Category: Uncategorized

  • सिद्धबाबा सुरुङ निर्माण गर्न विस्फोट गराउने काम सुरु गराइँदै

    सिद्धबाबा सुरुङ निर्माण गर्न विस्फोट गराउने काम सुरु गराइँदै

    काठमाडौं । जेठ ११, सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ ।

    आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो ।

    यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ । नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ ।

    शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको सिद्धबाबा टनेल प्रोजेक्ट अफिसले जानकारी गराएको छ ।

    आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।

    मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल १ हजा १२६ मिटर लामो सुरुङ बन्नेछ ।

     

     

  • एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

    एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

    लुम्बिनी । जेठ ६, पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आज बिहान अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सले ठक्कर ठक्कर दिएको थियो । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घटनामा देवीनगरकी ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • उमेर हदका कारण नेपाल प्रहरीमा ३ डीआईजीहरुको पद रिक्त

    उमेर हदका कारण नेपाल प्रहरीमा ३ डीआईजीहरुको पद रिक्त

    काठमाडौं । वैशाख ९ , नेपाल प्रहरीमा तीन जना नायव महानिरीक्षक (डीआईजी)हरुको पद रिक्त भएको छ ।

    ५६ वर्षे उमेर हदका कारण अतिरिक्त प्रहरी महानिरीक्षक सन्दिप भण्डारी ५ वैशाखमा र एआईजी मीरा चौधरी थारु ७ वैशाखमा अवकाशमा गएका थिए ।

    ७ वैशाखमै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी विकासराज खनाल पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि अवकाशमा गएका थिए ।

    दुई एआईजी अवकाशमा जाने भएपछि उक्त ठाउँमा पद पूर्ति गर्न भन्दै गृहमन्त्रालयले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई ३ वैशाखमा एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।

    उनीहरु दुई जना एआईजी बढुवामा सिफारिस भएसँगै रिक्त हुने दुई डीआईजी पद र विकासराज खनाल अवकाशमा गएसँगै रिक्त भएको एक पद गरी अहिले नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी रिक्त भएको छ ।

    रिक्त तीन डीआईजीमा बढुवाका लागि हालका आईजी वसन्तबहादुर कुँवरका ब्याचसहित अन्य एसएसपीहरु पनि प्रतिस्पर्धामा छन् ।

     

     

  • जग्गा सम्बन्धी विवादमा अरुण चौधरी पक्राउ

    जग्गा सम्बन्धी विवादमा अरुण चौधरी पक्राउ

    काठमाडौं । माघ १८, व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

    बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

     

     

  • प्रधानमन्त्रीले दिए बजेट निर्माण गर्न १६ बुँदे मार्गदर्शन

    प्रधानमन्त्रीले दिए बजेट निर्माण गर्न १६ बुँदे मार्गदर्शन

    काठमाडौँ । माघ ९, प्रधानमन्त्री पुष्पकमलम दहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई जनमुखी र कार्यान्वयनयोग्य बनाउन भन्दै १६ बुँदे मार्गदर्शन दिएका छन् ।

    मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले आगामी वर्ष र आगामी ३ वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिन भनेका छन् ।

    बजेटको सिलिङलाई अन्तिम रूप दिनुअघि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले २० माघसम्म सबै मन्त्रालयसँग छलफल गर्नुपर्ने उनको निर्देशनमा उल्लेख छ ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रालयरनिकायगत छलफल सकिएपछि २५ माघभित्र सबै मन्त्रालयरनिकायसँग सामूहिक छलफल गरी राष्ट्रिय प्राथमिकता र राष्ट्रिय स्रोतको अवस्थाका बारेमा छलफल गर्ने तालिका बनाउन पनि भनेका छन् ।

    हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्न उनको निर्देशन छ ।

    राष्ट्रिय गौरवका आयोजनाहरूमा स्वीकृत खरिद गुरुयोजनाअनुरूप बजेट विनियोजन हुने सुनिश्चित गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

    एउटा कार्यक्रम वा आयोजनाका लागि एकपटक कार्यविधि÷निर्देशिका निर्माण गरिसकेपछि प्रत्येक वर्ष पुनः निर्माण गर्नु नपर्ने व्यवस्था गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

     

  • भारतलाई लक्षित गर्दै मालदिभ्सका राष्ट्रपतिले भने- सानो देश हुनुको मतलब कसैले हेप्नुको लाइसेन्स होइन

    भारतलाई लक्षित गर्दै मालदिभ्सका राष्ट्रपतिले भने- सानो देश हुनुको मतलब कसैले हेप्नुको लाइसेन्स होइन

    एजेन्सि । पुस २९, मालदिभ्सका राष्ट्रपति महोमद मैजूले मालदिभ्सको आकार सानो हुनुको अर्थ उसलाई हेप्ने लाइसेन्स नभएको बताएका छन् । भारतलाई लक्षित गर्दै राष्ट्रपति मैजूले यस्तो भनेको मालदिभ्सको अखबार अटोल टाइम्सले उल्लेख गरेको छ । भारतसँगको तनावको आयतन बढिरहेको बेला शनिवार मैजूले यस्तो बताएका हुन् ।

    मालदिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको राजकीय भ्रमण सकेर ओर्लेर मैजूले पत्रकारहरूसँग आधा घण्टा भएको कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले पत्रकारसँग आफ्नो कुराकानीको बिट मार्दै अंग्रेजी भाषामा भनेका थिए,‘हामी सानो हौँला तर त्यसको मतलब तिमीले हामीलाई हेप्ने लाइसेन्स पाउनु होइन ।’

    राष्ट्रपति मैजूले भारतसँगको समस्या बढेसँगै भारतको सहयोग पनि नलिने संकेत गर्दै भारतको सहयोगमा चलेको एयर इम्बुलेन्सलाई हटाएर मालदिभ्सकै ध्वजावाहकबाट त्यो काम सुरु गर्ने बताएका छन् ।

    आगामी मार्च १ बाट भारतीय एयर एम्बुलेन्स प्रयोग बन्द हुने उनले बताएका छन् । चीनसँग दिगो खाद्य सुरक्षाको कुरा पनि अगाडि बढेको उनले बताएका छन् । खाद्य आयातको लागी टर्कीसँग सम्झौता भएको भन्दै उनले आगामी महिनाबाट त्यो सुरु हुने बताएका छन् ।

    यस्तै, भारतबाट मात्रै एकाधिकारको रूपमा आउने औषधीको खपत कम गर्न युरोप र अमेरिकाबाट सिधै औषधि खरिद गर्ने पनि उनले बताएका छन् । यस्तै हिन्द महासागर बारेमा बोल्दै मैजूले हिन्द भारतलाई संकेत गरेर हिन्द महासागर कुनै एकल देशको सागर नभएको बताएका छन् ।

    मालदिभ्समा भएका भारतीय सैनिकहरूलाई हटाउने ‘इन्डिया आउट’ नारा लिएर चुनाव जितेका मैजूले मालदिभ्सका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भारत गर्ने परम्परा पनि तोडेका छन् । उनले पहिलो राजकीय भ्रमण टर्की गरे ।

    पहिलो अनौपचारिक भ्रमण दुबई गरे । त्यो भ्रमणमा उनको भारतीय प्रधानमन्त्री मोदीसँग भेट भएको थियो । दोस्रो राजकीय भ्रमण उनले चीनको गरेका छन् । प्रो चीन भनेर आरोप लाग्न उनले आफू प्रो चीन वा प्रो कुनै देश नभएर प्रो मालदिभ्स भएको केहि दिन अगाडि छापिएको भारतीय मिडिया टाइम्स अफ इन्डियामा दिएको अन्तरवार्तामा बताएका थिए ।