Category: बाँकी न्युज

  • साताकै पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

    साताकै पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

    काठमाडौं । यो साताको पहिलो दिनको कारोबारमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।आइतबार नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ विन्दुमा आइपुगेको हो । परिसूचक घट्नुमा सकारात्मक दिशामा अगाडी बढ्न सक्ने खबरहरु बजारमा नआाएकोले पनि नेप्से बढ्न नसकेको सरोकारवालाहरुको वुझाई छ । तर पनि आइतबार जम्मा ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारको पहिलो सत्रमा बजार बढेको भएपनि एक घण्टा पनि नपुग्दै बजार ओरालो लागेको हो ।

    उच्च हकप्रद र बोनस लाभांश घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशत बढेको छ । चुक्ता पुँजी कम रहेको नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको पनि मूल्य बढेको छ । यद्यपी यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक पनि घटेको छ ।

  • नवनारी दशौ बर्षमा

    नवनारी दशौ बर्षमा

    नवनारीले गत शनिवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ । ईतिहासबिद सत्यमोहन जोशिको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रमा कृयशिल महिलाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकार, डाक्टर लागयत विभिन्न क्षेत्रमा उल्लेखनिय काम गर्ने महिलाहरु तथा व्यावसायी महिला लगायतलाई सम्मान गरिएको थियो । साथै सोही पत्रीकामा कार्यरत कर्मचारीको हौसला र कृयाशिलतामा उर्जा थप्न कर्मचारी अफ द इयर को रुपमा कार्यकारी सम्पादक लेखनाथ पोख्रेललाई एद्धार हजार १ सय ११ रुपैया र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।


    सोहि कार्यक्रममा नवनारिको प्रमुख सम्पादक जानुका ढकालले आगामी दिनमा नारी हक हितमा अझै यसरीनै अग्रसर भइ त्रियाशिल भई काम गर्ने बताइन् । कार्यक्रम बिच नवनारिका प्रबन्ध निर्देशक तथा संगितकार बिनोद पछाईले गीत गाएर दर्शकलाई मनोरन्जन दिएका थिए भने गायिका कुन्ती मुक्तानले पनि गीत गाएर दर्सकको ध्यान केन्द्रित गरेकी थिइन् । नवनारीले लामो समय देखि महिलाहरुका उत्थान र मनोवल वढाउने ढंगले उल्लेखनिय काम गर्दै आईरहेको छ ।

  • छिटपुट घटनाबाहेक मनोनयन दर्ता शान्तिपूर्ण

    छिटपुट घटनाबाहेक मनोनयन दर्ता शान्तिपूर्ण

    काठमाडौं । स्थानीय चुनावको दोस्रो चरण अन्तर्गत प्रदेश १, ५ र ७ मा उम्मेदवारहरुको मनोनयन दर्ता केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

    मनोनयनका लागि बिहान ८ देखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । दिउँसो ४ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका उम्मेदवारहरुको ढिलोसम्म पनि मनोनयन दर्ता भएको थियो ।

    निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै स्थानमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको बताउनुभयो । मनोनयन दर्ता गरेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले असार ६ गते चुनाव चिन्ह दिने कार्यतालिका छ ।

    दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहका लागि असार १४ गते मतदान हुँदैछ । त्यसमध्ये एउटा महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका छन् ।

    दोस्रो चरणबाट १५ हजार ३८ जनप्रतिनिधि चुनिनेछन् । प्रदेश २ मा भने तेस्रो चरणमा असोज २ मा स्थानीय चुनाव गर्ने कार्यतालिका छ ।

  • राजपाको प्रदेश नं ५ मा थप आन्दोलन चर्काउने तयारी

    राजपाको प्रदेश नं ५ मा थप आन्दोलन चर्काउने तयारी

    काठमाडौं । राजपाले प्रदेश नं ५ मा अझै आन्दोलन चर्काउने तयारी स्वरुप अघी बढेको छ। यहि असार १४ गते हुन गईरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा प्रभावित गर्ने गरी आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई मध्यनजर गर्दै आन्दोलन चर्काउने उदेश्यले राजपाका शीर्ष नेता प्रदेश ५ मा आन्दोलन चर्काउने रणनीतिसहित शनिबार नवलपरासीतर्फ लागेका हुन् । अध्यक्ष महन्थ ठाकुर, राजकिशोर यादव, राजेन्द्र महतो र अनिल झा नवलपरासी पुगेका छन् ।
    राजपाले ५ नम्बर प्रदेशअन्तर्गत आफ्नो पकड रहेका नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा आन्दोलन चर्काउने रणनीति वमोजिम अघि वढेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई बैठकमा प्रदेश नं. २ र ५ को निर्वाचन सार्ने कुरामा आश्वस्त गराए पनि २ को मात्रै चुनाव सारेको अध्यक्षमण्डलका नेता अनिलकुमार झाले बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीको बोलीमा आएको परिवर्तन र उनको एमालेप्रतिको लचकता देखिएको कारण पनि प्रदेश नं. ५ को निर्वाचन नसरेको झाले ताएका छन्।

    दुई नम्बर प्रदेशमा केन्द्रित भएको आन्दोलनलाई राजपाले पाँच नम्बर प्रदेशसम्म पुर्‍याएको छ । राजपाको शुक्रबार बसेको बैठकले दोस्रो चरण निर्वाचन सक्रिय बहिष्कार गर्ने निर्णय गरेको थियो ।

  • राजपा कोषाध्यक्ष यादव एमालेमा प्रवेश

    राजपा कोषाध्यक्ष यादव एमालेमा प्रवेश

    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् । आज पार्टी मुख्यालयमा आयोजना गरिएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले (राजपा) नेपालकी कोषाध्यक्ष यादवलाई पार्टी प्रवेश गराएका हुन् ।
    यादव दोस्रो संविधानसभा निर्वाचनमा धनुषा ५ वाट तमलोपाको उम्मेदवार थिइन् । एमाले प्रवेश गरेकी यादव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता कृष्णदेव यादवकी पत्नी हुन् ।

  • संबिधान कार्यान्वयन रोक्न चुनाव टार्ने काम गरियो :एमाले महासचिव पोख्रेल

    संबिधान कार्यान्वयन रोक्न चुनाव टार्ने काम गरियो :एमाले महासचिव पोख्रेल

    काठमाडौं । एमाले महासचिव इश्वर पोख्रेलले प्रदेश–२ को स्थानीय तहमा चुनाव हार्ने भएपछि सत्तारुढ नेपाली कांग्रेसले चुनाव टार्ने खोजेको वताएका छन् । कांग्रेसले प्रदेश २ मा हार्ने संकेत देखिएकै कारण राष्ट्रिय जनता दल (राजपा) ले कडा असहमति जनाउँदा पनि चुनाव सार्ने काम गरेको पोख्रेलले वताएका छन् ।
    प्रधानमन्त्री सकेसम्म चुनाव टार्ने, टार्न नसके सार्ने उदेश्यअनुसार चलेका छन्, त्यसैको श्रृंखलाका रुपमा प्रदेश–२ को चुनाव सारिएको हो, नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको दोलखाबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको सम्मान तथा बधाई कार्यक्रममा महासचिव पोख्रेलले भने, ‘प्रदेश २ मा आफ्नो अवस्था खस्कने हुनाले चुनाव टार्न नसके सार्नुपर्छ भन्ने कांग्रेसको निश्कर्षका आधारमा चुनाव सारिएको हो उनको भनाई थियो ।
    ‘प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आन्दोलनरत राजपालाई मनाउन र उस्को सहमतिमा चुनाव सारिएको हो भनिरहेका छन तर बास्तबिकता त्यस्तो होइन, राजपाले बैठकमै आपत्ति जनाइसकेको थियो, मान्दैनौं पनि भनिसकेको छ,’ पोख्रेलले भने । पोखरेलका अनुसार चुनाव सारेर कांग्रेस र माओवादी सरकारले प्रदेश २ लाइ एक्ल्याउने र मनोबैज्ञानिक रुपमा कमजोर बनाउने काम गरेको छ, उनले भने ।
    एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईले मुलुकलाई बिभाजन गरी बिदेशीको इसारामा चल्नैपर्ने बनाउन माओवादी र कांग्रेस लागिपरेको भन्दै सजक हुनुपर्ने बताए । ‘नेपालको लोकतन्त्रलाई सम्पुर्ण रुपले नष्ट गर्ने, नेपालमा लोकप्रिय बनेको र जनताको बिश्वास जितेको कम्युनिष्ट आन्दोलनलाई सम्पुर्ण रुपले समाप्त पार्ने उनीहरु त्यसैअनुसार चुनाव टार्ने, सार्ने र काममा लागि परेका छन,’ चौलागाईले भने ।
    पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाका जनप्रतिनिधिले बिकाशको नमुना देखाएर एमालेको नीति ब्यवहारमा उतार्नुपर्ने बताए । ‘एमालेको नीति ब्यवहारमा उतार्नु नै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको दायित्व हो, यसै काममा लाग्नुपर्छ,’ पूर्वमन्त्री पोखरेलले भने ।
    कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य रचना खडका, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, प्रदेश ३ सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, जिविस दोलखाका पूर्वसभापति लालकुमार केसी, सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीलगायतका नेताहरुले संमृद्ध स्थानीय तह निर्माण गर्ने एमालेको नीतिलाई जस्ताको तस्तै कार्यान्वयन गर्न सुझाव दिए ।
    कार्यक्रममा महासचिव पोखरेलसहितका एमाले नेताहरुले दोलखामा एमालेबाट निर्वाचित दुई नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित सवैलाई सम्मान गरेको थियो । दोलखाको भीमेश्वर, जीरी नगरपालिका, गौरीशंकर, कालिञ्चोक, मेलुङ, शैलुङ र तामाकोशी गाउँपालिकामा एमाले बिजयी बनेको थियो । बिगु र बैत्यश्वर गाउँपालिकामा भने कांग्रेस नेतृत्व स्थापित भएको छ ।