काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले राष्ट्रिय जनता दल (राजपा) लाई प्रयोग गरी प्रदेश २ को चुनाव सारिएको खुलासा गरेका छन् । प्रेस चौतारी नेपालले शुक्रवार आयोजना गरेको अन्तर सम्वादमा बोल्दै महासचिव पोखरेलले चुनावमा नराम्रोसँग पराजित हुने निश्चित भएपछि कांग्रेसले राजपालाई प्रयोग गरी प्रदेश २ को निर्वाचत मिति सारेको तथ्य राखेका हुन ।
‘कसैले भ्रम नपाल्नोस चुनाव सार्ने काम राष्ट्रिय जनता पार्टीले गरेको होइन, उस्लाई प्रयोग गरेर कांग्रेसले चुनाव सारेको हो, राजपा त प्रयोग मात्रै भयो । पोखरेलले तराई मधेसमा आफ्नो अवस्था निकै कमजोर बनेपछि सुधार गर्न र तराई मधेसका जनतालाई दोस्रो दर्जाका नागरिक हुन भन्ने देखाउनका लागि प्रदेश २ को चुनाव सारिएको हो ।
एमाले महासचिव पोखरेलले केही दिन अघि मात्र कांग्रेसले आफू निकटका मधेसका सांसद् र नेताहरुलाई बोलाएर चुनाव सार्ने डिजाइन बनाएको र सोहीअनुसार राजपालाई देखाएर चुनाव सारेको प्रष्ट पारे । राजपा कांग्रेसको डिजाइनमा नराम्रोसँग फस्यो, नेकपा माओवादी केन्द्र पनि कांग्रेसकै डिजाइनमा फस्न पुग्यो, चुनाव सार्ने योजनाकार कांग्रेस नै हो, पोखरेलले भने, ‘राजपालाई देखाएर कांग्रेसले चुनाव सारेको हो । त्यसमा माओवादीको हात छ कि छैन, त्यो बेग्लै कुरा भयो ।’ पोखरेलका अनुसार कांग्रेसले मधेसमा हार्ने निश्चित भएपछि आफ्नो प्रभाव बढाउन चुनाव सार्ने डिजाइन गरेको हो ।
एमाले अब जनताको बीचमा जान्छ
महासचिव पोखरेलले २ नम्बर प्रदेशमा चुनाव सारिएको विषयलाई जनताको बीचमा लैजाने र दोस्रो चरणको चुनावमा यसलाई सत्तापक्षको बेइमानीको रुपमा भण्डाफोर गर्ने बताए । ‘एमालेले तेस्रो चरणको निर्वाचनमा भाग लिन्छ कि लिदैँन भन्ने प्रश्न उठ्न सक्छ,’ पोखरेलले भने, ‘पटक–पटक निर्वाचन सार्ने काम सत्ता पक्षले किन गरिरहेको छ भनेर मधेशका जनताका बीचमा जान्छौं । उनीहरुलाई किन मतदानको अधिकारबाट बञ्चित गरियो भन्दै भण्डाफोर गर्छांै ।’ उनले असोजमा चुनाव सार्नु भनेको चुनाव नगराउने षड्यन्त्र भएको भन्दै मधेशका जनतालाई सत्तापक्ष विरुद्ध उतार्ने चेतावनी पनि दिए । चुनाव सार्दा दूरगामी असर पर्छ,’ उनले भने, ‘यसरी निर्वाचन सार्दा प्रदेश र केन्द्रीय निर्वाचनमा पनि असर पुग्छ ।
संसदको आयू थप्ने कुरा मञ्जुर छैन
महासचिव पोखरेलले निर्वाचन सार्दा एमालेसँग मात्र नभई निर्वाचन आयोगसँग समेत सल्लाह नगरेको भन्दै संसदको म्याद थप्ने षड्यन्त्रले त्यसो गरेको हुन सक्ने आशंका व्यक्त गरे । ‘जननिर्वाचित संस्थालाई भंग गर्ने इतिहास बनाएका ब्यक्तिहरु अहिले सत्ताको नेतृत्वमा छन् । त्यसैले उनीहरुले त्यो प्रयास नगर्लान भन्न सकिन्न,’ उनले भने, ‘एमाले त्यसमा सजग छ । कुनै पनि हालतमा त्यो प्रयास सफल हुन दिदैन ।’
दोस्रो चरणमा पनि एमाले पहिलो
उनले पहिलो चरणमा तीन प्रदेशमा भएको निर्वाचनमा एमाले पहिलो भएको भन्दै दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो नै हुने दाबी गरे । ‘एमालेले दोस्रो चरणको चुनावमा पहिलो चरणको भन्दा राम्रो परिणाम ल्याउँछ,’ उनले भने, ‘हामीले बिभिन्न रिपोर्ट र हाम्रो शक्तिको आधारमा भनेका छौं, दोस्रो चरणमा पहिलो चरणको भन्दा राम्रो परिणाम ल्याउँछौं, अवष्य बहुमत प्राप्त गर्छौं ।’
विराटनगरमा तालमेल हुन्छ
दोस्रो चरणमा हुने तीन प्रदेशमा रहेको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा तालमेल हुने संकेत गरेका छन् । ‘हामीले. अहिले त्यहाँ मेयर मात्र तोकेका छौँ,’ उनले भने, ‘त्यसले पनि थाहा हुन्छ । एमाले त्यहाँ तालमेल गर्न चाहन्छ ।’ उपेन्द्र यादवको संघीय फोरमसँग तालमेल हुन सक्ने सम्भावना कत्तिको छ भनी सोधेको प्रश्नमा उनले भने, ‘तालमेलको ढोका खुला राख्नकै लागि उपमेयर उम्मेदवार नउठाइएको हो । कुन पार्टीसँग तालमेल गर्ने भन्ने टुंगो लोगेको छैन । कसैसँग गर्यौँ भने तपाईंहरुलाई थाहा भैहाल्छ नि ?’
उनले एमाले देशभरी आफ्नै सामथ्र्यमा चुनाव लड्न सक्ने भएको भन्दै सत्ताधारीहरुले देशभर गठबन्धन गरिरहेका बेला विराटनगरमा तालमेलको सम्भवना हुनुलाई अनौठौ मान्नु नुहुने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले चुनाव सार्दै जाने शैलि आपत्तिजनक भएको भन्दै प्रदेश २ का जनतालाई मात्रै मतदानको अधिकारबाट बञ्चित गराउन खोज्ने सरकारको शैलीको भण्डाफोर जरुरी रहेको बताए । उनले मुलुकमा दुई राष्ट्रियता कायम रहेको देखाई संमृद्धिको यात्रा रोक्न यस्तो षडयन्त्र भएकोले तराई मधेसका जनतालाई सजक बनाउनुपर्ने सुझाव राखे । प्रेस चौतारीले दोस्रो चरणको निर्वाचनका क्रममा अन्तरसंवाद कार्यक्रम जारी राख्ने जानकारी दिएको छ ।
Category: बाँकी न्युज
-

राजपालाई प्रयोग गरी चुनाव सारियो : एमाले महासचिव ईश्वर पोखरेल
-

कुलबहादुर पत्नीको प्रश्न: न्यायाधीश वा पुहँचवाला ब्यक्तिको छोरा मारिएको भए यस्तै आदेश आउथ्यो हजुर ?
काठमाडौं । मेरो श्रीमान जस्तै न्यायाधीश वा पहुँचवाला ब्यक्तिका छोरा वा पती मारिएको भएको भए यस्तै आदेश आउथ्यो त हजुर ? अपराधीहरु यसरी नै खुलेआम उल्टै धम्की दिएर हिडने थिए त हजुर ? यस्तो आदेशले हामी परिवारका सदस्यमाथि कस्तो बज्रपात भयो होला ? हजुरहरुले कल्पना पनि गर्न सक्नु हुन्न,’ अत्यन्तै पीडादायी यी भनाई गौरीशंकर गाउपालिका–१ जुँगु निवासी साङमाया तामाङको हो । उनी स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते राती नेकपा माओवादी केन्द्रका कार्यकर्ताले चारैतिरबाट घेरा हाली हत्या गरिएका कुलबहादुर तामाङकी बिधवा हुन ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मृतक कुलबहादुरकी पत्नी साङमायाले भनिन, ‘के हामीले न्याय नपाउने नै हो त ? हामीलाई तपाईहरुले न्याय दिलाउनु पर्यो भन्न आएका हौं ।’ कुलबहादुर पत्नी साङमाया आफ्ना नाबालक छोरा छोरीसहित न्यायको खोजीमा सिंगो परिवारका साथ काठमाडौं आइपुगेकी छन । उनको साथमा कुलबहादुरका पिता गोरे तामाङ, छोरी संगिता तामाङ, छोरा अशोक तामाङ, भाईहरु कर्णबहादुर तामाङ र जीवन तामाङ काठमाडौं आएका छन । उनीहरुले परिवारको तर्फबाट न्यायका लागि अपिलसमेत गरेका छन ।
पीडित परिवारले न्यायको सवै ढोका ढकढक्याउने जनाई कतैबाट न्याय नपाएमा सामुहिक आत्मदाह गर्ने जनाउ समेत दिएको छ । ‘सरकार, अदालत सवैतिरबाट यसैगरी अन्याय हुन्छ र अपराधीहरुलाई नै साथ दिइन्छ भने हाम्रो सिंगै परिवार काठमाडौंको सडकमै आत्मदाह गर्न बाध्य हुने जानकारी तपाईहरु मार्फत जानकारी गराउन चाहन्छौं । न्याय दिने कि हाम्रो परिवारलाई आत्मदाह गर्न बाध्य बनाउने ? एउटा निमुखा र निर्दाेष हामी तामाङ परिवारलाई साथ दिने कि प्रभाव, पहुँच र दवावको आधारमा न्याय मार्ने भन्ने बिषयमा तपाईहरु सवैले गम्भीरतापुर्वक सोचि दिन पनि निवेदन गर्दछौं,’ पत्रकार सम्मेलनमा मृतकका पिता गोरे तामाङ र पत्नी साङमायाले भने ।
पीडितले दिएको जानकारी अनुसार वैशाख २६ गते राती जुँगुको निलकण्ठेश्वर उच्च माबिको चउरमा उहाँँलाई भाला रोपेर हत्या गरिएको थियो । उनीहरुले कुलबहादुरको हत्याबाट मर्माहत बनी न्यायका लागि कुरेर बसेको बेला जिल्ला अदालत दोलखाको आदेशबाट निकै मर्माहत बनेका दुखेसो गरे । ‘त्यो आदेशले मारिएका हाम्रा सदस्य कुलबहादुरको मात्रै होइन, सिंगै न्यायकै हत्या भएको अनुभुति पनि गरिरहेका छौं,’ मृतकका पिता गोरे तामाङले भने ।
बैशाख २६ गते राती माओवादी नेतृ देवी खड्काको नेतृत्वमा स्थानीय बसन्त कार्कीको घरमा बैठक वसी योजनाबद्ध रुपमा खाजा खाईरहेको स्थानमा आक्रमण गरी हत्या गरेको पक्राउ परेका अभियुक्तबाट स्वीकार गरिए पनि अदालतले गलत आदेश गरेको उनीहरुको बुझाई छ । जुँगु हत्याकाण्डमा संलग्नमध्ये एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ्ग, गोपाल तामाङ्ग, निलम जिरेल, प्रेम वहादुर तामाङ्ग लगायतका ९ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा हत्यामा उनीहरुले घटनामा संलग्नता स्वीकार गरेको पीडितको अपिलमा उल्लेख छ । ‘तर जिल्ला अदालत दोलखाका माननीय न्यायाधीश लालकाजी श्रेष्ठज्यूको ईजलासले कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले हामी अत्यन्तै मर्माहत बनेका छौं । त्यो आदेशपछि हामी मरेतुल्य बनेका छौं । साह्रै विचलित पनि भएका छौं,’ पीडित परिवारको भनाई छ ।
अभियुक्तलाई साधारण तारेखमा छाडने सम्मानित अदालतको आदेश देख्दा न्यायकै हत्या भएको र न्यायको लागि आफूहरु जस्ता पीडितहरुले सम्मानित अदालतको भरोशामा रहने दिन सकिएको हो कि भन्ने महसुस गरेका अनुभुति पनि उनीहरुले सुनाए । ‘गाउँमा बस्ने सोझा सिधा तामाङहरुले जे गर्दा पनि चुपचाप अन्याय सहेर बस्छन भन्ने अनुभुति सम्मानित अदालतको आदेशमा झल्किएको महसुस हामीले गरेका छौं । यस्तो आदेशले अपराध नियन्त्रण नभई अपराधीलाई नै सहयोग गर्ने र हामी जस्ता न्यायका पुजारी पीडामाथि पीडा थप्दै बस्नु पर्ने डरलाग्दो अवस्था सिर्जना गर्ने बुझाई पनि तपाईहरु मार्फत राख्न चाहन्छौं,’ पीडितले भने । उनीहरुले न्यायालयप्रति उच्च सम्मान रहेको भन्दै सो आदेश सच्याउन पनि माग गरे ।
‘नेपाली नागरिकका हैसियतले कानुनको पालना गर्नु हाम्रो कर्तव्य र दायित्व हो । तर हामी जस्ता असहायले मात्रै न्यायका लागि लडनु पर्ने र कानूनको पालना गर्नुपर्ने हो ? कि सवैले कानूनको पालना गर्नुपर्छ ? के न्यायाधीशको परिवारमा यस्तो जघन्य हत्या भएको भए यस्तै आदेश आउथ्यो ? यस्तो आदेशले हामी परिवारका सदस्यमाथि कस्तो बज्रपात भयो होला ? कल्पना पनि गर्न सक्नु हुन्न । हामी न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुन्छ भन्नेमा विश्वस्थ थियौं र छौं । तर उक्त मुद्दामा माननीय न्यायाधीशज्यूले मुद्दा हेर्दै नहेरी आफूखुसी पीडितलाई नै पीडा दिँदै पीडकको पक्षमा आदेश दिने काम भएको छ । ज्यान मुद्दाको सम्वेदनशिलता नै नबुझी सवै अभियुक्तलाई साधरण तारेखमा छाडन आदेश दिइएको छ । यस्तो आदेशले हामी जस्ता असहाय पीडित परिवार हर क्षण, हरपल मरिरहेको छौं,’ पीडितले भनेका छन ।
अभियुक्त छुट्ने गरी भएको आदेशबाट आफू निकै मर्माहत भएको र सोही कारण न्याय माग्दै काठमाडौं आएको जानकारी पनि उनीहरुले दिए । ‘यो आदेशले हत्या भएका कुलबहादुर तामाङको मात्रै अपमान भएको छैन, न्यायको पक्षधर र न्यायालयकै अपमान भएको छ भन्ने अनुभुति गरी सच्याउनका लागि दवाव दिँदै तपाई पत्रकार ज्यूहरुको शरणमा परेका छौं । अन्यायमा परेका पीडितलाई तपाई पत्रकारहरुले सधै न्याय दिँदै आउनु भएको छ, न्यायको लडाईमा साथ दिनुभएको छ । जुँगुमा भएको त्यो हत्याकाण्डमा पनि तपाईहरुबाट न्याय पाउने अपेक्षा हामीले गरेका छौं । यही कारण तपाईहरु माझ आइपुगेका हौं,’ अपिलमा भनिएको छ ।
पीडित परिवारले जिल्ला अदालतको आदेशबिरुद्ध सवै प्रकारको कानूनी उपचार खोज्ने भन्दै न्यायपरिषदमा उजुरी गर्नेसम्मको संकेत पनि गरेको छ । ‘हामी न्यायका लागि अन्तिमसम्म लडिरहन्छौं । जिल्ला अदालतको त्यो आदेश विरुद्ध हामी न्यायका सम्भाव्य ढोकाहरु ढक्ढक्याउने सवै कानुनी बाटो अबलम्बन गर्न बाध्य भएका छौ । यो अपिल सार्वजनिक गर्नुको उदेश्य पनि सम्मानित अदालतको गरिमा र विश्वासलाई टुटाउने र अपहेलाना गर्ने उदेश्य होईन,’ अपिलमा भनेका छन, ‘सम्मानित अदालतले न्याय निरुपणको शिलशिलामा स्वतन्त्र भई निश्पक्ष न्याय सम्पादन गरोस । पारदर्शिता अपनाओस, दोषीलाई कार्वाही होस, पीडितले न्याय पाओस, व्यक्तिको पहुँच, प्रभाव र दवाबका आधारमा न्याय नबेचियोस भन्ने हाम्रो अपिल हो । अभियुक्तहरुले घटनामा संलग्नता स्विकार गर्दा गर्दै पनि अनुचित प्रभावमा परेर वा सोझा सिधा तामाङ परिवारले केही गर्न सक्दैन, बोल्दैन भनेर आएको अदालतको आदेशले हामी साह्रै अन्यायमा परेको हुँदा न्यायको खोजीमा यो सार्वजनिक अपिल गरेका छौं ।’ पीडित परिवारले न्याय नपाई घर नफर्कने भन्दै न्याय प्राप्तीको लडाईमा साथ दिन सञ्चार क्षेत्र, राजनीतिक दल, नागरिक समाज, मानवअधिकार वादी संघ संस्था लगायत सवैलाई आग्रह गरेका छन । -

राष्ट्रपति भण्डारी आज स्विटजरल्याण्ड जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विटजरल्याण्ड जादै हुनुहुन्छ । राष्ट्रपति भण्डारी जेनेभामा आयोजना हुन गईरहेको १०६ औं श्रम सम्मेलनमा सहभागी हुन जाने हुनुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रपति भण्डारीले असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कने तालिका रहेको छ ।
-

गोर्खाको मण्डली माद्यामिक विद्यालयको पर्खाल भत्किदा एक घाइते, एकको मृत्यु
गोरखा । गोरखाको सिरानचोक ५ छोप्राकमा एक विद्यालयको पर्खाल भत्किदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । छोप्राकस्थित मण्डली माद्यामिक विद्यालयको पर्खाल शनिवार विहान भत्किदा सो घटना भएको हो ।
सो बिद्यालयको वरीपरीको पर्खाल लगाउँदै गर्दा भत्किएर नवलपरासी गैडाकोटका २८ बर्षीय गोविन्द सुवेदीको मृत्यु भएको हो भने नवलपरासी गैडाकोटकै १८ बर्षीय सुवास गन्धर्व घाइते भएका छन् । -

दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरका चालकसहित सवै सकुशल
रसुवा । तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएको हेलिकप्टर शनिवार रसुवामा दुर्घटनामा परेको छ । गोसाइँकुण्ड स्नानका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा सामान्य क्षति भएको छ ।
मनाङ एयरको नाइन एन ए एल डी कलसाइनको हेलिकप्टर गोसाइकुण्डमा अवतरणको क्रममा पछाडिको पुच्छर हेलिप्याडमा ठोक्किएर दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार चालकसहित सवै यात्रु सकुशल रहेका छन् ।
दुर्घटनामा परेको हेलिकप्टर गोसाइकुण्डको हेलिप्याडमामनै रहेको छ । गोसाइकुण्डमा हुस्सु लागेको र चिसो रहेको कारण पनि दुर्घटनापछि हेलिकप्टरमा आगजनी हुन नपाएको प्रहरीले जनाएको छ । काठमाडौबाट गोसाइँकुण्डमा स्नान गर्न गएका हेलिकप्टरमा चालक चालक प्रकाश सेढाइ सहित हेलिकप्टरमा सवार सवै ७ जना नै दुर्घटनाबाट जोगिएका छन् । -

अटिजम वालवालिकाको सेवार्थ तल्लिन संस्था एस एस डि आर लाई आरल्याण्डबाट सहयोग
अटिजम बालबालिकाहरुको सेवार्थ बिगत सात बर्षदेखी अनवरत रुपमा कृयाशिल सामाजिक संस्था बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र एस एस डि आर सी काठमान्डौलाई आरल्याण्डबासी नेपालीहरुबाट सहयोग प्राप्त भएको छ् । उक्त सहयोग द एभरेष्ट नेपाल (आरल्याण्डबाट देव राज कोइराला र अशोक भण्डारीको संयोजनमा नेपालीहरुबिच जम्मा गरेको १ लाख ३७ हजार रुपैया र नवराज कोइरालाको संयोजनमा एन आर एन आरल्याण्ड र काठमाण्डौ किचेनले च्यारीटी डिनर गरेर ४६ हजार रुपैया सहयोग गरेको हो ।

उक्त सहयोग रकम गायिका जुना पर्साइ, पुष्प राज कोइराला, गोविन्दनाथ खनाल लगायतले संयुक्त रुपमा संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता सबिता उप्रेतीलाई हस्तान्तरण गर्नुभएको हो । उप्रेतीले बिदेशको ठाउमा दिनरात नभनी पशिना बगाएर कमाएको कमाइबाट गास काटेर अटिजम बालबालिकाहरुको लागि सहयोग गरेकोमा द एभरेष्ट नेपाल ( आरल्याण्ड, एन आर एन आरल्याण्ड र काठमाण्डौ किचेन तथा आरल्याण्डबासी नेपालीहरुप्रती आभारसहित धन्यवाद ब्यक्त्त गर्नुभयो ।
एस एस डि आर ले लामो समय देखि अटिजम भएका वालवालिकाहरुलाई अध्ययन अध्यापनका साथै उनिहरुलाई सवल र सक्षम वनाउनका निमित्त विभिन्न संघ संस्थाको सहयोगमा त्यस्ता वालवालिकाहरुलाई पढाउने एवं उनिहरुको आवश्यकता वमोजिमको उपचार गर्दै आएको छ । संस्थामा हाल ४५ जना बालबालिकाहरुले सेवा प्राप्त गरिरहेका छन ।