Category: बाँकी न्युज

  • राष्ट्रपतिद्धारा बहुमतीय सरकारका लागि आह्वान, देउवालाई बाटो खुल्यो

    राष्ट्रपतिद्धारा बहुमतीय सरकारका लागि आह्वान, देउवालाई बाटो खुल्यो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रणालीवाट सरकार गठन गर्न आह्वान गरेकी छन् । यसअघि सहमतीय प्रणालीवाट सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समआवधि गएराती सकिएसंगै राष्ट्रपतिले सो आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा ३ वमोजिम व्यवस्थापिका संसदको हाल कायम रहेका सवै सदस्यहरुको वहुमतको आधारमा सरकार गठनका लागि आह्वान गरेकी हुन् । अव वहुमतीय प्रक्रिया सुरु भएसंगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्वन्धी कार्यतालिका सार्वजनिक गरेसंगै प्रधानमन्त्रीका दावेदार कांग्रस सभापति शेरवहादुर देउवाको प्रधानमन्त्री हुने वाटो खुलेको छ ।

  • अनुमति प्राप्त गाडी मात्र संचालनमा

    अनुमति प्राप्त गाडी मात्र संचालनमा

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान अवधिभर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी संचालनमा कडाइ गरिएको छ । सो अवधिमा निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधनलाइ पाउ उपलब्ध गराइएको छ ।

  • राज्यमन्त्री चौधरीको सपथ

    राज्यमन्त्री चौधरीको सपथ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एक कार्यक्रमबीच चौधरीले शपथ ग्रहण गर्नुभएको हो । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन जना गत मंगलवार सरकारमा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै सोही पार्टीका चौधरीलाई राज्यमन्त्री बनाउनुभएको हो । लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदार उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री, जितेन्द्र देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधार मन्त्री बन्नुभएको थियो ।

  • दोलखाका २ मतदाताको सिन्धुपाल्चोकमा मृत्यु

    दोलखाका २ मतदाताको सिन्धुपाल्चोकमा मृत्यु

    सिन्धुपाल्चोक । मतदाता बोकेर दोलखा जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा परि करीव डेढ दर्जन घाइते भएका छन् ।

  • स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको पक्षमा मत माग्दै कांग्रेस समर्थक ।

    स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको पक्षमा मत माग्दै कांग्रेस समर्थक ।

  • फोरमका राज्यमन्त्रीको टुंगो

    फोरमका राज्यमन्त्रीको टुंगो

    काठमाडौं । भर्खरै सरकारमा सहभागी नेपाल लोकतान्त्रिक फोरमले तीन राज्यमन्त्रीलाइ सरकारमा सहभागी गराएको छ । संसदीय दलको बैठकले सँस्कृति तथा पर्यटन राज्यमन्त्रीमा सुमित्रा थरुनी, भूमि सुधार तथा व्यवस्था राज्यमन्त्रीमा यशोधा लामा र स्थानीय विकास राज्यमन्त्रीमा जनक चौधरीलाई चयन गरेको हो । उनीहरुले मंगलवार नै सपथ लिएका छन । यशोदा लामा केही दिन पहिले मात्र गच्छदारसँग एकीकरण गरेकी थिइन । उनी विश्वेन्द्र पासवानको पार्टी फुटाएर छुट्टै पार्टी बनाएकी थिइन् । लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारको नेतृत्वमा तीनजना मन्त्रीसहित सरकारमा सहभागि भएको छ ।