केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाह र यौन सम्वन्ध

सहयात्रा टिभी

सहायात्राटीभी : विवाह भनेको दुई फरक परिवारका पुरुष र महिला जीवनभर एक अर्कालाई दुख र सुखमा साथ दिन तयार भएको अवस्था हो, जसलाई समाज, धर्म र कानुनले मान्यता दिएको हुन्छ । यो प्रक्रिया जीवन जिउन सहज बनाउने कार्य पनि हो । विवाहपश्चात यौन सम्वन्धलाई समाजले मान्यता दिन्छ, सन्तान उत्पादनको प्रक्रिया अघि वढ्छ र सृष्टिलाई निरन्तरता दिइने परम्परा स्वरुप समाज चल्दछ ।

यौन चाहना सम्पूर्ण जीवहरुमा हुने प्राकृतिक कुरा हो । यसलाई मर्यादित मनाउन हाम्रो समाजले एउटा सामाजिक मान्यता तयार ग¥यो, जसलाई विवाहको नाम दिइयो । एउटा फरक परिवारका पुरुष र महिलाविच विवाह हुनु उनीहरुविच यौन क्रियाकलापका लागि छुट हुनु पनि हो । यसो भनिरहँदा विवाह केवल यौन क्रियाकलापका लागी मात्र हो भन्न खोजिएको भने होइन् । मानविय जीवन निकै संघर्षमय र कष्टकर हुन्छ । हरेक सुखदुख र संघर्षमा साथ दिन र पाउन स्थाइ रुपमा बनाइने सम्बन्ध पनि हो विवाह ।

विवाहको यति लामो भुमिका बाँधिनुमा विवाह र यौनसँग जोडिएको गम्भिर विषयको उठान गर्नु हो । आज भोलि कँहि कतै बैवाहिक बलात्कारका घटनाहरु सुनिन थालेका छन् । सर्वप्रथम त यो शब्द नै अनौठो लाग्न सक्छ कतिपयका निम्ति । यो विषयमा कुरा उठाउँदा कतिपय महिलाहरुले नै बैवाहिक बलात्कार भनेको नबुझेको पाइएको छ । धेरै मानिसहरु बैवाहिक बलात्कारको विषयमा अनविज्ञ छन् । कति ले त विवाह पछि पनि बलात्कार हुन्छ र ! भनेको पनि पाइएको छ । तर धेरै महिलाहरु बैवाहिक बलात्कारका पिडित छन् तर आफु बलात्कार भएको भन्ने कुरा उनीहरुले नै बुझिरहेका हुँदैनन् ।

हो, विवाह पछि पनि महिलाहरु आफ्नै श्रीमानबाट बलात्कृत हुने गर्दछन् तर अधिकांश पिडित महिलाहरुमध्ये कसैले विवाहपछि यस्तै होला भन्ने ठानेर, त कसैले घर भित्रको कुरा बाहिर निकाल्न नसकेर पिडा सहेरै बस्ने गरेका छन् । श्रीमानले श्रीमतीलाई यौन सम्पर्कका लागी जबर्जस्ति गर्नु मात्र बैवाहिक बलात्कार नभएर श्रीमतीको इच्छा नहुँदा नहुदै पनि यौन सम्पर्क गर्न बाध्य बनाउनु, विरामी हुँदा, महिनावारी हुँदा पनि यौन सम्पर्क गर्नु, गर्भवती भएको समयमा यौन सम्पर्क गर्नु पनि बैबाहिक बलात्कार अन्तर्गत पर्दछ । त्यति मात्र नभएर सुत्केरी भएको अवस्थामा यौन सम्पर्कको लागी श्रीमानले श्रीमतीलाई प्रस्ताव मात्र राख्नु पनि बलात्कार नै मानिन्छ । विभिन्न किसिमका यौनजन्य भिडियो हेरेर सोहि अनुसार यौन सम्पर्क गर्न श्रीमतीलाई बाध्य गराउने वा जवर्जस्ति अप्राकृतिक यौन सम्पर्क गर्न खोज्नु र गर्नु पनि बैवाहिक बलात्कार हो । यस्तो क्रियाकलापलाई बलात्कार भनिन्छ भन्ने विषयमा धेरै विवाहित महिला पुरुषहरु नै अनविज्ञ छन् ।

महिलाहरुले विवाहपछि श्रीमानको यौन प्यास मेटाउनु मेरो दायित्व हो भन्ने ठानेर श्रीमानले गरेको अमानविय क्रियाकलापहरु सहने गर्छन । यस विषयमा कुरा गर्न लाज मानेर पनि श्रीमानको यौन हिंसा सहँदै आएको पाइएको छ । आजभोली कहिँकतै श्रीमतिले श्रीमानलाई बैवाहिक बलात्कार गरेको आरोपमा उजुरी गरेको र सम्बन्ध विच्छेद गरेका घटनाहरु सुनिन्छन् । यसरी सम्बन्ध विच्छेद गर्ने महिलाहरुका पिडा सुन्दा ति महिलाको श्रीमान मानिस हो कि जनावर भन्ने प्रश्न उठ्छ । वास्तवमा ति घटना त केवल हिम्मत र शाहस भएका महिलाहरुले पिडा र यातना सहन नसकेर अन्तिम विकल्प खोजेका हुन् । यस्ता घटनाहरु हाम्रा सामाजमा व्याप्त छन् तर महिलाहरुले यी विषयलाई घरभित्रबाट बाहिर निकाल्न सक्दैनन् र जीवनभर यातना र पिडा सहेर बस्ने गरेका छन् ।

हाम्रो समाजले पनि महिलाहरु केवल पुरुषको यौन चाहना पुरा गर्ने साधन मानेको छ । प्रत्यके महिलाहरुले आफ्नो श्रीमानको यौन चाहना पुरा गर्नु आफ्नो धर्म ठानेकै कारण उनिहरु बढि प्रताडित भएका छन् । हो, श्रीमानले श्रीमतीबाट यौन सन्तुष्टि नपाए कसबाट पाउने भन्ने प्रश्न पनि उठ्न सक्ला तर यसो भन्दैमा अमानविय व्यवहार पनि कुनै पुरुषले गर्नु हुँदैन् । विरामी श्रीमती, महिनावारीका वेला, गर्भवती भएका वेला पनि अप्राकृतिक यौनजन्य कृयाकलापमा बाध्यकारी बनाउनु बैबाहिक बलात्कार हो । अझ कतिपय घटनामा त श्रीमानले सुत्केरी भएलगत्तै पनि जवर्जस्ति यौन सम्पर्क गरेको सुनिन्छ । यस अवस्थामा त्यसै पनि महिलालाई पिडा हुन्छ त्यहि माथि यौनसम्पर्क हुनु भनेको कहाँसम्मको अत्याचार हो, यो शब्दमा व्यक्त गर्न नसकिने कुरा हो ।

शिक्षित भनिएका युवा पुरुषहरुबाट पनि कति श्रीमतीहरु पिडामा छन् तर ती र यस्ता घटनाहरु घरभित्रै सिमित छन् । यो विषय समाजमा त्यति खुल्न सकेको छैन् । यो अपराध हो, अमानविय हो भन्ने न त महिलाहरुले बुझेर पनि सहेर बसेका छन् त पुरुषले मनोमानी गरिनै रहेका छन्। विवाह भएदेखि आफुलाई इच्छा नहुँदा नहुँदै, महिनावारी भएको समयमा, गर्भवती भएको समयमा, सुत्केरी हुँदा र अप्राकृतिक रुपमासमेत श्रीमानसँग यौन सम्पर्क गर्न बाँध्य महिलाहरुले आफु बालात्कृत भएर श्रीमान नामको एउटा पुरुषलाई यौन सन्तुष्टि प्रदान गरेका हुन कि भन्ने आभाष हुन्छ यस्ता परिदृष्य हेर्दा।

जहाँसम्म लाग्छ यस्तो घटना समाजमा प्रसस्त छन् केवल महिलाहरु यसवाट बाहिर आउन सकिरहेका छैनन् । विश्वमा सम्बन्ध विच्छेदका घटनाको तथ्याङ्क हेर्दा पनि अधिकांश सम्बन्ध विच्छेद यौन क्रियाकलापमा देखिने असमानता, श्रीमानबाट हुने यौन हिंसा नै हुने गरेको पाइएको छ ।

महिलाहरुलाई नजिकवाट नियालेर हेर्ने हो भने उनीहरुले भोगेका त्यस्ता समस्याहरु, लाग्छ महिलाहरु विवाह गर्न तयार हुनु, सुखदुखमा एक अर्कालाई साथ दिन होइन, एउटा श्रीमान नामक पुरुषको हरेक कोणबाट यौन तृप्तीका लागि खाली एउटा महिला उमेदवारको रुपमा खडा मात्रै भएका छन् कि भन्ने आभाष हुन्छ ।

यो पनि पढ्नुहोस् 

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 27 July, 2018

प्रतिक्रिया दिनुहोस्