Category: ब्रेकिङ न्युज

  • सहमतिका लागि कांग्रेसको दौडधूप, एमाले टसमस भएन

    बैशाख १६, २०७४ । प्रमुख राजनीतिक दलहरुबीच सहमति नहुँदा बैशाख ३१ र जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन संकटमा पर्न थालेको छ । सरकार स्वयं नै दुइ चरणमा चुनाव गर्दा प्राविधिक समस्या आउने निष्कर्षमा पुगेपछि चुनावी अन्यौल झन बढेको हो । शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुइ चरणमा चुनाव गर्दा समस्या हुन सक्ने बताएपछि प्रतिपक्षी नेकपा एमाले र हालै गठित मधेश केन्द्रीत दलहरुको नयाँ पार्टी राजपा, नेपालले निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान लिएका थिए । दुइ चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले तालिका नै सार्वजनिक गरिसकेकाबेला दलहरु भने जेठ ३१ गते एकै चरणमा निर्वाचन गर्ने गृहकार्यमा जुटेको पाइन्छ । यसै विषयमा आज नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएपनि कुनै सहमति हुन सकेन । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला लगायतका नेता एमाले अध्यक्ष केपी ओली निवास बाल्कोट पुगेका थिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्तरिक छलफल गरी ओली निवास बालकोट गएका कांग्रेस नेताहरुले दुवै चरणको निर्वाचन तालिका आइसकेकाले पुनः एकैचरणको निर्वाचन गर्न असंभव हुने बताएका थिए । एमालेका नेताहरुले भने बजेटअघि जेठको ११ र १२ गतेतिर एकैचरणको निर्वाचन गर्नुपर्ने जवाफ दिएका थिए । कांग्रेस नेताहरुले संविधान संशोधनमा सहयोग गर्न र सहयोग गर्न नसके संसद्को प्रकृयामा अवरोध नगर्न आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने भन्दै पुनः संसद अवरोध गर्ने जवाफ दिएका थिए । कांग्रेस सभापति देउवाले विधेयकमाथि एमालेको सरोकारको विषयलाई समेत संशोधनमार्फत ल्याई सहमतिका लागि छलफल गर्न सकिने बताएका थिए । एमालेले बहुसंख्यक भाषालाई मान्यता दिने, प्रदेशसभा गठन नभएको अवस्थामा प्रदेशको सीमाकंनसम्बन्धी विषय व्यवस्थापिका संसदले हेरफेर गर्नसक्ने गरी संशोधन गर्न ल्याएको भन्दै आपत्ति जनाउँदै आएको छ । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता नरहने गरी ल्याइएको संशोधनमा समेत एमालेको आपत्ति छ । भाषा र संविधानको धारा २७४ को संशोधनसम्बन्धी व्यवस्थामा पनि एमलेले आपत्ती जनाएको छ । यस्तै, तराईका एघार जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने निर्णयको एमालेले विरोध गरेको छ । ओलीसँगको छलफलपछि कांग्रेस नेताहरु सिधै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न गएका थिए । प्रधानमन्त्रीसंगको छलफलमा एमालेको अडान र संघीय गठवन्धनका माग तथा निर्वाचनका विषयमा कसरी अगाडि बढने विषयमा समीक्षा भएपनि कुनै निर्णय भने हुन सकेन । यसअघि प्रधानमन्त्री दाहालसहित नेकपा माआवादी केन्द्रका नेताहरुले एमालेसंग लगातार दुइ दिन वार्ता गरेपनि परिणाम आउन सकेको थिएन ।
    एमालेसंग कांग्रेस क्रुद्ध
    नेपाली कांग्रेसले सहमतिका लागि एमाले बाधक देखिएको भन्दै जिम्मेवार बन्न एमालेलाइ आग्रह गरेको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस नेताहरुले देश र जनताप्रति जिम्मेवार बन्न एमालेलाई सुझाव दिए । स्थानीय तह निर्वाचनमा कांग्रेसको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेताहरु बिपक्षी एमालेप्रति खनिए । कांग्रेस सभापति शेरबहादुर देउवाले तराईका दलहरुले पनि निर्वाचनमा भाग लिने वातावरण बनिरहेको भन्दै संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई मिलाएर कांग्रेस अघि बढ्न खोजे पनि एमालेले समस्या सिर्जना गरिरहेको आरोप लगाए । स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति संयोजक रमेश लेखकले संविधान कार्यान्वयनका लागि कांंग्रेसले जित्र्नैपर्ने तर्क गरे । स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका सहसंयोजक गगन थापाले संविधान संशोधन गर्न नदिने एमालेको अडान आपत्तीजनक भन्दै एमालेको अडानले निर्वाचन बिथोलिएमा आम नेपाली नागरिकको अपमान हुने बताए ।

  • चुनावका विषयमा सरकार र दलहरु अझै अलमलमा

    चुनावका विषयमा सरकार र दलहरु अझै अलमलमा

    बैशाख १६, २०७४ । सरकारले बैशाख ३१ र जेठ ३१ दुइ चरणमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसक्दा पनि निर्वाचन हुने नहुने अन्यौल भने कायमै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नै दुइ चरणमा निर्वाचन गर्दा प्रँविधिक समस्या आउने बताएपछि तोकिएको निर्वाचन मिति प्रभावित हुने संकेत देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलिय बैठकमा प्रधानमन्त्री दाहालले एकै चरणमा निर्वाचन गर्नका लागि दलहरूको धारणा माग्नु भएको थियो । दाहालले पहिलो निर्वाचनपछिको मतगणनाले अर्कोलाई प्रभावित गर्ने, बीचमा आउने बजेटले समेत सकारात्मक सन्देश नदिने भन्दै दलहरूको धारणा माग गर्नुभएको हो । बैठकमा एमाले र राजपाले दुई चरणमा नभई निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा सहभागी एमालेका नेता अग्नि खरेलले संविधान संशोधन विधेयक पारित हुन नदिने अडान राख्नुभएको थियो । उहाँले निर्वाचनअघि बजेट ल्याउन नमिल्ने बताउनु भएको थियो । यसैबीच, नेकपा एमाले स्थायी कमिटी बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ ।

  • कांग्रेसलाइ भक्तपुरमा उम्मेद्वार छान्न सकस

    बैशाख १५, २०७४ । स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस गरेपनि निर्णय गर्न समस्या भएको छ । वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि जिल्ला समितिलाई उम्मेदवार छान्न सकस भएको हो । भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ । मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ । त्यसैगरी सूर्यबिनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शङ्कर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा भने संगिता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रीता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएको छ । यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा भने राधा कार्की, सरु बानियँ, रुपादेवी थापा, सावित्री लामिछाने, संगिता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ । सिफारिस भएका नाम मध्ये आधिकारिक उम्मेदवार चाँडै तोकिने जिल्ला समितिले जनाएको छ ।

  • सरकार र बिपक्षीबीच टकरावको स्थिति, संकटमा संशोधन बिधेयक

    सरकार र बिपक्षीबीच टकरावको स्थिति, संकटमा संशोधन बिधेयक

    बैशाख १४, २०७४ । सरकार र बिपक्षी दलहरुबीच पुनः टकरावको स्थिति उत्पन्न भएको छ । संविधान संशोधन र स्थानीय तहको संख्याका विषयमा फरक–फरक अडान भएपछि पुनः सरकार र बिपक्षी दलहरु आमनेसामने भएका हुन । सरकारले कुनैपनि हालतमा संशोधन बिधेयक पारित गर्ने अडान लिएपछि एमाले नेतृत्वको नौ दलीय बिपक्षी गठवन्धन पनि जुर्मुराएको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसंगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसंगै निश्क्रिय रहेको थियो । तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गठबन्धन सक्रिय भएको छ । बिहीबार बसेको गठवन्धनको बैठकले संशोधन प्रस्तावमाथि संशोधन हाल्ने र सत्तापक्षले चाहे जस्तो कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन नदिने निर्णय गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव असफल पार्ने नीति लिएको हो । उता, संघीय गठवन्धन र सरकारको बिहीबार बसेको बैठकले फाष्ट ट्रयाकबाट संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

  • सरकार र संघीय गठवन्धनबीच संशोधनलाइ फाष्ट ट्रयाकबाट  पारित गर्ने सहमति

    सरकार र संघीय गठवन्धनबीच संशोधनलाइ फाष्ट ट्रयाकबाट पारित गर्ने सहमति

    बैशाख १४, २०७४ । प्रधानमन्त्री दाहाल र संघीय गठबन्धनका नेताहरुबीच संविधान संशोधन विधेयकलाइ द्रुत मार्गबाट पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा खुलेर छलफल भएको थियो । गठवन्धनका नेताहरुले एमालेले कुनैपनि हालतमा निर्वाचन भाँडन खोजेकाले सरकारलाइ संविधान संशोधनमा सहयोग गर्ने बताएका छन । बैठकले भोलि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

  • संविधान संशोधन हुन नदिन एमाले गठवन्धन ब्युँतियो

    संविधान संशोधन हुन नदिन एमाले गठवन्धन ब्युँतियो

    बैशाख १४, २०७४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसंगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसंगै निश्क्रिय रहेको थियो । तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युँताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले संविधान संशोधन प्रस्ताव असफल पार्ने रणनीति तय गर्नेछ ।