संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच दलबीच आज एकता घोषणा हुने भएको छ । लामो गृहकार्य पछि आज तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता घोषणा हुन लागेको नेता राजकिशोय यादवले जानकारी दिनुभयो । उहाँले कालिकास्थानस्थित एक पार्टी प्यालेसमा दिउ“सो १ बजे एकता घोषणा कार्यक्रम रहेको जानकारी दिनुभयो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने बाहिरै रहेका छन । नेता यादवले यादव र झा पनि चा“डै एकीकरण प्रक्रियामा सहभागी हुने दावी गर्नुभयो । एकीकृत पार्टीबाट मधेश भन्ने शब्द हटाएर नेपाली जनता पार्टी राख्ने लगभग सहमति भैसकेको छ ।
Category: मुख्य समाचार
-

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो
बैशाख ७, २०७४ । बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधवार राती सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा युभेन्टससंग गोलरहित बराबरीमा रोकिंदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फबाट कुनै गोल हुन सकेन । गोलरहित बराबरी पछि समग्रमा तीन–शुन्यको हार व्यहोर्दै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा बार्सिलोना तीन–शुन्यले पराजित भएको थियो । उता बोरुसिया डर्टमण्डलाई तीन–एकले पराजित गर्दै समग्रमा ६–३ को नजिताका साथ मोनाको च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । मोनाकोको जितमा काइलियन मेपे, राडामेल फाल्काओ र भालेरे जरमैनले गोल गरे भने बोरुसियकातर्फबाट मार्को रुइसले सान्त्वना गोल फर्काए । पहिलो लेगमा मोनाको तीन–दुईले विजयी भएको थियो । सन् २ हजार ४ पछि मोनाको पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । यससंगै च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइल समीकरण समेत सकिएको छ । डिफेण्डिङ च्याम्पियन रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड, युभेन्टस र मोनाको च्याम्पियन्स लिगको च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् ।।।
-

उत्तर कोरियाको आणविक गतिविधिप्रति चीन गम्भीर
बैशाख ७, २०७४ । चीनले उत्तर कोरियाको आणविक विकास र गतिविधिप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिबिसीसंगको अन्तवार्तामा उत्तर कोरियाका सहायक बिदेश मन्त्रीले दिएको अन्तवार्ताले आफूलाइ झसंग बनाएको चीनले जनाएको छ । चीनको बिदेश मन्त्रालयका प्रवक्ता लु काङले तनाव बढाउने कुनैपनि शब्द र गतिविधिको आफनो मुलुकले बिरोध गर्ने बताए । उत्तर कोरियाका सहायक बिदेशमन्त्रीले आफनो मिसायल परीक्षण र आणविक विकासको क्रम नरोकिने बरु यसको गति बढने बताएका थिए । उनले अमेरिकाले आक्रमणको योजना बनाए कडा प्रतिवाद स्वरुप आणविक आक्रमण गर्ने चेतावनी दिएका थिए । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आफनो रणनीतिक धैर्यतको अवधि सकिएको जनाउ“दै अब चूप लागेर नबस्ने बताएका थिए । पछिल्लो समय उत्तर कोरियाको शैली देखेर चीन पनि वाक्क भएको विश्लेषण गरिएको छ ।
-

बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने पाँच दलको निर्णय
बैशाख ६, २०७४ । सत्तारुढ र प्रतिपक्षीसहित प्रमुख पा“च दल बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान भएको छलफलमा निर्वाचन कार्यातालिका प्रभावित नगरी तोकिएको मितिमा मुलुकभर एकै चरणमा निर्वाचन गर्ने निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताउनु भएको छ । यस्तै, बैठकले मधेशी मोर्चालाइ सहमति ल्याउन अन्तिम समयसम्म पनि प्रयास गर्ने निर्णय गरेको छ । यसअघि सत्तारुढ दलकै केही नेताहरुले दुइ चरणमा निर्वाचन गर्न सकिने बताउ“दै आउनु भएको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा तथा फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।।।
-

चुनाव र असन्तुष्ट दलहरूका विषयमा पाँच दल छलफलमा
बैशाख ६, २०७४ । स्थानीय तहको निर्वाचन र असन्तुष्ट दलहरुका माग सम्बोधनका विषयमा छलफल गर्न प्रमुख पा“च दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनको विषयमा छलफल भैरहेको छ । सरकारले निर्वाचनको तयारी, आन्दोलनरत दलहरुका माग लगायतका विषयमा ठोस सहमति गरी अघि बढने प्रयास गरेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा तथा फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी छन ।
-

चीनसंग मिलेर उत्तर कोरियामाथि दवाव दिने अमेरिकी नीति
बैशाख ६, २०७४ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा तनाव बढाउन थालेको भन्दै अमेरिकाले आक्रोश व्यक्त गरेको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले पछिल्लो असफल मिशाईल परीक्षणपछि चीनसंग मिलेर तनाव घटाउन लागेको बताएका छन । परीक्षण गरेको केही क्षणमा सो मिसाईल पड्किएको पेन्टागनको दावी छ । प्योङयाङले हरेक साता मिशाईल परीक्षण गर्ने योजना रहेकाले आफु माथि अमेरिका जाईलागेमा युद्ध भड्किने चेतावनी दिएको छ । उत्तर कोरियालाई आणविक हतियार मुक्त गर्नका लागि चीनसंग मिलेर दबाब दिने अमेरिकाको नीति रहेको रक्षामन्त्री म्याटिसले बताए । आफनो शक्तिको अनुभुति दिलाउनका लागि अमेरिकाले मिशाईल परीक्षण असफल पार्ने योजना बनाएको बताईएको छ ।
