Category: राजनीति

  • एमाले र माओवादी आन्तरिक  छलफलमा जुट्दै

    एमाले र माओवादी आन्तरिक छलफलमा जुट्दै

    काठमाण्डौं । बैशाख–१९, नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताको विषयमा छलफल गर्न अलग अलग बैठक बस्दै छन् ।

    पार्टी एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल गर्न दुवै पार्टीले अलग अलग बैठक राखेको हो ।

    माओवादी केन्द्रको सचिवालय बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ भने एमालेको स्थायी कमिटी बैठक साँझ ६ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने छ ।

    दुवै पार्टीका अध्यक्षबीच बिहीबार छलफल गर्ने तयारी छ । एकताको विन्दु पहिल्याउन छलफल गर्न लागिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

  • सरकारी पदाधिकारीलार्इ विदेश भ्रमणमा जान रोक

    सरकारी पदाधिकारीलार्इ विदेश भ्रमणमा जान रोक

    काठमाण्डौँ । बैशाख–१८, सरकारले सरकारी पदाधिकारी र कर्मचारीको विदेश भ्रमण गर्नलाई रोक लगाएको छ । वैदेशिक भ्रमण      व्यवस्थापन निर्देशिका नै जारी गरेर सरकारले मन्त्री, सचिवदेखि सार्वजनिक पद धारण गरेकाहरुको विदेश भ्रमणमा मापदण्ड निर्माण     गरिएको हो । निर्देशिकाले पटक पटक व्यक्ति विदेश जाने परम्परालाई रोक्न व्यावस्था गरेको छ ।

    अवसर नपाएकाहरुलाई समावेशिका आधारमा हुनुपर्ने दुर्गम क्षेत्र, स्थानीय तह र प्रदेशका सरकारी कर्मचारीलाई प्राथमिकता दिने निर्देशिकामा उल्लेख गरिएको छ।

    वैदेशिक भ्रमण गर्ने सरकारी पदाधिकारी वा भ्रमण टोलीले भ्रमण सम्पन्न भएको मितिले १५ दिनभित्र भ्रमणको उपलब्धी, भ्रमणबाट प्राप्त सिकाइ उपयोग गर्ने कार्ययोजना खुलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्देशिकामा रहेको छ ।

    कुटनीतिक वा विशेष राहदानी प्राप्त सरकारी पदाधिकारीले सरकारी कामको शिलशिलामा गरिने वैदेशिक भ्रमणमा मात्रै त्यस्तो राहदानी प्रयोग गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

  • जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता:प्रचण्ड

    जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता:प्रचण्ड

    काठमाण्डौँ । बैशाख–१८,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता गरेका छन । उनले मंगलबार बबरमहल नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

    प्रचण्डले  मुलुकमा राजनीतिक अन्त्य भएको र विकास निर्माणको कामले गति लिएको हेर्न जनताले चाहेको बताएका छन ।

    उनले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत मुलुकमा ठुलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको आफुहरुले अब जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको पनि स्पष्ट पारेका छन ।

    कार्यक्रमा बोल्दैे उनले जन्ताले विकास तथा सम्वृद्धिको अपेक्षा गरेका भन्दैे सोहि जिम्मेवारी पुरा गर्ने दायित्व आफुहरुको काँधमा आएको पनि बताएका छन ।

  • माओवादी केन्द्रका अध्यक्ष र इजरायलका राजदुत बेन्नीबीच भेटवार्ता

    माओवादी केन्द्रका अध्यक्ष र इजरायलका राजदुत बेन्नीबीच भेटवार्ता

    काठमण्डौँ । बैशाख–१८,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग इजरायलका राजदुत बेन्नी ओमर आज भेटवार्ता गरेका छन । अध्यक्ष निवास खुमलटारमा आज भएको भेटवार्तामा प्रचण्डले इजरायलीले नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न बताएका छन।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मंगलबार बिहान भएको भेटमा राजदुत ओमेरले उक्त कुरा बताएका हुन् । उनले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न तत्पर रहेको पनि बताएका छन ।

    उनले मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक रहेको पनि बताए । प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताएका छन ।

  • श्रमिक दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

    श्रमिक दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

    काठमण्डौँ । बैशाख–१८,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व श्रमिक दिवसका अवसरमा  विश्वभर छरिएर रहेका नेपालीहरुलाई श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितको कामना गरेका छन । 

    नेपालको हरेक राजनितिक, सामाजिक परिर्वनमा श्रमिक वर्ग अभाव रहेका कारण ठुलो संख्यामा युवा युवातिहरु जनशक्ति श्रमका लागि विभिन्न देश जानुपर्ने बाध्य रहेको छ ।

    उनिहरु श्रमको शोषण सिकार हुन र रोजगारीका लागि ज्यानको जोखिम राखेर विरानो ठाउंमा कठिन र कष्टकर श्रममा समेत संलग्न हुन बाध्य नेपाली श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशील छ भन्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

    उनले सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पुर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको र सरकार स्वदेशमै आत्म सम्मानपुर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने सिर्जना गर्दै लैजान कटिबद्ध रहेको उनले बताए ।

  • विश्व  मजदुर दिवसमा राष्ट्रपतिको शुभकामना

    विश्व मजदुर दिवसमा राष्ट्रपतिको शुभकामना

    काठमाण्डौँ । बैशाख–१८, राष्ट्रपति विधादेवी भण्डारीले विश्वमा छरिएर रहेको सम्पुर्ण नेपाली श्रमजीवीहरुमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छिन।

    राष्ट्रपति भण्डारीले विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश मार्फत नेपालमा श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपुर्ण भुमिका निर्वाह गर्ने, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने जस्ता कुरामा श्रमिक वर्ग लाभान्वित हुने आश गरेकी छिन ।

    उनले स्वादेश र विदेशमा सबै नेपाली श्रमिकले श्रम गर्दा अनुकुल श्रम वातावरण, न्यायोचित पारिश्रमिक र सामाजिक सुरक्षा लगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गरिकी छिन। उनले आफ्नो अधिकारलाइ सुनिश्चित गरि विश्वभरका श्रमजीवीलाई एकतामा बाधिन सयोग गर्ने विश्वास गरिकी छिन ।