Category: Uncategorized

  • देउवा, प्रचण्ड र माधव नेपाल आज एउटै मञ्चमा देखिँदै

    देउवा, प्रचण्ड र माधव नेपाल आज एउटै मञ्चमा देखिँदै

    काठमाडौं । भदौ ४, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा देखिँदैछन् ।

    नेपाली कांग्रेसका पूर्वनेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको कार्यक्रममा स्कुल अफ डेमोक्रसीले एउटै मञ्चमा ल्याउन लागेको हो ।

    कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेस सभापति शेर बहादुर देउवा सहभागी हुने छन् ।

    विशिष्ट अतिथिको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

    देउवा, प्रचण्ड र माधव नेपाल एउटै सार्वजनिक मञ्चमा लामो समयदेखि देखिएका छैनन् । उनीहरु स्थानीय तह निर्वाचनको बेलामा चितवनमा एउटै मञ्चमा सहभागी थिए ।

  • हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन

    हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन

    काठमाडौँ । साउन २३, सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ ।

    मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

    आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

     

  • विवादित टीआरसी विधेयकमा दलहरूबीच सहमति जुट्यो

    विवादित टीआरसी विधेयकमा दलहरूबीच सहमति जुट्यो

    काठमाडौं । साउन १७, संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको छ ।

    तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको छ ।

    गृहमन्त्री रमेश लेखकका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति भएको छ ।

    मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ । पीडितको सहमति नभएमा के गर्ने भन्ने विवाद थियो ।

    ‘सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्नसक्छ, दुनियाँवादी फौजदारी मुद्दा भए के गर्ने भन्ने अधिकार पीडितलाई दिने सहमति गरेका छौं,’ गृहमन्त्री लेखकले भने ।

    द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति पनि जुटेको छ । यस्तै बहिगर्मित लडाकूहरुलाई र द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति पनि भएको छ ।

     

     

  • पेरिस ओलम्पिक खेल सकिंदा जापानले कुल १३ पदक जिते

    पेरिस ओलम्पिक खेल सकिंदा जापानले कुल १३ पदक जिते

    काठमाडौं । साउन १६, पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

    जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ ।

    जापानलाई एसियाकै चीन अनि अष्ट्रेलियाले पछ्याइरहेको छ । चीनले ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ पदक जितेको छ । अष्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित ११ पदक जितेको छ ।

    आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत र एक कांस्य गरी ११ पदक जितेको छ । पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ ।

    ओलम्पिकको सबैभन्दा सफल राष्ट्र अमेरिका भने छैटौं स्थानमा छ । अमेरिकाले ४ स्वर्ण, ११ रजत र १ कांस्यसहित २६ पदक जितेको छ । यस्तै बेलायत ४ स्वर्ण ५ रजत र ३ कांस्यसहित १२ पदक जोडेर सातौं स्थानमा छ ।

    इटली ३ स्वर्ण जितेर आठौं स्थानमा छ भने क्यानडा र हङकङ समान २ स्वर्ण जितेर क्रमशस् नवौँ र दशौँ स्थानमा छ ।

    विश्वका २०६ राष्ट्रको सहभागी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ राष्ट्रले कम्तीमा एक पदक जितेका छन् ।

     

  • गृहमन्त्री रमेश लेखकद्धारा क्यापको चौथो कार्ययोजना स्वीकृत

    गृहमन्त्री रमेश लेखकद्धारा क्यापको चौथो कार्ययोजना स्वीकृत

    काठमाडौं । असार ३१, नवनियुक्त गृहमन्त्री रमेश लेखकले क्राइम एक्सन प्लान (क्याप)को चौथो कार्ययोजना स्वीकृत गरेका छन् ।

     

    सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री लेखकले क्यापको चौथो कार्ययोजना स्वीकृत गरेका छन् । अपराध अनुसन्धानलाई प्रविधि मैत्री बनाउने उदेश्यले नेपाल प्रहरीमा क्याप कार्ययोजना लागू हुँदै आएको छ ।

    चौथो त्रिवर्षीय कार्ययोजना २०८१/८२ देखि २०८३/८४ सम्मका लागि मन्त्री लेखकले स्वीकृत गरेका हुन् ।

    यसअघि मन्त्री लेखकले चितवनको सिमलताल बस दुर्घटनाबारे छानबिन गर्न भन्दै गृहका सहसचिव छवी रिजालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत बनाउने निर्णय गरेका थिए ।

    प्राकृतिक प्रकोपको विपत्तीलाई उचित ढंगल व्यवस्थापन गर्नु गृहको तत्कालको काम रहेकाले सोही अनुसार अघि बढ्ने पनि मन्त्री लेखकले बताए ।

    विधिको शासन कायम गर्न, शान्ति सुरक्षा कामग गर्न र अपराध नियन्त्रण गर्न केन्द्रीत भएर काम गरिने पनि उनले बताए । इमान्दारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता पनि मन्त्री लेखकले पदभार ग्रहणका क्रममा जाहेर गरेका छन् ।

  • बजेटको हिसाबकिताब नै गल्ती भएको भने पछि गण्डकीमा संसद स्थगित

    बजेटको हिसाबकिताब नै गल्ती भएको भने पछि गण्डकीमा संसद स्थगित

    काठमाडौं । असार ६, गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नै नमिलेको भन्दै एमालेले जवाफ मागेपछि सत्तापक्षकै आग्रहमा सभामुख कृष्ण धितालले संसद स्थगित गरेका छन् ।

    एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नसक्ने भन्दै जवाफ मागेका थिए ।

    असार १ गते गण्डकीका अर्थमन्त्री डा.टकराज गुरुङले ल्याएको बजेटको राजस्व र व्ययको वार्षिक अनुमाथि सामान्य छलफलको क्रममा एमाले उपनेता थापाले सरकारको हिसाब नमिलेको भन्दै प्रश्न उठाएका थिए ।

    छलफलको सुरुमा कांग्रेसका सांसद अशोक श्रेष्ठले आफ्नो भनाइ राखेलगत्तै एमालेका थापा छलफलमा भाग लिन पुगेका थिए । हिसाब नै नमिल्नुले नैतिकताको संकट अर्थमन्त्री र सरकारप्रति देखा परेको थापाको भनाइ थियो ।

    आर्थिक वर्ष २०८१/२०८२ लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट प्रस्तुत गरिएको थियो । त्यसमा प्राप्त हुने रकम १२ अर्ब ५८ करोड ५४ लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँडबाट ४८ करोड १०, आन्तरिक राजस्वतर्फबाट ५ अर्ब १७ करोड र आन्तरिक ऋणबाट १ अर्ब ७० करोड स्रोत उल्लेख गरिएको छ ।

    त्यसैगरी २०८०/०८१ को बजेट कार्यान्वयन पश्चात २ अर्ब ९४ करोड रुपैयाँ मौज्दात रहने भनिएको छ । सरकारले भनेको यो कुल बजेटको हिसाबै नमिलेको भन्दै एमाले संसदीय दलका उपनेता थापाले संसदमा सरकारको जवाफ मागे । ‘९६ करोड १९ लाख ७५ हजार रुपैयाँको हिसाबै पुगेन । यसलाई हामीले कसरी लिने हो ?’ थापाले सरकारको जवाफ मागे ।

    चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरणमा ३३ अर्ब ४२ करोड ७२ लाख बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म १३ अर्ब २९ करोड २१ लाख ५९ हजार खर्च भएको लेखिएको थापाले बताए ।

    सोही पुस्तकको वैशाख मसान्तसम्मको अवधिमा १२ अर्ब ३७ करोड ४ लाख १६ हजार रुपैयाँ लेखिएको थापाको भनाइ थियो । ७ करोड ८२ लाख ५२ हजार रुपैयाँ यो हिसाबमा नमिलेको भन्दै थापाले त्यो कहाँ गयो ? भनेर जवाफ मागे ।

    १ रुपैयाँ पनि हिसाबकिताब नमिले सरकारको गतिविधि अगाडि बढ्न नसक्ने थापाको भनाइ छ । मन्त्रालयगत प्रगति विवरण पुस्तकमा चालुको मौज्दात नगद २ अर्ब ३३ करोड ५३ लाख २ हजार लेखिएको छ । तर, बजेट बक्तव्यको पृष्ठ १९ मा २ अर्ब ९४ करोड लेखिएको र मौज्दात रकम नै फरक परेको भन्दै थापाले ध्यानाकर्षण गराए ।

    त्यसैगरी नेपाल सरकारबाट प्रदेश सरकारलाई अनुदान शीर्षकमा २०८०/०८१ को समानीकरण, ससर्त, समपूरक र विशेषको रकम संख्यामा जोडघटाउ नै नमिलेको थापाले दाबी गरे । सोही पुस्तकमा चालु आर्थिक वर्षमा ३३ अर्ब लेखेर खाली राखिएको थापाले बताए ।