Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • नयाँ प्रविधिद्वारा हावामा आलुको बीउ उत्पादन

    नयाँ प्रविधिद्वारा हावामा आलुको बीउ उत्पादन

    काठमाडौं । भदौ १७, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको जानकारी प्राप्त भएको छ ।

    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो ।

    उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ ।

    यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन्।

    एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रकृतिको बीउ उत्पादन गर्न उद्योगमा रू एक करोडमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकीन गर्न नसकिएको उनको भनाइ थियो ।

    यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए ।

    उक्त उद्योगमा आलुको बीउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बीउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए ।

    उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रू ११ लाख ५४ हजार रकम विनियोजनसमेत गरिएको थियो ।

     

  • आज एकै दिन जनैपूर्णिमा र गाईजात्रा पव मनाइदै

    आज एकै दिन जनैपूर्णिमा र गाईजात्रा पव मनाइदै

    काठमाडौँ । भदौ १४, आज जनैपूर्णिमा पर्व सँगै ‘गाईजात्रा’ पर्व पनि एकै दिन मनाइदै छ । वैदिक सनातन धर्मावलम्बीले नयाँ जनै धारण गरेर आज नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनैपूर्णिमा पर्व मनाएका छन् ।

    साउन शुक्ल पूर्णिमाका दिन बिहानैदेखि  नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट जनै लगाउने प्रचलन छ । जनै विशेष रुपले मन्त्रिएको धागोको डोरो हो ।

    साथै आज विषेश गरी तराइ तथा पहाडका अधिकांस हिन्दू धर्मावलम्बीहरूले दाजुभाइको रक्षा स्वरुप दिदी बहिनीले रक्षा बन्धन वा राखि लगाई विभिन्न उपहार आदन प्रदान गरी मनाइदै छ ।

    नेपालमा विभिन्न चाडपर्व मान्ने हो भने वर्षभरिमा कुनै पनि दिन खाली हुँदैन । यस्तो विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न चाडपर्व मान्ने क्रममा जनैपूणिर्माको दिन जनै धागो लगाउने र विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ ।

    मानव रक्षाका लागि भन्दै जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

    त्यस्तै गरी प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

     

  • बिजुलीबजारमा फुल र बत्तिले झलमल्ल आर्कब्रिज

    बिजुलीबजारमा फुल र बत्तिले झलमल्ल आर्कब्रिज

    काठमाडौं । भदौ ७, अब नाम जस्तै बिजुलीबजार विजुली झिलीमिली भएको छ । जब आर्कब्रिज बन्यो, तब बिजुलीबजारमा साँझपख भीडभाड हुन थालिसकेको थियो । अब त पुलमा बत्ती नै राखिदिएपछि युवायुवतीहरुको टहलिने स्थान भएको छ ।

    काठमाडौं महानगरले पुलमा रहेका फलामे डण्डीहरुमा बत्तीहरु जडान गरेपछि अहिले सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको उल्लास नै अर्को छ । बिजुलीबजारमा अत्याधुनिक डिजाइनको पुललाई फूल र बत्तीले सिँगार्दा विकासले दिएको खुसियालीमात्रै होइन, यादगार पलहरु साट्ने स्पट बन्न पुगेको छ ।


    काठमाडौं महानगरपालिकाले ‘सुन्दर महानगर कार्यक्रम’ अन्तर्गतको पहिलो काम पुलहरुमा बत्ती जडान गरेको थियो । विजलुी बजारको दुईवटा सिग्नेचर आर्क ब्रिज र विष्णुमती नदी माथि रहेको परोपकार अगाडिको आर्क ब्रिजलाई महानगरले विद्युतीय सौन्दर्यकरण गरेको हो । त्यस्तै डल्लुको आर्क ब्रिजमा पनि बिजुलीको उज्यालो छर्दै हेर्नलायक बनाइएको महानगर बताउँछ ।

     

  • नेपालमा मनसुन सक्रिय हुँदा भोलिदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

    नेपालमा मनसुन सक्रिय हुँदा भोलिदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

    काठमाडौं । साउन २६, एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् ।

    मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ ।

    त्यसको विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।

    बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ ।

     

     

  • साउनको चौथो सोमबार पशुपतिमा भक्तहरुको घुइँचो

    साउनको चौथो सोमबार पशुपतिमा भक्तहरुको घुइँचो

    काठमाडौं । साउन २२, आज साउन महिनाको चौथो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरुको घुइँचो छ । पहेंलो बस्त्रधारी बोलबम तीर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरुमा चहलपहल छ ।

    वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन् । साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको प्रियबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् ।

    बोल बम तीर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।आजको दिन शिवलाई शुद्ध जल चढाउने चलन छ ।

     

  • डिएसटी वापत ६ विदेशी कम्पनीले तिरे कर

    डिएसटी वापत ६ विदेशी कम्पनीले तिरे कर

    काठमाडौं । साउन २१, विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् ।

    गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स -डिएसटी)  वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने नौ कम्पनी दर्ता भएका र छ कम्पनीले कर तिरेका छन् ।