काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबिच शनिबारको वार्ता पनि ठोस निष्कर्षमा पुग्न सकेन ।
विगतका सम्झौता अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई थप स्वायतत्ता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आईओएममा फिर्ता गर्नुपर्ने लगायतका माग डाक्टर केसीको छ । डा. केसीले आफ्ना माग पूरा गर्न भन्दै ११ औँ पटक अनसन बसेका छन् । उनको सो अनसन छैटौँ दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
Category: Uncategorized
-

डा. केसीसँग सहमति भएन, उनको स्वास्थ्य झन कमजोर बन्दै
-

बुधवार मन्त्रिमण्डल विस्तारको तयारी : नयाँ अनुहारको बाहुल्यता
काठमाडौं । मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुँदै छ । नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचिचत हुनुभएका देउवाले यसअघि जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसलाई मन्त्री छान्न समय लागेपछि मन्त्रिपरिषद् विस्तारमा समय लागेको स्रोतले बताएको छ । हाल हुने मन्त्रीमण्डलमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ ।
बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा संयुक्त लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।मन्त्रीको नाम सिफारिस हुनेहरुमा :
पौडेल समूह
रामकृष्ण यादव
राजन केसी
सञ्जय गौतम
यज्ञबहादुर थापादेउवा समूह
मीन विश्वकर्मा
अर्जुन जोशी
वीरबहादुर बलायर
अम्बिका बस्नेतखड्का समूह
मोहनबहादुर बस्नेत
सिटौला समूह
भीमसेनदास प्रधानमाओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ । महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये एक, लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहितको नाम चर्चामा छ ।
प्रधानमन्त्री देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एकजना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।
फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यसैगरी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फरमुल्लाह मंसुरले श्रम तथा रोजगार, माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
-

एमाले नेता नेम्वाङ अस्वस्थ : सोमवारदेखि अस्पताल भर्ना
काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङ अस्पतालमा भर्ना भएका छन् । नेम्वाङलाई ‘मधुमेह एक्कासी बढेको हुनाले सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । हाल नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पताल स्रोतले बताएको छ ।
-

सरकारले डा. केसीका माग पूरा गर्न आश्वासन दिएको समयसिमा सकियो, सोमवारदेखि ११ औं पटकको अनसनमा
काठमाडौं । इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा. गोविन्द केसी ११ औं पटक अनसन बसेका छन् । सरकारले आफूसँग गरेको सम्झौता अनुसार काम नगरेको भन्दै उनी सोमवार देखि पुनः अनसन बसेका हुन् । आफूसंग सरकारले गरेका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीले पुनः आफू अनसन वसेको बताएका छन् । सम्झौता कार्यान्वयनका लागि ३१ असारको अल्टिमेटम दिए पनि सरकारले माग पूरा नगरेको उनको गुनासो छ ।
उनका अनुसार मेडिकल माफियाहरुले मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा अनियमितता गरेर लुट मच्चाइरहेको उनको धारणा छ । यस्तो मिचाहा प्रवृत्तिले तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भइरहेको भन्दै डा. केसीले सरकारको पटक पटक ध्यानकर्षण गराउदै आएका छन् ।
डा.केसीका मागहरु यस्तो छ :
-माथेमा प्रतिवेदनअनुरूप चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने
-डीनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने
– मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने
-विद्यार्थी भर्ना, शुल्क र सम्बन्धन अधिकार आईओएमलाई
-सरकार र अदालतको आदेश नटेर्ने मेडिकल कलेजको सम्बन्धन खारेज
-पोस्टग्य्राजुएट (पीजी) को शुल्क २२ लाख कायम गर्नुपर्ने
-आईओएमका अधिकार खोस्ने पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने -

नेपाल ‘कालोसूची’ बाट हट्यो
काठमाण्डौं । अन्तर्रा्ष्ट्रिय उड्डयन संगठन (इकाओ) को ’कालोसूची’ मा परेको नेपाल अव कालोुूचीवाट हटेको छ । सन् २०१३ अर्थात चार बर्ष अघि इकाओ ले नेपाललाई गम्भिर सुरक्षा चासोलाई हटाएको हो । विहीबार बसेको नागरिक उड्डयन संगठनको गम्भिर चासो सम्परीक्षण समितिको बैठकले नेपाललाई कालो सूचीबाट हटाएको हो । इकाओको दुई सदस्यीय अडिटर टोली जुलाइमा नेपाल आएको र उक्त टोलीको अडिटपछि नेपाललाई कालोसूचीबाट हटाइएको नेपाल नागरिक उडड्यन प्राधिकरणको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसअघि नेपालले बायूसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने बिषयमा इकाओले दिएको प्रक्रिया पूरा नगरेको भनि गम्भिर सुरक्षा चासो भएको मुलुकका रुपमा उल्लेख गरेसंगै नेपाल कालोसूचीमा परेको थियो ।