Category: Uncategorized

  • जिल्लामा कांग्रेस, एमाले, माओवादीबीच मिश्रित परिणाम

    जिल्लामा कांग्रेस, एमाले, माओवादीबीच मिश्रित परिणाम

    जिल्ला । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार चितवनको राप्ती नगरपालिका ५ मा एमालेकी मेनुका पाठक वडाध्यक्षमा विजयी हुनुभएको छ । यस्तै, चितवनको इच्छाकामना गाउंपालिमा २ मा एमालेका पञ्चबहादुर चेपाङ विजयी हुनुभएको छ । उहा“ पहिलो चेपाङ वडाध्यक्ष हुनुहुन्छ । यस्तै, रुकुमको मुसिकोट नगरपालिमा १, २ र ३ मा कांग्रेस विजयी भएको छ । रुकुमकमै वडा नम्बर ४, ५, ६,७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर ४ मा निर्मलकुमार पुन, वडा नम्बर ५ मा वसन्त गौतम, वडा नम्बर ६ मा सुशील गौतम, वडा नम्बर ७ मा हिम बहादुर पाण्डे र वडा नम्बर ८ मा बुद्धिप्रसाद बुढा विजयी भएका हुन । यस्तै हैटौडा उपमहानगरपालिका १ मा कांग्रेसका सविन न्यौपाने विजयी भएका छन् । त्यस्तै तनुहंको भानु नगरपालिका १३ मा कांग्रेसका रामबहादुर बानिया विजयी भएका छन् । यस्तै, जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत विजयी भएका छन । उनले माओवादी केन्द्रका जनकराज गौतमलाइ पराजित गरे ।

  • तनहुँमा पनि शान्तिपूर्ण मतदान

    तनहुँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती मा वि केन्द्रवाट मतदान गर्नुभएको छ । मतदानपछि संचारकर्मीलाइ प्रतिक्रिया दिंदै नेता पौडेलले स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँमा स्थापीत गराउने बताउनुभयो । नेता पौडेलले चुनावले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । दोस्रो चरणको निर्वाचनलाई समेत समयमै गराउन यो चुनावले महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो । तनहुँका सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।

  • चुनावपछि सबै विवाद मिल्छ –लेखक

    चुनावपछि सबै विवाद मिल्छ –लेखक

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले राज्यका तीन प्रमुख अंग लगायत संविधान संशोधनमा देखिएका विवाद चुनावपछि हल हुने दावी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले न्यायापालिका र व्यवस्थापिका संसदबीचको विवाद र संविधान संशोधनको विवाद एकसाथ हल हुने दावी गर्नुभयो । संविधान संशोधनको विधेयकमा राजपा लगायत सरोकारवाला दल र सत्तारुढ दलमा कुनै मतभिन्नता नरहेको उहाँले बताउनुभयो । एमालेको सहयोग लिएर सर्वसहमतिमा संविधान संशोधन गर्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । मन्त्री लेखकले देशका बिभिन्न सथनमा कांग्रेस लक्षित तोडफोड र आगजनी भएको भन्दै त्यसको भत्र्सना गर्नुभयो ।

  • आजपनि संबैधानिक परिषद्को बैठक

    आजपनि संबैधानिक परिषद्को बैठक

    बैशाख २०, २०७४ । संवैधानिक परिषद्को बैठक आज पनि बस्दैछ । अपरान्ह साढे ४ बजे सिंहदरवारमा बस्ने बैठकमा महालेखापरीक्षक लगायतका संबैधानिक निकायमा नियुक्तिबारे छलफल हुने छ । यसअघि हिजो बसेको परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको थियो । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।

  • काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

    काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

  • राष्ट्रिय जनता पार्टी नेपाल बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने

    राष्ट्रिय जनता पार्टी नेपाल  बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने