Category: राजनीति

  • मिटरब्याज पीडितले मार्चपाससहित धर्ना दिने

    मिटरब्याज पीडितले मार्चपाससहित धर्ना दिने

    काठमाडौं । बैशाख २, महोत्तरीसहितका जिल्लाबाट काठमाडौंमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् ।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो ।

    सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौं केन्द्रित संघर्ष गरिरहेका छन् ।

  • जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह

    जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह

    काठमाडौँ । बैशाख १, जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको जनाएको छ ।

    चीनको भ्रमणमा रहनुभएकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।

    आज चिनियाँ विदेशमन्त्री छन सङसँगको भेटवार्तामा जर्मनीकी विदेशमन्त्रीले रुसमा चीनभन्दा अरू कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गर्नुभएको हो ।

    चीनका विदेशमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै जर्मनीकी विदेशमन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानव अधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिनुभयो ।

    चीनले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेकामा आफू आश्चर्यचकित भएको पनि उहाँले बताउनुभयो ।

     

  • अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान

    अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान

    काठमाडौँ । बैशाख १,  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेको जानकारी प्राप्त भएको छ ।

    संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् ।

    सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको उनका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।

    सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहतर छलफल हुनेछ ।

     

  • वैशाख ९ गते गण्डकी प्रदेश सभाको संसद् अधिवेशनको आह्वान

    वैशाख ९ गते गण्डकी प्रदेश सभाको संसद् अधिवेशनको आह्वान

    काठमाडौँ । बैशाख १, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संसद् अधिवेशन आह्वान गर्नुभएको छ ।

    प्रदेश प्रमुख गुरुङले शुक्रवार विज्ञप्ति निकालेर यही वैशाख ९ गते शनिवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

    बिहीवारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।

     

  • अब देखि प्रत्येक शुक्रबार पेरिसडाँडामा प्रधानमन्त्रीले कार्यकर्ता भेट्ने

    अब देखि प्रत्येक शुक्रबार पेरिसडाँडामा प्रधानमन्त्रीले कार्यकर्ता भेट्ने

    काठमाडौँ । बैशाख १, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि नेता कार्यकर्तालाई पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने जानकारी दिएका छन्।

    नेता कार्यकर्ता भेट्नका लागि प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि दुई घन्टाको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन्।

    आज पनि प्रधानमन्त्री प्रचण्ड बिहान ८ बजे नै पेरिसडाँडा पुगेका थिए। कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।

    प्रधानमन्त्रीसहित माओवादीका मन्त्रीहरूले आजदेखि पार्टीका कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालयबाटै भेट्नेछन्।

  • प्रधानमन्त्री प्रचण्ड पार्टीका नेतासँगको भेटमा व्यस्त

    प्रधानमन्त्री प्रचण्ड पार्टीका नेतासँगको भेटमा व्यस्त

    काठमाडौँ । बैशाख १, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

    कोटेश्वरस्थित पार्टी मुख्यालयमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

    उनका अनुसार हप्ताको हरेक शुक्रबार प्रधानमन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको सुरुवात आजबाट भएको छ ।