Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • हात्तीपाइले रोगले रोल्पाका पर्शुराम खड्काको बेहाल

    हात्तीपाइले रोगले रोल्पाका पर्शुराम खड्काको बेहाल

    यि हुन रोल्पा जिल्ला साविकको तालाबाङ्ग गा.वि.स. हालको मारी गाऊँपालिका वार्ड नं.४ का ४० बर्षिय पर्शुराम खड्का । एकवर्षको कलिलै उमेरमा हात्तिपाईले रोगवाट संक्रमित खड्काले विकट रोल्पामा समयमै उपचार पाऊन सकेनन। अनेकन झारफुकका वावजुद पनि निको हुन नसकेका उनलाई जव हात्तिपाईले रोगले च्याँप्दै लग्यो तव उनलाई उपचारार्थ पाल्पास्थित उनाईटेड मिशन अस्पतालमा भर्ना गरियो। उक्त अस्पतालले पनि उपचार गर्न नसक्ने बताएपछि उनलाई काठमाण्डौ स्थित टिचिङ्ग अस्पतालमा भर्ना गरिएको थियो। टिचिङ्गमा पनि उपचार सम्भव हुन नसक्ने जनाऊ दिएपछि उनलाई मुलुककै जेष्ठ तथा पुरानो अस्पताल वीर अस्पतालमा भर्ना गरियो। वीर अस्पतालमा पनि उपचार हुन नसक्ने बताएपछि उनी वीर अस्पतालले नै निशुल्क रुपमा उपलव्ध गराएको आवासगृहमा रहँदै आएका छन। घरको आर्थिक अवस्था कमजोर तथा घरमा दाई र भाऊजु मात्र रहँदै आएका उनलाई भेट्न भनेर कोहि पनि नआउने बताउँछन उनी। दिनभर सडकपेटीमा बसेर साँझबिहानको गर्जोको लागी सडकमा आवतजावत गर्नेहरुसंग अपिल गरिरहेको अवस्थामा भेटिएका खड्का भन्छन-“अस्पतालले जेनतेन बस्नको लागी ब्यवस्था गरिदिएतापनि खानको समस्या छ। सरकारले हामीजस्ता अपांगहरुको खानेबस्ने राम्रो ब्यवस्था गरिदिए यस्तो अवस्थामा बाटोमा सवैसंग हात जोडेर बस्नुपर्ने थिएन।”

    हाम्रो पनि माग यहिं छ कि यि र यस्ता गम्भिर बिमारी भएर जिवनलाई बढो कष्टकासाथ गुजारा गरेर बसिरहेका आम नागरिकलाई सरकारले यथोचित ब्यवस्था गरिदिओस। उनीहरुको बाँच्न पाऊने अधिकारलाई सरकारले यथेष्ठ सम्बोधन गरोस। अहिलेलाई ठूला ठूला विकाशे गफ भन्दापनि जनताका साना साना खुशीहरुमा सरकारले हातेमालो गर्दै अंघाडी बढोस। यसैमा सवैको भलाई हुनेछ। हुन त गरिव, विपन्न, अशक्त तथा घरवारविहिनको उद्धार तथा परोपकारका नाममा सरकारी, गैरसरकारी तथा परोपकारी संस्थाहरुको कमी त छैन नेपालमा, तर विडम्वना नै मान्नुपर्दछ यि र यस्ता संस्थाहरुको काम मागीखाने र विलाशी जिवन यापन गर्नमै ठिक्क छ। यि र यस्ता दिनदु:खीहरुको बारेमा हेर्ने, बोल्ने र गर्ने फुर्सत कसलाई पो छ र, होईन र?

    (स्रोत –पत्रकार बिजय ज्ञवालीको फेसबुकबाट )

     

  • ओलीद्वारा भक्तपुरको बाल्कोटमा मतदान

    ओलीद्वारा भक्तपुरको बाल्कोटमा मतदान

    भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले पनि मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले भक्तपुरको बाल्कोटस्थित महेन्द्र शान्ति बिद्यालयमा मतदान गर्नुभएको हो । सो केन्द्रमा पनि बिहान ७ बजेबाटै मतदान सुरु भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको छ ।