Category: राजनीति

  • नवनियुक्त परराष्ट्रमन्त्री साउदद्धारा पदभार ग्रहण

    नवनियुक्त परराष्ट्रमन्त्री साउदद्धारा पदभार ग्रहण

    काठमाडौं । बैशाख ३, नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदद्धारा पदभार ग्रहण गनु भएको छ ।

    नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले अब छीटै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने जनाएका छन् ।

    आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताए ।

     

  • जनताको आशा कांग्रेसप्रति नै रहेको : प्रकाशमान सिंह

    जनताको आशा कांग्रेसप्रति नै रहेको : प्रकाशमान सिंह

    काठमाडौं । बैशाख ३, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको अभिभावक कांग्रेस भएको भन्दै कांग्रेसप्रति नै जनाताको आशा रहेको बताएका छन् ।

    परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए ।

    प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

    आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।

     

  • जनताको आश कांग्रेसप्रति छ, जिम्मेवार बनौं : प्रकाशमान

    जनताको आश कांग्रेसप्रति छ, जिम्मेवार बनौं : प्रकाशमान

    झापा । बैशाख ३, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

    परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए । आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।

    जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उनको जोड छ ।

    कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने उनको भनाइ छ । कार्यक्रममा उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’

    पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले समयको माग र आम जनताको चाहनालाई बुझेर सत्तामा गइसकेपछि सम्बोधन गर्नसक्ने क्षमता विकसित गर्नुपर्ने बताए ।

    संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठन सन्चालनमा विधि र प्रक्रियालाई आधार मान्नुपर्ने उनको जोड छ ।

  • भारतीय पूर्वसांसद अतिक र उहाँका दाजु अशरफको गोली हानी हत्या

    भारतीय पूर्वसांसद अतिक र उहाँका दाजु अशरफको गोली हानी हत्या

    काठमाडौं । बैशाख ३, भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उहाँका दाजु अशरफको गोली हानी हत्या भएको छ।

    पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको थियो ।

    पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गर्नुभएको छ ।

     

  • रविले जिते फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई

    रविले जिते फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई

    काठमाडौँ । बैशाख ३, नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन २ मा गत ४ मंसिरको परीणाम दोहोरिए फेरि उपचुनाव हुनसक्ने आशंका गरेका छन् ।

    पाँच महिनाअघि भएको संसदीय निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्।

    चुनाव प्रचारका लागि चितवन पुगेका एमाले सचिव भट्टराईले रास्वपाका सभापति लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।

    प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, फेरि पनि उपचुनाव हुन सक्छ। ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन।’

    उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्नेमा जोड दिए। चितवन २ मा एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न अपिल पनि गरे ।
    सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

  • बारा-२ मा एमालेको जित सुनिश्चित छ : उम्मेदवार पौडेल

    बारा-२ मा एमालेको जित सुनिश्चित छ : उम्मेदवार पौडेल

    बारा । बैशाख ३, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा-२ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।

    चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए ।

    पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरूको दिन अब सकिएको बताए । उनले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताएका छन् ।

    ‘बारा २ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाएँ, यो सबै यसअघि जितेकाहरुले काम नगर्दाको परिणाम हो’ उम्मेदवार पौडेलले भने ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ ।’

    जसपाका अध्यक्ष उपेन्द्र यादवतर्फ संकेत गर्दै उनले बारा २ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्न केही नेताहरु चुनावी मैदानमा देखिएको भन्दै अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गरे । उनले बारा २ का जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको बताए ।

    यसैगरी तेतरियामा आयोजित सभामा उम्मेदवार पौडेलले बारा २ नेकपा एमालेको क्षेत्र रहेको बताए । बारा २ कम्युनिस्ट नेता सोहन चौधरीले चुनाव जितेको क्षेत्र रहेको स्मरण गराउँदै उम्मेदवार पौडेलले अब पुनः एमालेको झण्डै फहरिने बताए । उनले एमालेले जितले मात्रै बारा २ को मुहार फेरिने बताएका छन् ।