तै, गायिका तथा उद्घोषिका मन्जु पौडेलले सञ्चालन गरेको कार्यक्रममा दर्शकले हल खचाखच भरिएको थियो भने गायक दिपक लिम्बु, गायिका जुनु रिजाल, गायक राज सिग्देल, गायक तथा संगीतकार बिनोद पछाई, गायिका राधिका हमाल, अभिनेत्री कविता शर्मा, कलाकार रन्जु पाण्डे लगायत थुप्रै लोकप्रिय कलाकारले दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा पेज थ्री बुटिकको समर कलेकसनमा मोडलहरु र्याम्पमा उत्रेका थिए । सो कार्यक्रम गुल्मी जिल्लाको बम्घा गाबिसका माझी बालबालिकाहरुको सहयोगार्थ नवनारीले आयोजना गरेको थियो । हाल एकसय भन्दा बढी बालबालिकाको उज्यालो शिक्षाको ज्योतिवाट कोही वालवालिका पनि वञ्चित हुनु नपरोस भनेर नवनारी मिडियाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । यस्तै, नवनारी मिडियाले त्यहां अवस्थित माझी महिलाहरुको उत्थानका लागि आर्थिक आत्मनिर्भर बनाउन बाख्रा पालनमा पनि सहयोग गर्दै आएको छ । -

राजाराम उपमेयरको उम्मेदवार
बैशाख १९, २०७४ । नेकपा एमालेसंग चुनावी तालमेल गर्नुपर्ने भएपछि राप्रपाका प्रवक्ता एवम काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठले उपमेयरको उम्मेदवार बन्नु भएको छ । एमाले र राप्रपाबीच काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएपछि मेयरका लागि ठिक्क परेका श्रेष्ठ उपमेयरमा उम्मेदवारी दिन बाध्य हुनु भएको हो । श्रेष्ठ शाहीकालमा मेयर हुनु भएको थिाये ।
-
प्रहरी महानिरीक्षक सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित
बैशाख १९, २०७४ । प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । सुनुवाईको अर्को मिति तय भएको छैन । प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गर्नुभएको थियो ।
