Author: sahayatra

  • जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्मेलन

    जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्मेलन

    बैशाख ११, २०७४ । जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्वन्धि सम्मेलन हुने भएको छ । उद्योग मन्त्रालयले जेठ २५ र २६ गते उद्यमशीलता सम्मेलन गर्न लागेको हो । उद्यमशिलताको विकास गर्न अभियान कै रुपमा अघि बढाउन सम्मेलन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो । युवा वर्गलाई लक्षित सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । सम्मेलनमा मुलुकभरका ७५ जिल्लाबाट तीन सय युवाहरुको सहभागिता रहने मन्त्रालयले जनाएको छ । मन्त्री जोशीले आर्थिक प्रगतीका लागी उद्यमशीलता अपरिहार्य रहेको भन्दै सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । उद्यमशीलताको विकासमा संलग्न सबै सरोकारवालालाई एउटै मञ्चमा समेट्ने र राज्यको तर्फबाट उद्यमशीलता सम्बन्धी नीतिगत धारणामा स्पष्टता ल्याउन सम्मेलन सफल हुने मन्त्रालयको विश्वास छ ।

  • फ्रान्समा पहिलो चरणको राष्ट्रपति निर्वाचनमा पेन र म्याक्रो विजयी

    फ्रान्समा पहिलो चरणको राष्ट्रपति निर्वाचनमा पेन र म्याक्रो विजयी

    बैशाख ११, २०७४ । फ्रान्समा राष्ट्रपति चुनावको पहिलो चरणमा नेशनल फ्रान्टकी मेरिन ल पेन र एन मार्शका इम्यानुयल म्याक्रो विजयी भएका छन । बिभिन्न ११ उम्मेदवार मध्ये पेन र म्याक्रो अन्तिम दुइमा पर्न सफल भएका हुन । फ्रेञ्च संचारमाध्यमका अनुसार पेनले २१ दशमलव ७ र म्याक्रोले २३ दशमलव ७ प्रतिशत मत प्राप्त गरेका छन । अब उनीहरुबीच अन्तिम प्रतिष्पर्धा मे ७ मा हुनेछ । उनीहरु दुवै जनालाई द रिपब्लीकनका फ्रांस्वा फियो र ल फ्रान्स इनसोमाइजका जा लुक मेलाशोंले कडा टक्कर दिएका थिए ।।।

  • बार्सिलोनाले रियल मेड्रिडलाइ हरायो, मेस्सी चम्किए

    बार्सिलोनाले रियल मेड्रिडलाइ हरायो, मेस्सी चम्किए

    बैशाख ११, २०७४ । स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
    रियल म्याड्रिडमाथि तीन–दुईको रोमांचक जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । आफ्नो घरेलु मैदानमा २८औं मिनेटमा केसिमोरोको गोलसंगै रियलले अग्रता लियो । त्यसको पांच मिनेटमै लियोनल मेस्सीले गोल गर्दै खेल बराबरी गरे । ७३ औं मिनेटमा इभान रेकिटिकले बार्सिलोनाका लागि गोल थपे । ७७ औं मिनेटमा सर्जियो रामोश रेडकार्ड पाउंदै बाहिरिएपछि रियल दस खेलाडीमा सिमित भयो । ८५औं मिनेटमा जेम्स रोड्रिगुएजले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि मेस्सीले अतिरिक्त समयमा बार्सिलोनाका तर्फबाट आफ्नो व्यक्तिगत ५सयौं गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित पारे । रियलका क्रिष्टियानो रोनाल्डोले गोल गर्ने दुई अवसर खेर फालेका थिए । ३३ खेलमा ७५ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा रहंदा एक खेल कम खेल्दै ७५ अंक रहेको रियल दोस्रो स्थानमा छ ।।।

  • दुइ चरणमा निर्वाचन गर्ने सरकारको निर्णय, एमाले असन्तुष्ट

    दुइ चरणमा निर्वाचन गर्ने सरकारको निर्णय, एमाले असन्तुष्ट

    बैशाख ११, २०७४ । सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ को र दोश्रो चरणमा जेठ ३१ गते १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन हुने निर्णय गरेको हो । बैठकले पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताको मिति केही दिन पर सार्न निर्वाचन आयोगलाइ आग्रह पनि गर्ने भएको छ । बैशाख ३१ को चुनावका लागि निर्वाचन आयोगले १६ गते उम्मेदारी दर्ताको समय तोकेको छ । त्यस्तै, बैठकले प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या बढाउने निर्णय पनि गरेको छ । त्यसका लागि उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
    एमाले असन्तुष्ट
    नेकपा एमालेले वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । संसद भबन नया“ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले दुई चरणमा चुनाव गर्ने भए दोश्रो चरणको चुनाव जेठ १५ अघि नै गर्नु पर्ने निष्कर्ष निकालेको हो । संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने भएकाले बजेट अघि र बजेट पछि दुई चुनाव हुन निर्वाचन आचारसंहिताले नदिने एमालेको ठहर छ । बैठकमा ओलीले एमालेलाई बाहिर राखेर दलहरुबीच भएको सहमति मान्य नहुने धारणा राख्नुभएको थियो । एमालेलाई लत्याएर संसोधन प्रस्ताव तयार गरिएको भन्दै अध्यक्ष ओलीले स्वीकार्य नहुने बताउनुभयो ।
    दाहाल–ओली भेट
    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र मधेस केन्द्रीत दलबीच भएको सहमतिको लिखित दस्तावेज अध्ययनपछि मात्रै धारणा बनाउने जनाएको छ ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटमा अध्यक्ष ओलीले सहमतिको लिखित दस्तावेज अध्ययनपछि मात्रै एमालेले धारणा आउने जवाफ दिनुभयो । प्रधानमन्त्री दाहालले मोर्चा र संघीय गठबन्धनस“ग दुई चरणमा निर्वाचन गर्ने र परिमार्जनसहित संविधान संशोधन गर्ने विषयमा भएको सहमतिबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । ओलीले परिमार्जनसहितको संविधान संशोधनको लिखित दस्तावेज माग्नु भएको थियो ।

  • माओवादीद्वारा गठवन्धनसंगको सहमति अनुमोदन

    बैशाख १०, २०७४ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र संघीय गठबन्धनबीच भएको सहमतिलाई अनुमोदन गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धनबीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धन र मधेसी मोर्चाका नेताहरुसंग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराउनु भएको थियो । दाहालले सहमतिपछि सवै राजनीतिक दल चुनावमा सहभागी हुने वातावरण बनेको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको थियो । बैठकले सरकार र गठबन्धनबीच भएको सहमतिलाई कार्यान्वयन गर्न पार्टीले आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

  • पूर्व अधिराजकुमारी प्रेरणा नर्भिकबाट डिस्चार्ज

    पूर्व अधिराजकुमारी प्रेरणा नर्भिकबाट डिस्चार्ज

    बैशाख १०, २०७४ । अस्वस्थ भइ गत चैत २७ गते नर्भिक अस्पताल भर्ना हुनु भएकी पूर्व अधिराजकूमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह आज डिस्चार्ज हुनु भएको छ । सिंहको स्वास्थ्य अवस्था राम्रो भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सिंहलाई सेरिब्रल भेनस साइनस् थ्रम्बोसिस भएपछि अस्पताल भर्ना गरिएको थियो । सिंह हाल बिना सहायता हिंडडुल गर्न सक्ने भएको अस्पतालले जनाएको छ । सिंहको उपचारमा स्नायू रोग विशेषज्ञ पंकज जलान तथा सिंहका पारिवारिक चिकित्सक किशोरजंग राणा संलग्न हुनुहुन्थ्यो ।