केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समाजसेवामा समर्पित एउटा जीवन

सहयात्रा टिभी

सहायात्राटीभी : प्राय सबै मानिसको स्वभाव, व्यवहार र व्यक्तित्व फरक फरक हुन्छ । तर फरक व्यक्तित्व र स्वभाव भित्र पनि असामान्य रुपमै फरक लाग्ने मानिस भने कमै भेटिन्छन् । मानिस सामान्य भन्दा केहि फरक लाग्नासाथ बौलाहा वा पागलको उपनाम भिराइदिन्छ मानव समाजले । म कुरा गर्न खोज्दै छु सबैले बौलाहा भने पनि आफुलाई देशको खलासी भन्न रुचाउने लक्ष्मण सिंह खड्काको । शिरमा कालो टोपि, निधारमा सेतो पहेंलो टिका, सेतै फुलेका दाह्रीजुँगा, नेपालको नक्सा, राष्ट्रिय झन्डा, शिव पार्वतिको फोटो लगायत अनेक थरी लेखिएको सेतो लामो कुर्था लगाइ एक हातमा छाता, अर्को हातामा कालो व्याग र काधँमा रेडियो भिरेर हिँड्ने लक्ष्मण सिंह खड्काको हुलिया मात्र होइन, व्यवहार, स्वभाव र काम पनि सामान्य मानिसभन्दा विल्कुल फरक छ ।

उनलाई भेट्न भनि उनी सँधै जाने सहिद गेटमा सहयात्राटीभीको टिम विहान ६ बजे पुग्दा उनी सहिद गेट सफा गरिरहेका थिए । उनीसँग कुरा गर्र्न करिब आधा घण्टा कुर्नु प¥यो । त्यतिबेला सम्म हामी उनका हरेक गतिविधिलाई नियालिरहयौँ, उनले क्रमश सरसफाइ सकेर बोह्रामा ल्याएको चामल परेवालाई हालिदिए, कुकुरलाई विस्कुट खुवाए, अगरवत्ति बालेर चारैतिर राखे, सहिद गेटबाट भद्रकालि मन्दिरतर्फ फर्किएर ढोगे र माटोको टिका लगाए त्यसपछि मात्र हामीसँग कुरा गर्न तयार भए ।
वि.स. २००६ साल असार १ गतेका दिन काठमाडौको ढुङ्गेअड्डा भन्ने ठाउँमा बुवा घमान सिंह खड्का र आमा जानुकादेवी खड्काको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका लक्ष्मण सिंह खड्का दुई छोरा र दुई छोरी गरी चार सन्तानका बावु हुन् ।
सामान्य खेतिपातिलाई पेसा बनाएका उनी पछि गाडिको खलासी भएर पनि काम गरे, हाल भने देशको खलासीको रुपमा काम गरिरहेका । कहिले शालिकहरु सफा गर्ने त कहिले शालिकहरुमा रङरोगन गरी मालाले सजाउने, सहिदगेट लगायत विभिन्न मठमन्दिरहरुमा परेवालाई चारो खुवाउने, सानातिना टुटफुट भएका सार्वजनिक सम्पत्तिहरुको मर्मतसंभार गर्ने, सबै पार्टिका नेताहरुलाई आफ्नो आवाजमार्फत घचघचाउने कार्य लक्ष्मण सिहको दैनिक कार्य नै हो । कसैले पनि देशको वास्ता नगरेको, देशका सम्पत्तिहरुको वेवास्ता गरेको कुराप्रति उनी सँधै चिन्तित देखिन्छन् । उनको यस्तो हर्कत देख्नेहरुले उनलाई बौलाहा भनिरहेका हुन्छन् । जब सहयात्राटीभी को टिमले उनलाई अप्रत्यक्ष रुपमा बौलाहा भन्ने भनाइप्रतिको प्रतिक्रिया माग्यौं उनले ती अप्रत्यक्ष रुपमा आफ्नो न्वारान गरिदिनेहरुप्रति दयाको भाव देखाउँदै भने, ‘भगवान गौतम वुद्ध, राजा पृथ्वी नारायण शाह जस्ता महान व्यक्तिहरुलाई त बौलाहा भनेको यो देशमा मलाई बौलाहा भन्नु कुनै अनौठो कुरा होइन ।’

२० वर्ष देखि घर परिवार, आरामको विलासी जीवन त्यागेर हिँडेका लक्ष्मण सिंह आफ्ना छोराहरु र श्रीमतीको बारेमा भने कुरा गर्न चाहेनन् । आत्माहत्या गरेर स्व्र्गीय भएकी आफ्नी कान्छी छोरीको छोरा अभिषेकलाई भने उनी निकै माया गर्छन र उनैलाई भेट्न भनेर कहिले काहिँ घर जाने गरेका रहेछन् । बानेश्वरको कुनै लजमा वस्दै आएका खड्काले आफु बस्ने गरेको लजको नाम भने खुलाउन चाहेनन् । लजको खर्च, खाना पिना, सामाजिक काम गर्दा लाग्ने खर्च जुटाउने स्रोत सोध्दा नेपाली दाजुभाइ दिदिबहिनीहरुले आफ्नो काम र मेहनत देखेर गरेको सहयोगबाट सबै खर्चको व्यवस्था गर्ने गरेको कुरा उनले स्पष्ट पारे ।

अरु मानिसहरुले जस्तै सामान्य जीवनयापन गर्दै आएका खड्का कहिलेदेखि पूर्ण रुपमा सामाजिक काममा मात्र लाग्न थाले भन्ने कुरा आफुलाई नै थाहा नभएको बताउँछन्, साथै यहि हुलिया र यस्तै क्रियाकलापमा बाकिँ जीवन पनि विताउने प्रतिक्रिया गर्छन । सामाजिक कार्य र विकास निर्माणका कार्यहरुमा भने पहिलेदेखि नै रुचि राख्ने उनी पञ्चायति व्यवस्था देखिनै राजनीतिमा पनि चासो राख्थे । पञ्चायती व्यवस्थामा पञ्चायतबाट र पञ्चायती व्यवस्था समाप्त भएपछि विभिन्न चुनावहरुमा स्वतन्त्रबाट धेरै पटक उठेको कुरा उनले खुलाए । सहिदहरुप्रति अत्यन्तै श्रद्धा र सम्मान गर्ने उनी पृथ्वीनायण शाहलाई पनि अत्यन्तै श्रद्धा र सम्मान गर्छन् । देशमा राजतन्त्र नै हुनुपथ्र्यो भन्ने मान्यता व्यक्त गरे । कसैको डर नमान्ने, बोल्न लाज र त्रास नमान्ने लक्ष्मण सिंह भेटे सम्म नेताहरुको बाटो छेकेर अर्थात गाडि रोकेर पनि थर्काइरहेका हुन्छन् । उनी आफू कुनै पनि पार्टिको समर्थक नभएर सबै पार्टिका नेताहरुलाई सजग गराउने र घचघचाइरहने देशको खलासी हो भन्न रुचाउँछन् ।


उनको पहिले देखिकै व्यवहार यस्तै अनौठो र असामान्य भएका कारण घरपरिवारबाट हेपिन थालेपछि, आफ्नै परिवार र समाजबाट बौलाह भनि अपच्य व्यवहार गर्न थालेपछि उनले घर छाडे । पहिलेदेखिनै उनी विकास निर्माणका कार्यहरु गर्न अघि सर्ने गर्थे । विकासका कार्यहरुको माग उनी एक्लै गर्थे जसले गर्दा उनलाइ बौलाहा भनिन्थ्यो तर फलस्वरुप आफ्ना ठाउँ वरपरका पुलपुलेसा बाटोघाटो, धारा, विजुली पानीको विकासमा उनको ठूलो भुमिका रहेको देख्न सकिन्छ ।

सबै मानिसको जीवन जीउने शैलि फरक हुन्छ । लक्ष्मण सिंह खड्काको जीवन जिउने शैलि पनि अरुको भन्दा फरक छ । उनी आफ्नो व्यक्तिगत जीवन भन्दा देशको बारेमा हरदम चिन्तित हुन्छन् । उनले आफ्नो व्यक्तिगत जीवनका सबै लोभ र आशाका बाटाहरु त्यागेर मात्र देशको लागी, समाजको लागी, सेवा र धर्मको लागी नै दिनहरु बिताइहरेका छन् । नेपाली भुमिमा जन्म लिएर यस्ता क्रियाकलाप गर्न पाउँदा आफुमा गर्व गर्ने लक्ष्मण सिंहको यहि फरक जीवन शैलीका कारण उनलाई बौलाहा भनिन्छ भने बौलाहा नै सहि छ भनेर उनि भन्न रुचाउछन् ।

यो पनि पढ्नुहोस् 

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 18 July, 2018

प्रतिक्रिया दिनुहोस्