Category: राजनीति

  • देशभरका सेवा रोक्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्ने निर्देशन

    देशभरका सेवा रोक्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्ने निर्देशन

    काठमाण्डौँ । बैशाख–२१,देशभरका सेवा रोक्ने यातायात समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।

    अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बताएको छ ।

    थापाले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका हुन ।

  • प्रेमबहादुरलाई साउदी जेलबाट छुटाउन प्रधानमन्त्रीले ३० लाख हस्तान्तरण

    प्रेमबहादुरलाई साउदी जेलबाट छुटाउन प्रधानमन्त्रीले ३० लाख हस्तान्तरण

    काठमाण्डौँ । बैशाख–२१,दुई वर्ष देखि साउदी जेलमा जीवन बिताइरहेका पे्रमबहादुर राईलाई रिहाईको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगार्थ संकलन गरिएको रकम परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । 

    सवारी दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए ।

    उनलाई एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगदओलीले राईकी पत्नी सरितालाई प्रदान गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफुलाई भेट्न आइपुगेका राईको परिवारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेलमा रहेका प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन ।

  • वाम सरकार बनेकोले अव श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

    वाम सरकार बनेकोले अव श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

    काठमाण्डौँ । बैशाख–२०, प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको सरकार बनेकोले श्रमिकलाई आफ्नो हकअधिकारको लागि आन्दोलन गर्नु नपर्ने बताएका छन ।

    नेपाल ट्रेड युनियन महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा हक अधिकारको विषयमा ध्यानाकर्षण गराएको थियो । ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गरेका छन ।

    महासंघको प्रतिनिधिमन्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा भेट गरी श्रमिकहरुका समस्या छिटै समाधान गर्न माग गरेको हो ।

    प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त दिएको महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए । श्रेष्ठले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा पनि श्रमिकका समस्याहरु सम्बोधन हुनुपर्ने बताएका छन ।

  • भारतसँगको सीमा विवाद सुल्झाउन केन्द्र सरकारलाई प्रदेश ७ को अनुरोध

    भारतसँगको सीमा विवाद सुल्झाउन केन्द्र सरकारलाई प्रदेश ७ को अनुरोध

    काठमाण्डौँ । बैशाख–२०,कञ्चनपुरको पुनर्वास लगायतका क्षेत्रमा नेपाल भारतबीच देखिएको सीमा विवाद आन्तरिक मामिला सुल्झाउन प्रदेश ७ को सरकारले केन्द्र सरकारलाई अनुरोध गरेको छ । 

    मन्त्रिपरिषदको कार्यालयमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले दुई देशबीचको सीमा विवाद समाधानका लागि कुटनैतिक पहल गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

    प्याराताल क्षेत्रमा उत्पन्न सीमा विवादबारे कानुनमन्त्री प्रकाशबहादुर शाहले बुधवार सदनलाई जानकारी गराएका छन् । सीमा क्षेत्रमा देखिएका विवाद समाधानको लागि बनेको दुई देशको संयुक्त नापी टोलीको समयावधि सकिने क्रममा रहेकाले त्यसको समय अवधि बढाउन पनि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले बताएका छन।

  • एमाले र माओवादीबीच पार्टी एकता हुन सकेन

    एमाले र माओवादीबीच पार्टी एकता हुन सकेन

    काठमाण्डौँ । बैशाख–२०,नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड र एमाले प्रधानमन्त्रीबीच बालुवाटारमा बसेको बैठकमा आज पनि पार्टी एकता विषयमा टुङ्गो लगाउन सकेनन ।

    थप विषयमा कुरा गर्न फेरि आजै ३ बजे बैठक बस्नेगरी पहिलो चरणको भेटवार्ता सकिएको प्रचण्डको सचिवालयले बताएका छन ।

    मंगलबार माओवादी सचिवालयको बैठकमा प्रचण्डले केपी ओलीसँग आज बैठक बसेर सबै कुरा टुङ्ग्याउन सकिए २२ गते नै एकता गर्ने बताए पनि पार्टी एकताबीच सहमतमा आउन सकेनन ।

    बिहान सवा दश बजे बालुवाटर पुगेका प्रचण्डले ओलीलाई पौने घण्टा कुरेका थिए । तर पौने घण्टा कुरेर बसेको वार्ता आजै ३ बजे बस्नेगरी सकिएको छ ।

  • वैशाख २२ मा पार्टी एकता घोषण हुन सक्ने:प्रचण्ड

    वैशाख २२ मा पार्टी एकता घोषण हुन सक्ने:प्रचण्ड

    काठमाण्डौँ । बैशाख–२०,माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउने शनिबार सम्म पार्टी एकताको घोषण हुन सक्ने बताएका छन ।

    बुधबार बसेको माओवादी केन्द्रका सचिवालयको बैठकमा प्रचण्डले पार्टी एकताको विषयमा छलफल गर्दै बैशाख २२ मा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । उनले एकता प्रक्रियामा लगभग सहमति भैइसकेको बताए । 

    राजनीतिक प्रतिवेदन, विधान लगायतका विषयमा सहमति जुटिसकेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले बताएका छन ।

    दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।

    माओवादी केन्द्रका नेता गणेश शाहले प्रचण्डको भनाइ उल्लेख गर्दै सम्माजनक,न्यायोचित र समानताका आधारमा एकता हुने बताएका छन । उनले एकताको लागि सबै कुरा मिलिसकेको बताउँदै प्रचण्डले थोरै प्राविधिक विषयमा सहमति भएमा पार्टी एकता हुने बताए ।