बैशाख १८, २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति बिद्या भण्डारीलाई जानकारी गराउनु भएको छ । भेटका लागि आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको थियो । प्रधानन्यायाधीस सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि राष्ट्रपति भण्डारीले चासो राख्नु भएको थियो । यो बिषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसंग हिजो नै भेट गर्न चाहे पनि प्रधानमन्त्री दाहाल आज बिहान मात्रै शीतल जानु भएको हो । उहाँहरुबीच करिब डेढ घण्टा छलफल भएको थियो ।
Category: ब्रेकिङ न्युज
-
मुलुकमा संकटको बादल, राजनीतिक कोर्स फेरिन सक्ने
बैशाख १८, २०७४ । आइतबार नाटकिय रुपमा भएका राजनीतिक घटना र केही निर्णयले मुलुक गम्भीर संकटमा पर्न थालेको स्पष्ट भएको छ । एकाएक प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, सोही दिन नेपाल प्रहरीका पूर्व महानिरीक्षकलाई भ्रष्टाचारी ठहर गरी जेल चलान, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको रहस्यपूर्ण राजीनामा, हतारहतारमा वरिष्ठ न्यायाधीश गोपल पराजुलीलाई कार्यवाहक लगायतका घटनाले मुलुक सहज अवस्थामा छैन भन्ने प्रष्ट भएको छ । बिहान संविधान संशोधन बिधेयक पारित गर्ने सरकारको तयारी थियो । संशोधनमा दुइ तिहाइ नपु्ग्ने स्थिति आएपछि बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको थियो । एकाएक दिनभरीमा अनपेच्छित घटना भए । प्रधानन्यायाधीशलाइ महाअभियोग लगाउने प्रस्तावको सत्तारुढ दल राप्रपाले नै विरोध गरेको छ । आज बस्ने केन्द्रीय समितिको आकस्मिक बैठकले सरकारबाट फिर्ता हुने निर्णय गर्ने संकेत प्राप्त भएको छ । महाअभियोग लगाउने कुरा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाइ नै थाहा नहुनु सरकार भित्रको अर्को रहस्यपूर्ण घटना हो । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच विवाद चुलिएको थियो । एकाएक सभापति देउवाको विश्वास गुमाएका निधि पछिल्लो समय वरियता विवादका कारण मन्त्रिपरिषद्का थुप्रै बैठकमा पनि सहभागी भएनन । आफै सहभागी सरकारमा माओवादीले बिपक्षी एमालेसंग मिलेर तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा मौन बस्ने निधिले एकाएक राजीनामा दिनु केवल महाअभियोग प्रस्तावप्रतिको बिमति मात्र होइन, उनको प्रधानमन्त्री दाहाल र सभापति देउवासंगको चरम असन्तुष्टि पनि हो । यी घटनाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाइ संकटमा मात्र पारेको छैन, मुलुकमै नयाँ राजनीतिक व्यवस्था वा नयाँ राजनीतिक कोर्स सुरु हुनसक्ने सम्भावनालाइ पनि सतहमा ल्याएको छ ।
-

प्रधानन्यायाधीश कार्कीबिरुद्ध महाअभियोग दर्ता
कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको मुख्य आरोप
बैशाख १७, २०७४ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद्हरुले प्रधानन्यायधीश सुशीला कार्कीबिरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन । दुवै पार्टीका करिब एक चौथाइ सांसद्हरुले व्यवस्थापिका संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन । प्रधानन्यायाधीशले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा गलत फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको, कानुनको पालना नगरेको लगायतको आरोप उनीमाथि लगाइएको छ । संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएको हो । प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदको हस्ताक्षर रहेको छ । प्रस्ताव दर्ता गराउन कांग्रेसक नेता मीनबहादुर विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसद संसद सचिवालय पुगेका थिए । कार्की आउँदो जेठ २४ गते उनी अनिवार्य सेवानिवृत्त हुँदै थिइन् ।
-

संसद् बैठक सरेपछि संविधान संशोधनमा झन अन्योल, चुनाव प्रभावित हुने आशंका
बैशाख १७, २०७४ । व्यवस्थापिका संसद्को बैठक बैशाख २१ गतेका लागि सरेपछि संविधान संशोधन प्रक्रिया पनि तत्कालका लागि टरेको छ । आजबाट संविधान संशोधन बिधेयकउपर परेका प्रस्तावमाथि छलफल गर्ने कार्यसूची भएपनि नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । संविधान संशोधनका लागि सत्तापक्षको बहुमत नपुग्ने देखिएपछि बैठक स्थगित भएको अनुमान गरिएको छ । राप्रपाको संसदीय दलको बैठकमा १० सांसद अनुपस्थित भएपछि संविधान संशोधनका लागि आवश्यक दुइ तिहाइ नपुग्ने स्थिति आएको हो । राप्रपाले आफना सांसदलाइ ह्वीप जारी गरेपनि दश जना सांसद् बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।
-

संविधान संशोधनका ५० प्रस्ताव, आजैबाट छलफल
बैशाख १७, २०७४ । ब्यबस्थापिका संसदको बैठकमा सरकारले दर्ता गरेको संशोधन प्रस्तावमाथि आजबाट छलफल सुरु हुँदैछ । सरकारले संसदमा पेस गरेको संविधानको दोस्रो संसोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएको र ती माथि आजैबाट छलफल सुरु हुने सचिवालयले जनाएको छ । यसअघि हिजो सत्तारुढ दल र बिपक्षी एमालेसहित बिभिन्न पार्टीका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधन दर्ताको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरुबीच संशोधन दर्ता गर्ने सहमति भएको थियो । उनीहरुले राती दश बजे संसद सचिवालयमा संशोधन दर्ता गरेका हुन । सत्तारुढ दलले राखेको संशोधन पास भए अब प्रदेशको सीमांकन हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमति चाहिने छैन, परामर्श मात्र लिइनेछ । संसदमा दर्ता भएको विधेयकमा सम्वन्धित प्रदेशको सहमतिमा सीमांकन हेरफेर गर्न सकिने व्यवस्था छ । यस्तै संघीय आयोग गठनसम्वन्धी धारामाथि पनि संशोधन हालिएको छ । आयोगको गठन समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्न प्रस्ताव गरिएको छ । संशोधन माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, कांग्रेसका चिनकाजी श्रेष्ठ, राप्रपाकी कुन्ती शाही, तमलोपाका जंगीलाल राय र सद्भावनाका लक्ष्मणलाल कर्णले दर्ता गरेका हुन । यसअघि प्रमुख प्रतिपक्षी एमालेलगायत दलका सांसद्ले संशोधन दर्ता गरेका थिए ।।।।
-

संविधान संशोधन बिधेयकमाथि दर्जनौ संशोधन प्रस्ताव, मध्यरातमा सत्तारुढ दलकै संशोधन दर्ता
बैशाख १७, २०७४ । संविधान संशोधन विधेयकमा सत्तारुढ दल र मधेश केन्द्रीत दलहरुले पनि संशोधन दर्ता गराएका छन । संशोधन दर्ताको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरुबीच संशोधन दर्ता गर्ने सहमति भएको हो । उनीहरुले राती दश बजे संसद सचिवालयमा संशोधन दर्ता गरेका हुन । सत्तारुढ दलले राखेको संशोधन पास भए अब प्रदेशको सीमांकन हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमति चाहिने छैन, परामर्श मात्र लिइनेछ । संसदमा दर्ता भएको विधेयकमा सम्वन्धित प्रदेशको सहमतिमा सीमांकन हेरफेर गर्न सकिने व्यवस्था छ । यस्तै, संघीय आयोग गठनसम्वन्धी धारामाथि पनि संशोधन हालिएको छ । आयोगको गठन समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्न प्रस्ताव गरिएको छ । संशोधन माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, कांग्रेसका चिनकाजी श्रेष्ठ, राप्रपाकी कुन्ती शाही, तमलोपाका जंगीलाल राय र सद्भावनाका लक्ष्मणलाल कर्णले दर्ता गरेका हुन । यसअघि बिपक्षी एमाले लगायत बिभिन्न दलका सांसद्हरुले दर्जनौ संशोधन प्रस्ताव दर्ता गराएका थिए ।