Category: मुख्य समाचार

  • रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड सेमिफाइनलमा, रोनाल्डोको ह्याट्रिक

    रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड सेमिफाइनलमा, रोनाल्डोको ह्याट्रिक

    बैशाख ६, २०७४ । रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेका छन् । च्याम्पियन्स लिग लिग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो आ–आफ्ना खेलमा जित निकाल्दै रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेका हुन् । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसंगै बायर्न म्यूनिखमाथि चार–दुईको नजिता निकाल्दै रियल म्याड्रिडले सेमिफाइनलमा आफ्नो स्थान पक्का पारेको हो । रोनाल्डोले क्रमशः ७६ औं, १०४ औं र १०९ औं मिनेटमा गोल गरे । फिडेन्डिङ च्याम्पियन रियलले पहिलो लेग दुई–एकले जितेको थियो । यस्तै दोस्रो लेगमा लेष्टर सिटीसंग एक–एकको बराबरी खेल्दै एथ्लिट्को म्याड्रिडले पनि च्याम्पियन्स लिगको सेमिफाइलमा स्थान बनायो । पहिलो लेगमा एथ्लिट्को म्याड्रिड एक–शुन्यले विजयी भएको थियो ।।।

  • राष्ट्रपति भण्डारी उडिसा र गुजरात जाँदै

    राष्ट्रपति भण्डारी उडिसा र गुजरात जाँदै

    बैशाख ६, २०७४ । भारतको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात र उडिसा अवलोकनमा जाँदै हुनुहुन्छ । राष्ट्रपतिले गुजारातको द्धारकाधिस र उडिसाको जगन्नाथ पुरी लगायतका मन्दिरमा आज पुजाअर्चना गर्नुहुने छ । भण्डारीले गुजरातको महिला सशक्तिकरण परियोजनाको समेत अवलोकन गर्नुहुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरातका मुख्यमन्त्री विजय रुपानी र उडिसाका मुख्यमन्त्री रविन पट्नायकसंग शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारी मंगलवार भारतीय समकक्षी प्रणव मुखर्जीले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुनुहुभएको थियो भने उच्चस्तरीय भेटवार्ता समेत गर्नुभएको थियो । उहाँसंग प्रधानमन्त्री नरेन्द्र मोदी सहित गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, अर्थमन्त्री अरुण जेट्ली लगातले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको औपचारिक भ्रमण सकिएपछि भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री धनिराम पौडेल भने आज स्वदेश फर्किनु भएको छ ।

  • राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीसंग भेटवार्ता

    राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीसंग भेटवार्ता

    भारतको राजकिय भ्रमणमा रहेकी  राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसंग मंगलबार साँझ भेटवार्ता गरेकी छिन् । दुवै भेटवार्ता आपसी हित, दुईपक्षिय सम्बन्ध सुदृढीकरण तथा अन्य विविध विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी गराएका छन् । भेटमा भण्डारीले दुई देशको घनिष्ठ सम्बन्धलाई अझ जनताको तहमा पुर्‍याउन आवश्यक भएकोमा जोड दिएकी थिइन् । साथै भण्डारीले संविधानको कार्यान्वयनमा लागि नेपाल सरकारले गरिरहेका प्रयासहरुको बारेमा समेत भारतिय समकक्षी र प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री माेदीलाई विशेष गरेर नेपाल सरकार संविधान कार्यान्वयनमा लागि रहेको उल्लेख गर्दै भारत लगायत अन्तर्राष्ट्रिय समुदायको सद्भावको आवश्यकता रहेको बताएकी थिइन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदी बीच मंगलबार साढे चार बजेदेखि पाँच बजेसम्म भेटवार्ता भएको थियो । परराष्ट्र मन्त्री प्रकाशसरण महतका अनुसार मोदीले भारत सधै नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै नेपालको सबै प्रयास र विकास प्रकृयामा भारतको साथ रहने बताएका थिए । मोदीले यस भेटावार्तामा नेपालमा हुन लागि रहेको स्थानीय तहको निर्वाचन र मधेसमा भइरहेको असन्तुष्टीका बारेमा कुनै कुरा उप्काएनन् । बरु दुई देशबीचको र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ बनाउन तत्पर रहेको उल्लेख गरेका थिए ।  यस्तै भारतिय राष्टपतिले नेपालको समृद्धी, विकास र शान्तिमा आफूहरुको संधै सहयोगी रहने जवाफ दिएका थिए । ‘समाजका सबै तह र तप्काका मागलाई सम्बोधन गरेर निर्वाचन गराउन नेपाल सरकारले गरिरहेको पहलको म सराहना गर्दछु,’ भेटवार्तामा सहभागी एक उच्च अधिकारीले मुखर्जीलाई उद्धृत गर्दै भने । मुखर्जीले आफू संधै नेपालको स्थीरता, शान्ति र विकासको पक्षमा रहेको बताएका थिए । भेटपछि भण्डारी समकक्षी मुखर्जीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएकी थिइन् ।  कान्तिपुर दैनिकबाट

     

  • मिसायल परीक्षण गरिरहन्छौं ः उत्तर कोरिया

    मिसायल परीक्षण गरिरहन्छौं ः उत्तर कोरिया

    बैशाख ५ । उत्तर कोरियाले आफनो आणविक गतिविधि निरन्तर रहने स्पष्ट पारेको छ ।
    उत्तर कोरियाका एक वरिष्ठ अधिकारीले बिबिसीलाई अन्तवार्ता दिंदै संयुक्त राष्ट्रसंघ र विश्व शक्ति राष्ट्रको प्रतिबन्धका बावजुत आफनो मिसायल परीक्षणको कार्यक्रम जारी रहने बताए । उत्तर कोरियाका सहायक बिदेश मन्त्री हान सङ र्योलले साप्ताहिक, मासिक र वार्षिक रुपमा आणविक परीक्षण गरिरहने चेतावनी दिए । अमेरिकासंग सैन्य तनाव बढिरहेकाबेला आफनो आणविक कार्यक्रम भनै आवश्यक भएको उनले बताए । अमेरिकाले सैन्य शक्ति प्रयोग गरे विश्व युद्धको स्थिति आउने बताए । यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासंगको रणनीति धैर्यताको सीमा नाघिसकेको बताउ“दै अमेरिकासंग नजिस्किन उत्तर कोरियालाई चेतावनी दिएका थिए ।।।