केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सम्पूर्ण गुरुमा नमन

सहयात्रा टिभी
सहायात्राटीभी : गुरू ब्रम्हा, गुरू विष्णु, गुरू देव महेश्वर, गुरू साक्षत परम ब्रम्हा तहमैश्री गुरूवे नमह, प्रस्तुत श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दै गुरु भनेको व्रह्मा, विष्णुका साथै परम् व्रह्मा पनि हुन् भन्ने कुरालाई स्पष्ट पारेको छ । वास्तवमा इतिहासकालदेखि आजको दिनसम्म हामी गुरुलाई सर्वश्रेष्ठ मान्छौँ ।
आमा र बुबा पछिका भगवानको रुपमा नै गुरुलाई हेर्ने गर्छौँ । सधै श्रद्धा र सम्मान गरिए पनि गुरुलाई आजको दिन अथवा आषाढ शुक्ल पूर्णिमाका दिन विशेष महत्वका साथ सम्मान र श्रद्धा व्यक्त गर्ने प्रचलन छ । वैद्धिक धर्मग्रन्थ माहाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैद्धिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
हाम्रो सामाजिक संस्कृति अनुसार पनि आफुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि माध्यमबाट जुन कुनै कुराको ज्ञान दिने महान व्यक्तिहरु सम्पूर्णलाई गुरु मानिन्छ । वास्तवमा गुरुलाई आजको दिनमा पुजा गर्ने, मिष्ठान्न भोजन खुवाउने र श्रद्धा सम्मान गर्ने गरिन्छ ।
हामीलाई औपचारिक रुपमा विद्यालय तथा क्याम्पसमा शिक्षा प्रदान गर्ने गुरुहरु जो माझिको रुपमा निरन्तर नाउमा हजारौँ विद्यार्थीलाई सफल मार्गदर्शनतर्फ तारिरहन्छन् उनीहरुको सम्मान र श्रद्धा गर्न हामीले कहिलै भुल्नुहँदैन । गुरुले सँधै आफ्ना शिष्यको भलो चिताउँछन्, सत्कर्ममा लाग्न सकुन भन्ने चाहन्छन् । आफुले शिक्षा दिएका शिष्यहरु जिवनमा सफल होउन भन्ने चाहन्छन्, जब कि उनीहरु भने सँधै एकै ठाउँमा निरन्तर आइरहेका विद्यार्थी तथा शिष्यहरु सफलताको मार्ग देखाउन तल्लिन हुन्छन् ।
ती नै आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ज्ञान दिने गुरुहरुको सम्मान र श्रद्धाको लागी आजको दिनलाई विशेष गुरुहरुको दिन अथवा गुरु पूर्णीमाको रुपमा मनाउने गरिन्छ ।

यो पनि पढ्नुहोस् 

विवाह र यौन सम्वन्ध

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 27 July, 2018

प्रतिक्रिया दिनुहोस्