बैशाख १४, २०७४ । स्थानीय तहको संख्या बढाउने आफनो निर्णयबाट सरकार पछि हटोपछि संघीय गठवन्धन सरकारसंग रुष्ठ भएको छ । तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन परिपत्र जारी गरिसकेका बेला एमालेको दवावमा निर्णय फिर्ता लिएपछि राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय गठवन्धन सरकारसंग आक्रोशित भएका हुन । उनीहरुले सरकारले सहमति उल्लंघन गरेको भन्दै आन्दोलनका चेतावनी दिएका छन । यो विषयमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र तराई केन्द्रीत दलका नेताहरुबीच छलफल भैरहेको छ । गठवन्धनका नेताहरुले सहमति भाँडने भन्दै प्रधानमन्त्री दाहालप्रति आक्रोश पोेखेका छन । उनीहरुले आफूहरुसंग भएको सहमति पालना नहुने हो भने आफूहरुपनि चुप लागेर नबस्ने चेतावनी दिएका छन । यसअघि नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि संसद्को अवरोध खोलेको थियो । अवरोध खुलेपछि संसद् बैठकमा संविधान संशोधन बिधेयकमाथिको सैद्धान्तिक छलफल पनि सुरु भएको छ ।
Author: sahayatra
-

कोलकता आइपिएलको शीर्षमा, आज बेङ्लोर र गुजरात भिडदै
बैशाख १४, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । आइपिएल अन्तर्गत गएराती राइजिङ पुने सुपरजायन्टमाथि सात विकेटको जित निकाल्दै कोलकाता तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । १ सय ८३ रनको लक्ष्य कोलकाताले खेल सकिन एघार बल अगावै तीन विकेटको नोक्सानीमा पूरा ग¥यो । कोलकाताको जितमा रोबिन उथप्पाले ८७ तथा कप्तान गौतम गम्भिरले ६२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित बीस ओभरमा पांच विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसका लागि कप्तान स्टेभेन स्मिथले ५१ रन बनाए । बलिङमा कोलकाताका कुलदीप यादवले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेङ्लोर र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।।।
-

उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
बैशाख १४, २०७४ । संयुक्त राष्ट्रसंघको आदेशसम्मेत उल्लंघन गर्दै उत्तर कोरियाले आफनो आणविक कार्यक्रम नरोकेपछि अमेरिकाले कडा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले उत्तर कोरियाको परमाणु र मिसायल कार्यक्रम बन्द गराउन प्रतिबन्धको तयारी गरेको हो । यसका लागि कुटनीतिक पहल सुरु भैसकेको छ । उत्तर कोरियाबारे सिनेटमा पर्याप्त छलफल गरिसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो नीति सार्वजनिक गरेका हुन । यसअघि अमेरिकी शीर्ष सैन्य कमाण्डरले दक्षिण कोरियामा उन्नत मिसायल प्रतिरोधी प्रणाली स्थापना गर्नुपर्ने बताएका थिए । प्रशान्त कमाण्डका प्रमुखले एडमिरल हैरी ह्यारिसले उत्तर कोरियाको मिसायलबिरुद्ध लडन अमेरिकाले सर्वश्रेष्ठ प्रविधि प्रयोग गर्ने बताए । चीनले भने दक्ष्ँिण कोरियामा मिसायल प्रतिरोधी प्रणाली स्थापना गर्दा त्यसले असन्तुलन पैदा गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।।।
-

सरकार गल्यो, स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता, संसद् सुचारू
बैशाख १४, २०७४ । सरकारले स्थानीय तहको संख्या बढाउन आफैले गरेको निर्णय फिर्ता लिएपछि व्यवस्थापिका संसद्को अवरोध हटेको छ । एमालेले अवरोध हटाएसंगै संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल पनि प्रारम्भ भएको छ । बैठकमा कानुनमन्त्री अजयशंकर नायकले छलफलका लागि विधेयकसंसद्मा पेश गर्नुभएको हो । यसअघि सरकारले ल्याएको संविधान संशोधन छलफल योग्य नभएको भन्दै विरोध गरेको एमालेले यस पटक भने छलफलमा भाग लिएको छ । छलफलमा भाग लि“दै एमालेका सांसद् प्रकाश ज्वालाले सीमाङ्कनका विषयमा अहिलेको संविधान संशोधन विधेयक फिर्ता भएकोजस्तो देखिए पनि ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । त्यस्तै सांसद् रेवतीरमण भण्डारीले नागरिकताको प्रावधानको संविधानको मान्यताविपरीत संविधान संशोधन गर्न खोजेको आरोप लगाउनुभयो ।
स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि राष्ट्रिय जनता दल नेपाल भने सरकारसंग आक्रोशित भएको छ । आफूसंग भएको भद्र सहमति उल्लंघन भएको भन्दै राजपाले आन्दोलनको चेतावनी दिएको छ ।
यसबीच, सरकारले रुकुम र नवलपरासीको सीमाङ्कन हेरफेर गरेको छ । सिंहदरबारमा बुधबार सा“झ बसेको मन्त्रिपरिषद् बैठकले रुकुम र नवलपरासीका केही स्थानको सीमाङ्कनमा हेरफेर गरेको हो । बैठकले रुकुमको ११ गाविस र सिस्ने उतरगंगा गाविसलाई मिलाएर ५ नम्बर प्रदेशमा राख्ने र रुकुमका बा“की गाविसलाई ६ नम्बरमा राख्ने निर्णय गरेको छ । त्यस्तै नवलपरासीको त्रिवेणी गाविसको ६ र ७ नम्बरलाई विनयी गाविसमा मिलाउ“दै चार नवर प्रदेशमा राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद् बैठकले रुकुम र नवलपरासीमा दुई चरणमा निर्वाचन गर्ने निर्णय पनि गरेको छ ।।। -

स्वार्थरहित मातृत्वः
सन्दर्भ– कृष्णऔंसी, आमाको मुख हेर्ने दिन
भनिन्छ नि संयम, अनुशासन र सुशासन भएन भने समाज र देशको त कुरै छाडौै, हामी स्वयं व्यक्तिको जीवनचक्र नै असफलतातर्फ धकेलिदै जान्छ । सायद त्यो मानिसलाई यसको राम्रो हेक्का हुन सक्छ, जो प्रत्येक समयलाई क्रय गरिएको समयको रुपमा लिइरहेको हुन्छ वा लिन सक्छ । तर वास्तविकता त्यस्तो कहिं कतै पनि पाईदैन । तपाई हाम्रो जीवनमा नत यो कुरा व्यक्तिगत रुपमा कार्यन्वयन गर्न सकेका छौ, नत घर, समाज अनि राष्ट्रको लागि नै । यो त केवल सुन्दा भाषण गरिएको हो कि जस्तो मात्रै भान हुन्छ ।
हामी नितान्त व्यक्तिगत स्वार्थमा लुप्त भई दिनचर्या चलाईरहेका छौ । यसको तपाइ हामी कसैलाई हेक्का भएको देखिदैन । आखिर २१औं शताव्दीका प्रखर र बौद्धिक अनि गन्यमान्यको वर्गमा राखिएको पाउछौं हामीले आफुले आफूलाई । हामी आफूले आफूलाई नै सर्वविज्ञ अनि महान विचार वोकेको जस्तै मान्छौ र सस्तो लोकप्रियताका लागी गगन चुम्ने खालका बहस गरिरहेका हुन्छौ । आखिर यो खोक्रो हुर्मत किन गर्छ मान्छे ? आफ्नो जिम्मेवारी के हो, आफ्नो कर्तव्य के हो ? अनुशासन र सुशासन के हो ? यो वारेमा स्वयंले आफैलाई सोधियो भने जवाफ स्वंय आफैभित्र पाउन सकिन्छ । नत्र आफैसंग भएको सुगन्धित बास्ना थाहा नपाएर जंगलको चारैतिर भौंतारिरहेको मृगको हालत जस्तै नहोला भन्न सकिन्न ।
आफ्नो कर्म र आत्मालाई त कसरी ढाँट्न र छल्न सकिन्छ र ? त्यो त चाहेर पनि सकिदैन । खैर यी त रहे मानवका बास्तविक विचार र व्यवहार । यहां प्रसंग उठाउन खोजिएको पनि यीनै मानविय विचार संयम, अनुशासन र नितान्त व्यवहारसंग सम्बन्धित छ । प्रसंग हो आमाको मुख हेर्ने दिनको । सवैलाई आमाको मुख हेर्ने दिन होस या अरु कुनै यस्तै महत्वपूर्ण दिन । आफूले घर अनि समाजमा के व्यवहार गरिराखेको छु भनेर भन्नु भन्दा पनि सामाजिक सञ्जालमा पोष्ट गरि देखावटी तवरले खरिद गरेको माया जस्तो पनि के माया र स्नेह होला र त्यहां ? प्रचारमा लागे जस्तो तपाई हाम्रो घरमा हुनुभएका आमा वुवाको सेवार्थ थोरै मात्र माया, स्नेह र सरल व्यवहार मात्रै गरिदिने हो भनेपनि त्यो नै ठूलो सम्पत्ति हुनेछ आमा वुवाको लागि ।
पृथ्वी गोलो छ, घुमिनै रहन्छ, आज जवान छौत के भो, भोलि तिमी पनि बृद्धावस्थामा अवष्य पुग्नेछौं । यसर्थ, सकिन्छ आमावुवा हुनेहरुले आज एक दिन मात्र आमाको मुख हेरर देखावटी गर्नुभन्दा माया र स्नेह देउ यहि नै पूण्यको काम हुनेछ ।
प्रसंग यतिमात्र होईन, आफ्नो जीवनकालभरि त्यहि सन्तानका निमित्त हर दुःख र कष्टलाई पैतालामुनि राखेर सन्तानको सुन्दर भविष्यका निमित्त जीवनको पूरै समय खर्चिएकी आमालाई जव बृद्धावस्था हुन्छ, अनि अनेक रोगले पनि आक्रमण गर्न थाल्छ, तव त्यसवखत तिमी त्यहि आमा जसले तिमीलाई आफ्नो कोख चर्काएर यस धर्तिमा ल्याईन् उनै आमाप्रति तिमी विमुख भईदिन्छौं धन्य तिम्रो जन्म ! यस्तो जन्म त कदापी सार्थक हुनै सक्दैन । रोग त लागि नै सक्यो, अव उपचार गर्नु भन्दा घरमा आराम गर्नु वेश, यो समयमा आराम वेश कि, उपचारार्थ लाग्नु वेश होला ? त्यो त सामान्य ज्ञान भएका सन्तानले पनि आफ्नो कर्मवाट विमुख हुदैनन्, झन तिमी त त्यहि आमाले उज्वल नक्षत्र दिएको सन्तान ।
जसरी आमाले आफ्नो सन्तानका निमित्त आफ्नो जीवनको एउटा अभिन्न अंग सम्झिएर हुर्काई, वढाइ, पढाई ठूलो मान्छे बनाउने उनको चाहत हुन्छ, तिमीले त्यति नै गर्न नसकेपनि बुढेसकालको साहारा मात्रै बनिदिए त उनको कोख चर्काइको भारा कम पर्न जान्थ्यो कि ?
हो तपाई हाम्रो समाज वरिपरी यी र यस्तै पीडा छन् आमाहरुका । वाहिर आउदैनन् यि कुराहरु, किनकी ती आमालाई आफ्नो सन्तानको समाजमा प्रतिष्ठा नघटोस यहि चाहन्छिन् आमा । अनि जुनकुनै बृद्धाश्रममा जाउँ, हामी त्यहांको आमाहरुको पीडा आखांभरि ढलपलाई राखेको हुन्छ आजको दिन । त्यहि सन्तानले दिएको चोट र पीडाले उनलाई आज झन अझै वढि सताउने गरेको छ । कसैको छोरा वुहारीले हेला गरेर बृद्धाश्रमका ढोकासम्म लगेर छाडिदिएका व्यथा छन्, कसैका कुनै पीडा कसैका कुनै । हेर्दा एउटै अमानविय व्यवहार छ, अधिकांश ति आमाहरुको सन्तानले दिएका चोट र पीडा । वस उनको अझपनि एउटै चाहत छ मेरो सन्तानलाई हिड्दा ठेस नलागोस । धन्य आमा तिमी कति महान
यो संसारमा हर चिज पाईन्छ तर आमा कहि कतै पाईदैन । यसर्थ, सकिन्छ न्यानो छहारी दिउँ, सकिदैन कम्तिमा अमानविय व्यवहार गरेर, हेला गरेर आमालाई नरुवाऊ । पृथ्वी गोलो छ तिम्रा दिन पनि पुनः त्यहि नआउलान् भन्न सकिन्न ।
निष्वार्थ भावले आमाको सेवार्थ लाग्ने सम्पूर्ण मनहरुमा नमन र जसले आमालाई आमाको व्यवहार गर्दैनन् उसलाई त भन्ने अपशव्द नै शव्दकोषमा भेटिदैन । यसर्थ, सकिन्छ भने स्वार्थरहित मातृत्व जसले आफ्नो कोख चर्काएर आफ्नो ममताले छोपेर हर अप्ठ्याराहरुसंग पौठेजोरी खेल्दै आफ्ना सन्तानलाई गरेको माया र ममताको श्रद्धाभाव भएपनि राख्ने कोशिस गर्दा जीवन सार्थक होला की ? -

राप्रपाको घोषणापत्रमा– गाउँदेखि देश, अनुशासनदेखि संस्कार बदल्ने कुरा
बैशाख १३, २०७४ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष कमल थापाले पार्टीका शीर्ष नेता र कार्यकर्ताहरुकाबीच राजधानीमा एक समारोहकाबीच घोषणापत्र सार्वजनिक गर्नुभयो । घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले निर्वाचनमा आफूले जितेको गाउं र नगरपालिकामा संगठीत रुपमा धर्म परिवर्तन गर्न नदिने नीति पार्टीले लिएको बताउनुभयो । पार्टीको चुनाव चिन्ह समेत रहेको गाईको संरक्षणका लागि गाउँ र नगरपालिकामा गौशाला निर्माण गर्ने कुरा घोषणापत्रमा उल्लेख छ । यस्तै, एक परिवार एक रोजगारी, २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गर्ने प्रतिबद्धता राप्रपाले जनाएको छ । पाँच बर्ष भित्र प्रत्येक घरमा बिजुली र खानेपानी तथा हरेक वडामा मोटरबाटो पु¥याउने विषय पनि समेटिएको छ । अध्यक्ष थापाले भोजन, आवास, स्वास्थ्य, शिक्षा र रोजगार, गरिबी निवारण पार्टीको प्रमुख ५ वटा प्राथमिकता भएको उल्लेख गर्नुभयो । मुलुकको समृद्धिका लागि यातायात, सञ्चार र साना जलविद्युतलाई प्राथमिकता दिने बताइएको छ । यस्तै, आफूले जितेका स्थानीय निकायका कार्यालयहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटो राख्ने जनाएको छ । गाउँ र नगरपालिकाहरुमा बन्द गर्न नपाइने कानुनी व्यवस्था गर्ने उद्घोष पनि राप्रपाले गरेको छ । आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने, प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गर्ने, कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्ने, माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने लगायतका बुँदा पनि घोषणापत्रमा उल्लेख छन । राप्रपाले शिक्षकहरुलाई राजनीतिक दलको सदस्य बन्न रोक लगाउने बताएको छ । साथै स्कुलहरुमा बन्द हड्ताल गर्न र दलको भ्रातृ संगठन खोल्न बन्द गरी शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा घोषणापत्रमा गरिएको छ ।
मुलुकका ठूला दलहरुप्रतिको दृष्ट्रिकोण स्पष्ट गर्दै घोषणापत्रमा कांग्रेस र एमाले बिकल्पहीन पार्टी भएको र माओवादी केन्द्र खस्किएकाले राप्रपा बलियो बैकल्पिक शक्ति भएको उल्लेख गरिएको छ ।
