Category: बाँकी न्युज

  • राष्ट्रिय गौरवका आयोजना निर्माणको कुल गार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम पूर्वाधारतर्फ बजेट विनियोजन गराउन उद्योग परिसंघको माग

    राष्ट्रिय गौरवका आयोजना निर्माणको कुल गार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम पूर्वाधारतर्फ बजेट विनियोजन गराउन उद्योग परिसंघको माग

    काठमाडौं । नेपाल उद्योग परिसंघले कुल गार्हस्थ उत्पादनको न्यूनतम १० प्रतिशत पूर्वाधारका लागि बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको प्रतिनिधिमण्डलले अर्थव्यवस्थाका वर्तमान चुनौतिहरुको विश्लेषण गर्दै त्यसको समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो । परिसंघका प्रतिनिधि मण्डलले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सो वारे सरकारको ध्यानाकषंण गराएको हो ।
    सरकारद्धारा शुरु गरिएका राष्ट्रिय गौरवका आयोजनाहरु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, हेटौडा–निजगढ द्रूतमार्ग, माथिल्लो तामाकोशी जलबिद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई तीव्रता दिनुका साथै पूर्वाधार निर्माणको कुल गार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम विनियोजन गर्नुपर्ने आवश्यकता रहेको परिसंघको अध्यक्ष शर्माले वताएका छन् ।

    प्रतिनिधि मण्डलको धारणापछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा गतिशीलता रहेकाले सरकार निजी क्षेत्रलाई समेट्दै दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने दिशामा प्रयासरत रहेको जानकारी दिए ।

  • प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस हुन सकेन

    प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस हुन सकेन

    काठमाडौं । कामु प्रधानन्याायाधीश गोपाल पराजुलीको नाममा विपक्षी दलले असमहमति जनाएपछि प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन । संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशमा सिफारिस गर्न गोपाल पराजुलीको नाम प्रस्ताव गर्ने निर्णय गरेका थिए । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले असमहमति जनाएपछि संवैधानिक परिषद्को आजको बैठक विना निष्कर्श टुंगिएको छ । त्यसोत एमालेले कायममुकायम प्रधानन्यायाधीश पराजुलीको नाममा असहमति जनाउँदै आएको छ । बैठकमा एमाले अध्यक्ष ओलीले पराजुलीको बिषयमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै सिफारिस गर्न अस्वीकार गरेका थिए ।

    निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीशका लागि बरिष्ठताका आधारमा पराजुली सहित ६ जना न्यायाधीशको नाम प्रधानन्यायाधीशको लागि संवैधानिक परिषद्मा पठाउनुभएको थियो ।

  • निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने 

    निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने 

    काठमाडौँ । असार १४ गते  हुन गईरहेको १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने ३ प्रदेशका स्थानीय तहमा हिजो मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । मनोनयन दर्ता गरेका उम्मेदवारको दावी बिरोध हेरी आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यातालिका अनुसार भोली उम्मेदवारी फिर्ताको समय पनि दिएको छ । उम्मेदवारको नाम सार्वजनिक गरेसंगै भोली नै उम्मेदवारीको नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यातालिका छ ।

  • सबिता उप्रेती संकल्प गोर्खा द्धारा सम्मानित

    सबिता उप्रेती संकल्प गोर्खा द्धारा सम्मानित

    अटिजम भएका बालबालिकाहरुको लागि काम गदै आउनु भएको बिशेष स्कुल तथा पुनस्थापना केन्द्र कि अध्यक्ष तथा
    समाजिक अभियान्ता सबिता उप्रेतीलाई संकल्प गोर्खाले नगद रु दश हजार सहित सम्मान गरेको छ । नेपालमा रहेका अटिजम जस्तो चुनौती पुर्ण अवस्थाको बालबालिकाहरुको सेवामा निस्वार्थ भावनाको साथ समर्पित भई उनिहरुको जिवन रुपान्तरणमा अतुलनिय योगदान पुर्याउन सकृय रुपमा कृयाशिल भई सफल र नेतृत्वदायी भूमिका प्रदान गर्दै समाज सेवामा एक उदाहरणिय कार्य गर्न सफल हुनु भएको भनी संकल्प गोर्खाले सम्मान गरेको हो ।


    उक्त सम्मान संस्थाको अध्यक्ष बुद्धी बहादुर खत्री , सल्लाहाकार भिम कुमार श्रेष्ठ र बोर्ड सदस्यहरु शकुन्तला रसाईलि, हरि चन्द्र भट्ट लगायतको टिम बिशेष स्कुल तथा पुनस्थापना केन्द्र ९क्क्म्च्ऋ० पुगी नगद रु दश हजार सहित सबिता लाई दोसल्ला,खादा र सम्मान पत्र द्वारा सम्मान गरेको हो ।

  • सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको भव्य स्वागत

    सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको भव्य स्वागत

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुबाटार सर्नुभएको छ । प्रधानमन्त्री भएपश्चात पनि हाल आफ्नै निवासमा बस्दै आउनुभएका प्रधानमन्त्री देउवा आज विहान सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले निजी निवासबाट सरकारी निवासमा वसाइ सर्दा राम्रो साइत आज असार ५ गते उपयुक्त हुने वताईदिएपछि प्रधानमन्त्री देउवा आज दिउसो वालुवाटारस्थित सरकारी निवास सर्ने मिति तय गरिएको थियो । यता सरकारी निवास वालुवाटारको बैठककक्ष देखि लिएर सवै ठाउको सामान्य हिसावले मात्रै पुनःनिर्माण र रङरोगन गरिएको छ । यस अगाडीका प्रधानमन्त्री सरकारी निवास सर्दा हरेक सरसामान नयाँ खरिद गर्ने चलन थियो । तर प्रधानमन्त्री देउवा वालुवाटार सर्दा भने पहिलेकै सामानबाट काम चलाईको वुझिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानार्थ नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो । आज बिहान वालुवाटारमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए ।

  • भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्प्यिन्स ट्रफीको उपाधि

    भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्प्यिन्स ट्रफीको उपाधि

    काठमाडौं । भारतलाई १ सय ८० रनको भारी अन्तरले हराउँदै पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराएको हो । भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिएका थिए । आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको भने यो पहिलो पटक हो । 

    पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । खेको सुरुवाती माज्र तीनै विकेट हसन अलीले लिएका थिए । शिखर धवन पनि २१ रनमै आउट भए भने अली रन आउट भएपछि जमानले बाबर आजमसँग मिलेर पाकिस्तानको इनिङ सम्हालेका थिए । भारतलाई ३०।३ ओभरमा अलआउट गर्दै मोहम्मद अमिर र हसन अलीले ३-३ विकेट लिएका थिए । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिएका थिए । यद्यपी, भारतका शिखर धवन सर्वाधिक रनकर्ता बने। उनले ५ खेलमा ६७ दशमलव ६० को औसतले ३ सय ३८ रन बनाएका छन्