बैशाख २०, २०७४ । लामो समयदेखि समाजिक सेवाका काममा सक्रिय रहँदै आएको ‘असहाय तथा जरुरत मानविय सहायता नेपाल ( एचडीएनपी) दुइ असाहय बिद्यार्थीलाई रु ५० हजार छात्राबृती प्रदान गरेको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच एचडीएनपीले बिद्यार्थी रमेश भट्टराई र सुदिप तामाङ्गलाई सहयोग प्रदान गरेको हो । कार्यक्रममा एचडीएनपी नेपालकी उपाध्यक्ष भगवति रोका ‘भूमिका’ ले असहायहरुको हीत र सहयोगका लागि आफनो संस्था सदैव क्रियाशिल रहने बताउनुभयो । उहाँले असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफूहरुलाई सन्तुष्टि भएको धारणा राख्नुभयो । उहाँले असहाय बालबालिका एवम बिद्यार्थीलाई जो कोहीले संस्थामार्फत सहयोग गर्न सक्ने समेत बताउनुभयो ।
Category: फिचर
राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)
-

‘बाहुबली’ को कमाइ ऐतिहासिक
बैशाख २०, २०७४ । बैशाख १५ गते रिलिज भएको भारतीय फिल्म ’बाहुबली २ ले पाँच दिनमा विश्वभर ७ सय करोड भन्दा बढी आम्दानी गरेको छ । फिल्म चलेको छोटो समयमा नै यति धेरै व्यापार गर्ने यो पहिलो फिल्म बनेको छ । रिलिज भएको दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय एक करोड कमाइ गरेको थियो । २ सय ७० करोड रुपैयाँमा बनेको यो फिल्म रिलिज हुनुभन्दा अघि नै नाफामा थियो । ’बाहुबली २’ मा राजा माहेश्मतीका राजा बाहुबलीको कथा देखाइएको छ ।
-

गाईको आयु बढाउन पेटमा प्वाल
एजेन्सी । अमेरिकी किसानहरुले निकै डरलाग्दो गरी गाइको पेटमा प्वाल पार्ने गरेको देख्दा तपाईलाइ अचम्म लागेको होला हैन ? किन यसरी पशुलाई पीडा दिएका होलान भनेर धेरै हैरान हुनु पर्दैन । यो त एउटा अचम्मको नयाँ प्रविधि मात्र हो ।
यो डरलाग्दो र अचम्मको प्रविधि जिउँदो गाइको पेटमा ठूलो प्वाल पारेर गाइको आयु बढाउन रहेछ । यसले स्वास्थ्य जाँच गर्न सहज हुने उनीहरुको भनाइ छ । पशुविज्ञ र बैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्रि भागको जाँच गर्न कठिन हुने हुँदा यो प्रविधि अपनाइएको हो । गाईको पेटमा पारिएको प्वालमा प्लाष्टिकको रिङ राखिन्छ । यो प्रक्रियाको मद्दतले गाईको पाचनक्रियाको बारेमा जानकारी सहज रुपमा प्राप्त हुने बैज्ञानिकहरु बताउँछन । -

सन्दर्भ– विश्व प्रेस स्वतन्त्रता दिवस
बैशाख २०, २०७४ । विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरि आज मनाइदै छ ।
‘संवेदनशील समयका लागि संवेदनशील विचार ः शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नेपालमा पत्रकार महासंघले आज बिभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका अबसरमा महासंघले काठमाडौमा प्रभातफेरी गरेको छ । नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उहाँले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताउनुभयो ।
पत्रकारितामार्फत मुलुकलाई परिवर्तन सम्भव रहेको भन्दै उहाँले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताउनुभयो ।।। -

सहयात्रामा आज पानी व्यवस्थापनको चर्चा
बैशाख १५, २०७४ । चन्दा प्रोडक्सनद्वारा निर्मित कार्यक्रम सहयात्राको आजको अंकमा खेर गएको खोलाको पानी, सिंचाइ र खानेपानीमा लगानी विषयमा केन्द्रीत छ । पहाडी क्षेत्रमा पानीको श्रोतको संरक्षण, उपयोग तथा त्यसको व्यवस्थानका विषयमा केन्द्रीत भएर कार्यक्रम तयार पारिएको हो । कार्यक्रम नेपाल टेलिभिजनमा हरेक शुक्रवार साँझ ६ः०५ बजे र त्यसको पुनः प्रसारण आइतबार बिहान १०ः३० बजे हुने गर्दछ ।


