Category: राजनीति

  • व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन

    व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन

    काठमाडौं । ब‌ैशाख ३, व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ। देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो।

    शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ। १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो।

    जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ।

  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । बैशाख ३, प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।

  • मन्त्रिपरिषद् विस्तार हुँदै : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै

    मन्त्रिपरिषद् विस्तार हुँदै : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै

    काठमाडौं । बैशाख ३, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साझ बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई शपथको तयारी गर्न सूचना पठाइ सकेका छन् ।

    आइतबार ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। बाँकी मन्त्रीको नाम भने कांग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने तयारी गरेको छ । सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।

  • टोकियोमा प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रमण

    टोकियोमा प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रमण

    काठमाडौं । बैशाख २, टोकियोमा प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको जानकारी प्राप्त भएको छ ।

    वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।

    प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ ।

    प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो ।

    आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन ।

     

     

     

  • नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरको बयान

    नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरको बयान

    काठमाडौं । बैशाख २, माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको, गल्तीले गोली चलेको प्रहरी हवल्दार प्रकाश पुन मगरको बयानले जनाएको छ ।

    शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यसक्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।

    प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको स्रोतले जनाएको छ ।

    पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।

    ‘लोडेड पेस्तोल त्यसरी बोकेर पारिवारिक जमघटमा जानुमा गम्भीर लापरबाही देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले गोली चलाउनु पछाडिको अरु कारण देखाएको छैन ।’

    हवल्दार प्रकाशले नेता पुनको आमालाई हजुरआमा भन्दै सम्बोधन गर्थे । पुनका भाइका साथीसमेत हुन्, उनी । रोल्पामा उनी छिमेकी समेत भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसैले उनको नेता पुनकी आमा बसेको घरमा आउजाउ भइराख्थ्यो ।

     

  • मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

    मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

    काठमाडौँ । बैशाख २, नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ ।

    सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले बताए । सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो ।

    आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ ।

    यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको गरिसकेको छ ।