बैशाख १४, २०७४ । भारतीय चलचित्रका वरिष्ठ अभिनेता बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका खन्नाको आज बिहान मुम्बाइस्थित एक अस्पतालमा निधन भएको हो । पेशावरमा १९ सय ४६ मा जन्मेका खन्नाले १ सय ४० भन्दा बढी चलचित्रमा अभियन गरेका छन । खन्नाले १९ सय ६८ मा सुनिल दत्ताको फिल्म मनका मीतबाट आफनो फिल्मी यात्रा सुरु गरेका थिए । खन्नाले अभिनय गरेको एक थी रानी ऐसी भी नामक फिल्म हालै प्रदर्शनमा आएको थियो । खन्नले अभिनय गरेका चलचित्र मध्ये मेरे अपने, दयावान, कुर्वान, मेरा गाव मेरा देश निकै चर्चित छन । खन्ना १९ सय ९७ मा भारतीय जनता पार्टीमा आबद्ध भएका थिए । उनी चारपटक पंजाबको गुरदासपुरबाट लोकसभा सांसदमा निर्वाचित समेत भएका थिए । अटल बिहार बाजपेयीको सरकारमा उनले पर्यटन तथा संस्कृति मन्त्रालय सम्हालेका थिए । खन्नाको निधनमा भारतीय चलचित्रका हस्तीहरुले शोक व्यक्त गरेका छन ।
Author: sahayatra
-

सिरियाको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिष्फोट
बैशाख १४, २०७४ । सिरियाको राजधानी दमास्कस नजिकै रहेको एक अन्तर्राष्ट्रिय बिमानस्थलमा ठूलो विष्फोट भएको छ । सिरियाको मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको सिरियन अब्जरभेटरीले ठूलो विष्फोट भएको जनाएपनि त्यसको कारण र नोक्शानीबारे केही बताएको छैन । घटनास्थल राजधानी दमास्कसबाट २५ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा पर्दछ । बिष्फोटपछि सो क्षेत्रमा आगलागी भएको छ । सिरियामा २०११ बाट सुरु भएको गृहयुद्धका कारण हालसम्म ३ लाख २० हजार भन्दा बढीको मृत्यु भैसकेको छ । तनाव अन्त्यका लागि राजनीतिक बृत्तमा थुप्रै प्रयास भएपनि समाधान भने हुन सकेको छैन ।
-

संविधान संशोधन हुन नदिन एमाले गठवन्धन ब्युँतियो
बैशाख १४, २०७४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसंगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसंगै निश्क्रिय रहेको थियो । तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युँताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले संविधान संशोधन प्रस्ताव असफल पार्ने रणनीति तय गर्नेछ ।
