Category: राजनीति

  • माओवादी र एमालेबीच आज छलफल हुने

    काठमाण्डौँ । बैशाख–२०,नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र एमाले प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल हुने भएको छ । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन ।

    एकतासँग जोडिएका विषय सबै टुंगो लागि सकेकाले दुई नेताबीच एकता घोषणा सभाको मितिमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए । स्रोतका अनुसार दुई दलबीच ६०÷४० को अनुपातमा संख्यात्मक हिस्सेदारी मिलाउने गरी एकता टुंगो लगाउने तयार  भइरहेको बताएको छ ।

    दुई दलबीच पार्टीमा संख्यात्मक हिस्सेदारी चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् ।

  • माओवादी केन्द्र सचिवलयको बैठक सम्पन्न

    माओवादी केन्द्र सचिवलयको बैठक सम्पन्न

    काठमाण्डौँ । बैशाख–१९, नेकपा माओवादी केन्द्र सचिवलयको बैठक सम्पन्न भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे बसेको बैठमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको पार्टी एकतामा भएका प्रगतिको विषयमा छलफल गरेका थिए ।

    उनले पार्टी केन्द्रीय कार्यालयबाट भएका काम र एकता प्रक्रियाको प्रगतिबारे रिपोर्टिङ गरेका छन । बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा वली र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकता प्रक्रियाबारे छलफल भइरहेको बताएकी छिन । राजनीतिक हिसाबले एकता प्रक्रिया टुंगिए पनि विधान र संगठनबारे केही छलफल बाँकी रहेको भुसालले बताइन्।

  • फोरम नेपालको केन्द्रीय समितिको बैठक सुरु

    फोरम नेपालको केन्द्रीय समितिको बैठक सुरु

    काठमाण्डौं । बैशाख–१९, संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ ।

    फोरम नेपालले पदाधिकारी र राजनीतिक समितिको बैठक सकाएर केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

    राजनीतिक समितिमा उठेको विषयलाई प्रतिवेदनमा समावेश गरि केन्द्रिय समितिको बैठकमा पेस हुनेछ । बैठकमा छलफल गरि त्यसलाई पास गराउनेछ । फोरम नेपालले सरकारमा सहभागी हुने विषयमा निर्णय गरिसकेको तर हालसम्म सरकारमा सहभागी नगराइएको विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

  • माओवादी पार्टीको केन्द्रीय सचिवालयको बैठक सुरु

    माओवादी पार्टीको केन्द्रीय सचिवालयको बैठक सुरु


    काठमाण्डौँ । बैशाख–१९,नेकपा माओवादी पार्टीको केन्द्रिय सचिवलयको बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको पार्टी एकता भएको प्रगतिको विषयमा छलफल गर्ने छन । उनले बैठकमा एमालेसंगको पार्टी एकता भएका प्रगतिको विषयमा छलफल गर्ने बताएका छन । नौ गते बस्ने भनिएको पार्टी एकताको बैठक सरेपछि एकताको लागि मिति तोक्न सकेको थिएन । आज बसेको बैठकले एकताको पछिल्लो आधारमा तय गर्ने आश गरेको छ ।

  • देशैभर खानेपानीको अभाव हुने छैन : प्रधानमन्त्री

    देशैभर खानेपानीको अभाव हुने छैन : प्रधानमन्त्री

    झापा । बैशाख–१९, प्रधानमन्त्री केपी शर्मा वलीले बुधबार आयोजित कार्यक्रममा देशभर खानेपानीको अभाव हुन नदिने बताएका छन । कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले दमकमा मात्र नभएर देशैभर जनतालाई खानेपानीको उपलब्ध गराउने बताएका  हुन ।

    उनले १ नम्बर प्रदेशको राजधानी जहाँ भए पनि दमकको विकास गर्ने बताएका छन । ओलीले बुधबार नै दमक नगरपालिका परिसरमा धिमाल जातिको प्रतिमा अनावरण गरे ।

    कार्यक्रममा ओलीले दमक–रवि बहुवर्षीय सडक योजनालाई अगाडि बढाउने भन्दै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताएका छन ।

  • जनकपुरधामको साँचो प्रधानमन्त्री मोदीलाई बुझाउने

    जनकपुरधामको साँचो प्रधानमन्त्री मोदीलाई बुझाउने

    बैशाख–१९ भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर भ्रमण आउदा जनकपुरधामको साँचो बुझाउने  तयारी भएको छ । ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अघि बडाउने भन्ने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर शाहले बताए ।

    जनकपुरको विकासमा भारतको सहयोग कसरी लिन सकिन्छ त्यस विषयमा पनि छलफल गरिएको शाहले बताएका छन । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न आउन लागेको हुदां त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रह गरेका छन ।

    अगामी ११ मे विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ । जानकी मन्दिरमा पुजापाठसँगै जानकी मन्दिरले समेत मोदीलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ ।

    जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मोदी भ्रमणको दिन मन्दिरमा विशेष पुजापाठको व्यवस्था गरिने बताए ।  जानकी मन्दिरले पनि आफ्ना तर्फबाट मायाको चिनो प्रदान गर्ने उनले बताएका छन ।