बैशाख १३, २०७४ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार दोस्रो दिन पनि संसद् बैठक अवरुद्ध गरेको छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको संख्या थप्ने विषयमा दिएको जवाफ चित्त नबुझेपछि एमालेले बैठक अवरुद्ध गरेको हो । सरकारले तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने निर्णय गरेपछि एमालेले त्यस सम्बन्धी जवाफ दिन माग गरेको थियो । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले दिएको जवाफ चित्त बुझदो नभएको एमालेले बताएको छ । स्थानीय तह पुनर्संरचना आयोगकै प्रतितवेदनविपरीत र निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवस्थामा संख्या थप्न र सीमा चलाउन नमिल्ने एमालेको भनाइ छ । बैठकको सुरुमै समय लिएर बोल्दै उपप्रधानमन्त्री थापाले मधेस केन्द्रीत दलहरुसँगको सहमतिअनुसार सरकारले स्थानीय तहको संख्या थप गर्ने र निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको बताउनुभएको थियो । स्थानीय तहको संख्या थप गर्न सरकारले ११ जिल्लामा गरेको परिपत्र र तोकेको मापदण्ड औचित्यपूर्ण, सही र सर्वमान्य छ भन्न सकिने अवस्था नभए पनि आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनसमेत निर्वाचनमा सहभागी हुने सुनिश्चितताका लागि सरकारले सो कदम चालेको थापालको भनाइ थियो । मन्त्री थापाको जवाफप्रति असन्तुष्टि जनाउदै एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संवैधानिक ब्यवस्थाअनुसार स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा हेरफेर गर्न नमिल्ने जवाफ दिनुभयो । तराईंका ११ जिल्लामा मात्र स्थानीय तहको संख्या बढाउने निर्णय विरोधाभासपूर्ण रहेको ढकालको भनाइ थियो ।
यसैबीच, संसद्को अवरोध खुलाउन बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकपनि निष्कर्षमा पुग्न सकेन । संसद् भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकमा पनि प्रतिपक्षी नेकपा एमाले आफनै अडानमा रहेपछि सहमति हुन नसकेको हो । बैठकमा अध्यक्ष कडा रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री दाहालले पनि कडा जवाफ फर्काउनु भएको बुझिएको छ । ओलीले कुनैपनि हालतमा स्थानीय तहको संख्या थपन नदिने र संविधान संशोधन पनि हुन नदिने बताएपछि प्रधानमन्त्री दाहालले एमाले बिना नै दुइ तिहाइ पु¥याएर देखाइदिने चुनौती दिएको बताइएको छ ।
Author: sahayatra
-

सरकारसंग एमाले क्रुद्ध, दोस्रो दिन पनि संसद् अवरूद्ध, शीर्ष वार्ता निष्कर्षविहीन
-

स्वार्थरहित मातृत्वः
भनिन्छ नि सम्यम, अनुशासन र सुशासन भएन भने समाज र देशको त कुरै छाडौै, हामी स्वयं व्यक्तिको जिवनचक्रनै असफलातर्फ धकेलिदै जान्छ π सायद त्यो मानिसलाई यसको राम्रो हेक्का हुन सक्छ, जो मानिस प्रत्येक समयलाई क्रय गरिएको समयको रुपमा लिइरहेको हुन्छ वा लिन सक्छ । तर वास्तविकता त्यस्तो कहिं कतै पनि पाईदैन । तपाई हाम्रो जिवनमा नत यो कुरा व्यक्तिगत रुपमा कार्यन्वयन गर्न सकेका छौ, नत घर, समाज अनि राष्ट्रको लागी नै, यो त केवल सुन्दा भाषण गरिएको होकि जस्तो मात्रै भान हुन्छ ।
हामी नितान्त व्यक्तिगत स्वार्थमा लुप्त भई दिनचर्या चलाईरहेका छौ । यसको तपाइ हामी कसैलाई हेक्का भएको देखिदैन । आखिर २१ औं शताव्दीका प्रखर र बौद्धिक अनि गन्यमान्यको वर्गमा राखिएको पाउछौं हामीले आफुले आफूलाई । हामी आफूले आफूलाईनै सर्वविज्ञ अनि महान विचार वोकेको जस्तै मान्छौ र सस्तो लोकप्रियताका लागी गगन चुम्ने खालका बहस गरिरहेका हुन्छौ । आखिर यो खोक्रो हुर्मत किन गर्छ मान्छे ? आफ्नो जिम्मेवारी के हो, आफ्नो कर्तव्य के हो ? र अनुशासन र सुशासन के हो ? यो वारेमा स्वयंले आफैलाई सोधियो भने जवाफ स्वंय आफैभित्र पाउन सकिन्छ । नत्र आफैसंग भएको सुगन्धित बास्ना थाहा नपाएर जंगलको चारैतिर भौतारिरहेको मृगको हालत जस्तै नहोला भन्न सकिन्न ।
आफ्नो कर्म र आत्मालाई त कसरी ढाट्न र छल्न सकिन्छ र ? त्यो त चाहेर पनि सकिदैन । खैर यि त रहे मानवका बास्तविक विचार र व्यवहार । यहां प्रसंग उठाउन खोजिएको भने यिनै मानविय विचार संयम, अनुशासन र नितान्त व्यवाहारसंग निहित छ । प्रसंग हो आमाको मुख हेर्ने दिनको । सवैलाई आमाको मुख हेर्ने दिन होस या अरु कुनै यस्तै महत्वपूर्ण दिन । आफूले घर अनि समाजमा के व्यवहार गरिराखेको छु भनेर भन्नु भन्दा पनि सामाजिक सञ्जालमा पोष्ट गरि देखावटी तवरले खरिद गरेको माया जस्तो पनि के माया र स्नेह होला र त्यहां ? प्रचारमा लागेजस्तो तपाई हाम्रो घरमा हुनुभएका आमा वुवाको सेवार्थ थोरै मात्र माया, स्नेह र सरल व्यवहार मात्रै गरिदिने हो भनेपनि त्यो आफ्नो त्यो नै ठूलो सम्पत्ति हुनेछ आमा वुवाको लागि ।
पृथ्वी गोलो छ, घुमिनै रहन्छ, आज जवान छौत के भो, भोलि तिमी पनि बृद्धावस्थामा अवष्य पुग्नेछौं । यसर्थ, सकिन्छ आमावुवा हुनेहरुले आज एक दिन मात्र आमाको मुख हेरर देखावटी गर्नुभन्दा माया र स्नेह देउ यहिनै पूण्यको काम हुनेछ ।
प्रसंग यतिमात्र होईन, आफ्नो जिवनकालभरि त्यहि सन्तानका निमित्त हर दुखः र कष्टलाई पैतालामुनि राखेर सन्तानको सुन्दर भविष्यका निमित्त जिवनको पूरै समय खर्चिएकी आमालाई जव बृद्धावस्था हुन्छ, अनि अनेक रोगले पनि आक्रमण गर्न थाल्छ, तव त्यसवखत तिमी त्यहि आमा जसले तिमीलाई आफ्नो कोख चर्काएर यस धर्तिमा ल्याईन् उहि आमाप्रति तिमी विमुख भईदिन्छौं धन्य तिम्रो जन्म । यस्तो जन्म त कदापी सार्थक हुनै सक्दैन । रोग त लागिनै सक्यो, अव उपचार गर्नु भन्दा घरमा आराम गर्नु वेश, यो समयमा आराम वेश कि, उपचारार्थ लाग्नु वेश होला ? त्यो त सामान्य ज्ञान भएका सन्तानले पनि आफ्नो कर्मवाट विमुख हुदैनन्, झन तिमी त त्यहि आमाले उज्वल नक्षत्र दिएको सन्तान ।
जसरी आमाले आफ्नो सन्तानका निमित्त आफ्नो जिवनको एउटा अभिन्न अंग सम्झिएर हुकाई, वढाइ, पढाई ठूलो मान्छे बनाउने उनको चाहत हुन्छ, तिमीले त्यतिनै गर्न नसकेपनि बुढेसकालको साहारा मात्रै बनिदिएत उनको कोख चर्काइको भारा कम पर्न जान्थ्यो कि ?
हो तपाई हाम्रो समाज वरिपरी यि र यस्तै पिडा छन् आमाहरुका । वाहिर आउदैनन् यि कुराहरु, किनकी ति आमालाई आफ्नो सन्तानको समाजमा प्रतिष्ठा नघटोस यहि चाहन्छिन् आमा । अनि जुनकुनै बृद्धाश्रममा जांउ हामी त्यहांको आमाहरुको पिडा आखांभरि ढलपलाईराखेको हुन्छ आजको दिन । त्यहि सन्तानले दिएको चोट र पिडाले उनलाई झन आज अझै वढि सताउने गरेको छ । कसैको छोरा वुहारीले हेला गरेर बृद्धाश्रमका ढोका सम्म लगेर छाडिदिएका व्यथा छन्, कसैका कुनै पिडा कसैका कुनै, तर हेर्दा एउटै अमानविय व्यवहार छ, अधिकांश ति आमाहरुको सन्तानले दिएका चोट र पिडा । वस उनको अझपनि एउटै चाहत छ मेरो सन्तानलाई हिड्दा ठेस नलागोस । धन्य आमा तिमी कति महान π
यो संसारमा हर चिज पाईन्छ तर आमा कहि कतै पाईदैन । यसर्थ, सकिन्छ न्यानो छहारी दिउ, सकिदैन कम्तिमा अमानविय व्यवहार गरेर, हेला गरेर आमालाई नरुवाऊ । पृथ्वी गोलो छ तिम्रा दिन पनि पुनः त्यहि नआउलान् भन्न सकिन्न ।
निष्वार्थ भावले आमाको सेवार्थ लाग्ने सम्पूर्ण मनहरुमा नमन र जसले आमालाई आमाको व्यवहार गर्दैनन् उसलाई त भन्ने अपशव्द नै शव्दकोषमा भेटिदैन । यसर्थ, सकिन्छ भने स्वार्थरहित मातृत्व जसले आफ्नो कोख चर्काएर आफ्नो ममताले छोपेर हर अप्ठ्याराहरुसंग पौठेजोरी खेल्दै आफ्ना सन्तानलाई गरेको माया र ममताको श्रद्धाभाव भएपनि राख्ने कोशिस गर्दा जिवन सार्थक होलाकि ? -

इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्षमा, साउथह्याम्टन ४–२ ले हार्यो
बैशाख १३, २०७४ । इंग्लिस प्रिमियर लिगमा चेल्सी तालिकाको शीर्ष स्थानमा कायमै छ ।
पछिल्लो खेलमा प्रिमियर लिग अन्तर्गत साउथह्याम्टनमाथि चार–दुईको जित निकाल्दै चेल्सीले दोस्रो स्थानको टोटनह्यामसंगको दूरी सात अंकले बढाएको हो । ५ औं मिनेटमा नै इडन हजार्डको गोलमार्फत चेल्सीले अग्रता लियो । २४ औं मिनेटमा साउथह्याम्टनका ओरिओल लाकाकुले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि चेल्सीकातर्फबाट गेरी चाहिलले ४५ औं र डिएगो कोष्टाले क्रमशः ५३ औं र ८९ औं मिनेटमा गोल थपे । साउथह्याम्टनका बर्टयाण्डले खेल सकिन केही मिनेट अघि गोल गरेपछि चेल्सीले समग्रमा चार–दुईको जित निकाल्यो । तालिकामा पहिलो स्थानको चेल्सीको ३३ खेलबाट ७८ अंक रहेको छ भने एक खेल कम खेलेको दोस्रो स्थानको टोटनह्यामको ७१ अंक रहेको छ । -

टर्कीसंग अमेरिका रिसायो
बैशाख १३, २०७४ । टर्कीले सिरिया र इराकमा गरेको हवाइ हमलामा कुर्द लडाकु मारिएपछि अमेरिकाले चिन्ता प्रकट गरेको छ । आक्रमणमा कम्तिमा दुइ दर्जन भन्दा बढी कुर्द लडाकु मारिएको अमेरिकाले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकुको समूह वाइपीजीले आफना प्रमुख अड्डामा टर्कीस सेनाले भीषण हवाइ आक्रमण गरेको जनाएको छ । कुर्दु लडाकुको यो समूह बिद्रोही इस्लामिक स्टेट आइएसबिरुद्ध लडिरहेको छ । उता इराक सरकारले पनि आफनो क्षेत्रमा आक्रमण गरेको भन्दै टर्कीको निन्दा गरेको छ ।
-

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन
बैशाख १३, २०७४ । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन ।
ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ । बिहानै उठेर नुहाएर आफनी आमालाई तीर्थ बराबर मानेर उपहार, मीठो खानेकुरा, नया“ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ । आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भएको ठाउँमा पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा नभएकाहरुले काठमाडौंको थानकोटस्थित मातातीर्थ कुण्डमा स्नान गरि फलफूल, खाद्यन्न चढाउने गर्दछन् । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहा“स्थित कुण्डमा स्नान गरि दान गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ -

सरकारलाइ झट्का, डीआइजी सिलवाललाई राहत !
१२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि कुनै पनि कारवाही अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चका बिभिन्न तीन न्यायाधीशको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म सिलवालमाथि कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो । आदेशमा आईजीपी नियुक्ति सम्बन्धी कुनै पनि प्रसंगलाई लिएर सिलवाल उपर कुनै प्रकारबाट छानविन, निलम्बन वा कुनै प्रकारको अभियोगमा मुद्दा लगाउने कार्य नगर्न नगराउन उल्लेख छ ।
सरकारी कागज किर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो । सरकारी छानविन समितिले सोमबार सिलवाललाई पक्राउ गरेर बयान लिन खोजेपनि बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेपछि उनी छुटेका थिए । आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ ।