केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

सहयात्रा टिभी

सहायात्राटीभी : गुन्द्रुक नेपालको राष्ट्रिय खाना अनि नेपालीको भान्साको सर्वप्रिय तरकारी । प्रत्येक नेपालीको घरमा गुन्द्रुक अनिवार्य हुन्छ नै । हतार हुँदा होस् या तरकारीको अभाव हुँदा हाम्रो रोजाइमा गुन्द्रुक बाहेक अरु पर्दैन । अनि जाडो मौसममा शरीर न्यानो बनाउन पनि तातो तातो गुन्द्रुकको झोल र भात खान रुचाउँछन प्राय नेपालीहरु ।
सुनिन्छ, घरमा गुन्द्रुक र खाना हुँदा थाल सारेर हिँड्ने छोराहरु पनि विदेश पुगेपछि घरमा फोन गरेर, ‘आमा साथी आउँदा अलिकति गुन्द्रुक पठाइदिनु है’ भन्ने गर्छन् । गुन्द्रुकको महत्व नेपाल ( देश) मा रहँदा भन्दा पनि विदेश पुगेपछि बढि हुने गरेको पाइन्छ ।
हामीले घरमा फलाउने रायो, तोरी, मुला जस्ता हरिया सागपातलाई गलाएर सजिलैसँग तयार गर्न सकिने गुन्द्रुक अत्यन्तै लोकप्रिय र सबैले रुचाउने तरकारी हो । यसलाई नेपालीहरुको पहिचानको रुपमा पनि लिन सिकन्छ ।
तर आजभोली समयको गतिसँगै मानिसहरुले आफ्नो पहिचानलाई भुल्दै आइरहेका छन् । हामी कृषि प्रधान देशका नागरिकहरु कृषिमा आत्मनिर्भर त बन्न सकेका छैनौँ नै हुँदा हुँदा ग्रामिण क्षेत्रका प्रत्येक नेपालीहरुको घरघरमा तयार हुने गुन्द्रुक पनि विदेशबाट आयात गर्नु पर्ने अवस्था आएको छ ।

प्रत्येक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिइरहेको बेलामा नेपालमा प्रचलिन, नेपाली राष्ट्रिय खाना, प्रत्येक नेपालीको घरमा तयार हुन सक्ने, नेपालबाटै सुरु भएको गुन्द्रुक पनि विदेशबाट लाखौँ लाखको मुल्यमा आयात हुन्छ भन्दा अपत्यारीलो हुन सक्छ तर यो वास्तविकता हो ।

केहि वर्षदेखि चीनबाट नेपालमा गुन्द्रुक आयात हुने गरेको पाइएको छ । रसुवागढि नाका हुँदै लाखौँ मुल्य बराबरको गुन्द्रुक आयात हुने गरेको छ । दुइ वर्षभित्रमा नेपालमा चीनबाट ८ सय ४३ किलो गुन्द्रुक आयात भएको दखिएको छ । लगभग दुई लाख मुल्य भन्दा पनि बढिको मुल्य बराबरको गुन्द्रुक आयात भएको हो । गुन्द्रुक पनि लाखौँ मुल्यमा नेपालमा आयात भइरहँदा नेपाल कति सम्म दयनिय अवस्थामा छ भन्ने बुझिन्छ ।


निर्यातलाई आयातले थिचेको नेपालमा हामी सबैले घरघरमा सजिलै बनाउन सक्ने गुन्द्रुक पनि आयात हुन थालेपछि हामी कृषिमा आत्मनिर्भर कहिले हुने हो त ! विशेष गरेर नेपालीहरुले मात्र तयार गर्ने, नेपालीहरुले मात्र प्रयोग गर्ने र नेपालबाट सुरु भई गुन्द्रुक त विदेशबाट आयत हुन थाल्यो भने अब के बाकिँ होला त हामीले आयात गर्नलाई ।

यो झट्ट सुन्दा सामान्य विषय लागे पनि निकै गम्भिर विषय हो । यस बारे बेलैमा हामीले सोचेनौ र विकल्पको खोजी गरेनौ भने हामीले खाद्यन्न देखि प्रत्येक कुरा त आयात गछौँ नै हामीले हाम्रो पहिचान पनि विदेशी सँगै सोध्ने र विदेशी भुमिमै खोज्ने दिन नआउला भन्न सकिन्दैन ।

यो पनि पढ्नुहोस् 

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 22 July, 2018

प्रतिक्रिया दिनुहोस्