Category: बाँकी न्युज

  • आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउन थप पहल गर्दै 

    आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउन थप पहल गर्दै 

    काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावका लागि मनोनयन दर्तासँगै प्रचारप्रसार तीव्र रुपमा भइरहेको छ । यता उम्मेद्वाहरुले मतदनताको घर घरमा पुगेर मत मागिरहेका छन् । यहि असार १४ गते १, ५ र ७ नम्बर प्रदेशका तीन सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ । दलहरुले स्थानीय कार्यकर्तामार्फत आफ्ना मतदातालाई भोट हाल्न सिकाइरहेका छन् भने निर्वाचन आयोगले पनि ठूलो लगानीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, निर्वाचन आयोगले दोस्रो चरणमा खटिएका मतदाता शिक्षा कार्यकता माथि कडाइ गरेको छ । एउटा मतदान केन्द्रमा एक जनाका दरले खटिएका कार्यकर्तालाई आयोगले प्रत्येक मतदाताको घर घरमा पुग्न निर्देशन पनि दिएको छ । निर्वाचन आयोगले असार १४ गते हुने मतदानका लागि असार ११, १२ र १३ गते प्रत्येक मतदान केन्द्रमै मतदाना शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । पहिलो चरणमा नमुना मतपत्रमा भोट हाल्ने तरिका सिकाए पनि यसपटक सक्कली मतपत्र नै देखाइने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान केन्द्रमा आएर शिक्षा लिएका मतदाताको एकीन विवरण राख्न पनि आयोगको निर्देशन छ ।

    त्यस्तै, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन स्थानीय १६ किसिमका भाषामा निर्वाचन सम्बन्धी सामाग्री अधिकतम रुपमा वितरण भइरहेको जनाएको छ । भोजपुरी, मैथली, थारु, तामाङ, नेवारी, डोटेली, मगर, अवधी, लिम्बु जस्ता भाषामा छापिएका मतदाता शिक्षासँग सम्बन्धित सामाग्री मतदाताको घर घरमा पुर्‍याइरहेको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक सञ्चारका माध्यमबाट पनि प्रचारप्रसारका सामाग्री प्रसारण गरि जनचेतना दिईरहेको छ । संगसंगै, मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगले नमुना मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

  • राजापाका नेताहरु यादवसंग रुष्ट

    राजापाका नेताहरु यादवसंग रुष्ट

    काठमाडौं (स्थानिय तहको चुनावमा सक्रिय रुपमा लागेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र यहि चुनाव विथोल्ने प्रयासमा लागिरहेको र खुलेरै आन्दोलनमा उत्रिका राजपाका अध्यक्ष महन्थ ठाकुरबीच झनै विवाद बढ्न थालेको छ ।

    राजपाका नेताहरुले अहिले अन्य नेताहरुलाई भन्दा फोरम नेपालका अध्यक्ष यादवलाई नै बढी आरोप लगाउने गरेका छन् । यता यादवले भने राजपाका केन्द्रीय तथा स्थानीय कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन भने छाडेका छैनन । यसैले पनि राजापाका नेताहरु यादवसंग रिसाएको हुन् ।

  • पश्चिमी वायुका कारण रोकियो मनसुन

    पश्चिमी वायुका कारण रोकियो मनसुन

    पश्चिमी वायुले बंगालको खाडीबाट आएको मनसुनी वायुलाई रोकेपछि वर्षयाम शुरु भईसक्दा पनि देशभर वर्षा सुरु भएको छैन । कमजोर मनसुनी वायु देशको पश्चिम भागमा फैलिन नपाएको र पश्चिमी वायुको प्रभाव कायमै रहेकाले असारको पहिलो हप्ता वितिसक्दा पनि वर्षा सुरु नभएको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।

    तर, पश्चिमी क्षेत्रमा पनि पश्चिमी वायु र स्थानीय प्रणालीका कारण पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    जुन पहिलो साता काठमाडौंको तापक्रम ३२ डिग्री पुगेको थियो । सन् १९८९ अप्रिलमा काठमाडौं उपत्यकाको तापक्रम ३६.६ डिग्री पुगेको थियो।

  • भारतको स्वतन्त्रता दिवसमा देउवा दिल्ली जान सक्ने

    भारतको स्वतन्त्रता दिवसमा देउवा दिल्ली जान सक्ने

    प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच खासै तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाब भारतलाई दिएको स्रोतले जनाएको छ ।

    भारतको विदेशी सरकार प्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा निमन्त्रण प्रचलन छ । यसअघि भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर निमन्त्रण गरेको थियो । नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणबारे भारतीय पक्षसँग कुराकानी भइरहेको तर टनिर्णय भने भइनसकेको बताए । गतबर्ष भदौ अन्तिमदेखि असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भएको थियो । गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राजकीय भारत भ्रमण भएको थियो । आगामी माघसम्म प्रान्तीय र संघीय निर्वाचन सम्पन्न गरेपछि देउवाको कार्यकाल सम्पन्न हुनेछ । देउवा दोस्रो चरणको निर्वाचनलगत्तै भारत जाने उनको निकटस्थहरुको भनाई छ ।

  • दार्जिलिङमा टेलिभिजन च्यानलसंगै इन्टरनेट पनि बन्द हुने

    दार्जिलिङमा टेलिभिजन च्यानलसंगै इन्टरनेट पनि बन्द हुने

    बंगाल सरकारले इन्टरनेट पहुच भएकै कारण हिंसा भड्कने सक्ने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। पश्चिम बंगालको दार्जिलिङ र आसपासमा लामो समयदेखि भइरहेको बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक संस्थालाई इन्टरनेट सेवा बन्द गर्न पत्र काटेको छ। इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता मारमा परेको भन्दै गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले बंगाल सरकारको सो कदमलाई राज्य आतंक को संज्ञा दिएका छन् ।


    बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्र पठाएर सेवा बन्द गर्न लगाएको हो। शनिबार प्रदर्शनकारी र बंगाल प्रहरीबीच भएको भिडन्तमा ३ जनाको मृत्यु भएको थियो । बंगाल सरकारले दार्ज्लििङ र आसपासका क्षेत्रमा आइतबारदेखि ३ जना भन्दा बढी भेला हुन नपाईने आदेश दिएको छ। मृतकको नाममा शहरका विभिन्न स्थानमा विद्यार्थी मोर्चाले जुलुस निकालेको थियो। आन्दोलन घट्नुको साटो झनै चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल पनि बन्द गराएको छ। आन्दोलन सुरु भएपछि मोर्चाका अध्यक्ष विमल गुरुङसहितका नेता भूमिगत भएका छन् ।
    बंगाल सरकारले कक्षा १ देखि ८ सम्म नेपाली भाषाको साटो बंगाली भाषा अनिवार्य रुपमा पढ्नुपर्ने व्यवस्था गर्ने प्रयास गरेपछि आन्दोलन चर्किएको हो।

  • असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन निर्वाचन आयोगको सरकारलाई आग्रह

    असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन निर्वाचन आयोगको सरकारलाई आग्रह

    काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह दोस्रो चरणको चुनाव हुने ३ वटा प्रदेशमा ४ दिन शैक्षिक संस्था विदा दिनका लागि सरकारलाई आग्रह गरेको छ । चुनावका क्रममा प्रायःजसो विद्यालय तथा क्याम्पसलाई मतदान केन्द्र बनाइने भएकोले पनि १० देखि १४ गतेसम्म विद्यालय, क्याम्पसका शैक्षिक संस्था विदा दिईने व्यवस्था मिलाइदिन आयोगले सरकारसंग आग्रह गरेको हो ।

    साथै, आयोगको सोमबार बसेको बैठकले असाढ १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गर्ने भएको छ ।यद्यपी विदा दिईने वा नदिईने सन्दर्भमा सरकारको तर्फवाट आयोगको आग्रह वमोजिम निर्णय भने आएको छैन ।