नेपालको समस्या र चुनौति बन्दै बाल विवाह

सहयात्रा टिभी

सहायात्राटीभी : कुनै पनि राष्ट्रले तोकेको निश्चित उमेरभन्दा कम उमेरमा विवाह गरिनुलाई बाल विवाह भनिन्छ । विशेषत: नेपालमा बालिकाको हकमा १८ वर्ष र बालकको हकमा २० वर्ष भन्दा कम उमेरमा विवाह गरिनु बालविवाह मानिन्छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्नको लागी महिला र पुरुष दुवैलाई २० वर्ष अनिर्वाय पुगेको हुनु पर्ने उल्लेख गरेको छ । तर नेपाल बाल विवाह गर्ने दक्षिण एसियाली मुलुकहरुमा नै तेस्रो प्रमुख राष्ट्रमा पर्दछ । यो तथ्याङ्क अत्यन्तै लज्जास्पद तथ्याङ्क हो । नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह पूर्ण रुपमा अन्त्य गर्ने रणनीति तयार गरेको छ ।

नेपालमा वि.सं. २०६८ सालको जनगरणा अनुसार १ लाख ३८ हजार १५ जना बालबालिकाहरुको १० वर्ष भन्दा कम उमेरमा विवाह भएको छ । त्यसमा १ लाख १५ हजार १ सय ५० जना बालिकाहरुको संख्या रहेको छ । युनिसेफको सन् २०१६ को तथ्याङ्क अनुसार नेपालमा ३७ प्रतिशत बालिकाहरुको १८ वर्ष भन्दा कम उमेरमा विवाह हुने गरेको छ । त्यसैगरि १० प्रतिशत बालिकाहरुको विवाह १५ वर्ष भन्दा कम उमेरमा हुन्छ ।

विशेष गरेर नेपालका तराईमधेसका जिल्लाहरु र पश्चिमि पहाडि जिल्लाहरुमा बालविवाहको प्रचलन बढि भएको पाइन्छ । बाल विवाह हुनुमा धेरै कारणहरु मध्ये धार्मिक अन्धविश्वासलाई एक मुख्य कारण मान्न सकिन्छ । अझै पनि नेपालका पश्चिमि विकट जिल्लाहरुमा बालिकाहरु महिनावारी सुरु हुनु पूर्व नै विवाह गरेर घर पठाउने चलन कायम रहेको छ । महिनावारी सुरु हुनु भन्दा पहिले छोरीले माइति घार छोडेमा बाबुआमा स्वर्ग जान पाउने धार्मिक मान्यताले जरा गाडेका विकट पहाडि जिल्लाहरुमा बालिकाहरुको १० वर्ष भन्दा कम उमेरमा विवाह हुने गरेको छ । त्यसैगरि गरिबीको कारणले पनि छोराछोरीको चाँडो विवाह गरिदिने चलन छ । धेरै सन्तान जन्माउने र सबै सन्तानका आवश्यकताहरु पुरा गर्न नसकेपछि छोरीहरुको चाँडै उमेरमा विवाह गरि पठाउने गरिन्छ । त्यसैगरि घरमा काम गर्ने मानिसको आवश्यकता पुरा गर्न पनि छोराहरुको विवाह गरिदिएर बुहारी ल्याउने परम्पार देखिन्छ । विशेष गरेर हाम्रो नेपाली सामाजिक बन्धन पनि बालविवाहको एक जिम्मेवार तत्व हो ।

छोरीहरुको सानै उमेरमा विवाह गरिदिने परम्परा रहेको समाजमा छोरीको विवाहमा केहि ढिला गरेमा समाजमा कुरा काट्ने,  छोरी हेराउन केटा पक्षबाट मानिसहरु ल्याएर आउने, छोरीलाई ठूली भएसम्म घरमा राखेमा पराई पुरुषले आँखा लगाउँछन् भन्ने मान्यता, पहिलो पटक छोरी माग्न आउनेलाई नै विवाह गरिदिनु पर्छ भन्ने मान्यता, ढिला सम्म विवाह नगरेमा फलानाकि छोरीलाई कसैले लगेन, विकिन भनेर नकारात्मक दृष्टिकोणबाट हेरिनु आदि जस्ता सामाजिक दबाबले पनि छोरीको चाँडो विवाह गरिदिने गरिन्छ ।

तराईतिर दाइजोका कारणले छोरीको छिटो विवाह गरिन्छ । कतिपय जातमा छोरीलाई जति धेरै पढायो, जति बढि उमेर भयो त्यति बढि दाइजो दिनु पर्ने हुन्छ त्यसैले पनि कम उमेरमा नै विवाह गरि पठाइन्छ । यी  कम उमेरमा हुने विवाहका सम्पूर्ण कारणहरु उत्पन्न हुनुमा अशिक्षाले बढि मात्रामा भुमिका खेलेको पाइन्छ् । मानिसमा शिक्षाको कमि भएका कारणले नै सोचाइमा परिपक्कता नभइ समाजको दबाब, धार्मिक अन्धविश्वास र कुरितिका कुरा, गरिबिको समस्याले छोरा वा छोरीको चाँडो विवाह गरिन्छ ।

अपरिपक्क उमेरमा विवाह गर्नाले देखिने समस्याहरु अति नै कहालिलाग्दा छन् । एक त बालापनको अनुभुति गर्ने उमेरमा जिम्मेवारी सम्हाल्नु पर्दा महिला र पुरुष दुवैमा मानसिक तनाव उत्पन्न हुन्छ । सानै उमेरमा विवाह गर्नाले महिला र पुरुष दुवैमा सबै कुराको पर्याप्त ज्ञान हुँदैन । अपरिपक्क उमेरबाट यौन क्रियाकलापमा सहभागी हुँदा र सानै उमेरमा गर्भवती भई सन्तान उत्पादन गर्दा महिलाको शारिरीक स्वाथ्यमा निकै खराबि आउन सक्छ । सानै उमेरमा बच्चा जन्माएपछि आफ्नो र बच्चाको ख्याल गर्न नसक्दा आमा र बच्चा दुवैको स्वाथ्यमा समस्या देखिन्छ । अशिक्षित हुने, मानसिक विकास ठप्प हुने, महिलाहरु घरको काममा सिमित रहने हुनाले आर्थिक समस्या देखिने र परिवारमा कलह उत्पन्न हुने सम्भावना बढि हुन्छ । यसले कुनै एक दम्पत्ति र एक परिवारमा मात्र नभई पुरै समाज र देशमा समस्या देखिन्छ ।

यो समस्यालाई हल गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट विशेष पहल गरिनु पर्छ । गाउँगाउँमा जनचेतना फैलाउने कार्यक्रमहरुको आयोगना गर्ने, सडक नाटक, पर्चा पम्प्लेट लगायतका माध्यमबाट सचेतना फैलाउने, छोरीहरुलाई पनि शिक्षामा अग्रसर गराउने, परिवारमा गरिबि हटाउन सरकारी निकायबाट रोजगारिका अवसरहरु प्रदान गर्ने, धार्मिक अन्धविश्वास र कुरितिहरुका बारेमा गाउँसमाजमा सचेत बनाउने, बाल विवाहका बेफाइदाहरुको बारेमा जानकारी गराउने, वैकल्पिक शिक्षा तथा प्रौढ शिक्षाको माध्यमबाट शिक्षामा जोड दिने, किशोरि लगायत उनीहरुको परिवारलाई यौन शिक्षाको बारेमा जानकारी गराउने र समग्रमा जुनसुकै माध्यमबाट पनि बालविवाहका बेफाइदा र यसबाट उत्पन्न हुने समस्याका बारेमा सम्पूर्ण मानिसहरुमा जानकारी गराउने कार्य गरि बालविवाह न्यूनिकरण गर्न सकिन्छ । बाल विवाह न्यूनिकरण गर्न सकेमा मात्र प्रत्येक नागरिक शिक्षित, परिपक्क र सक्षम हुन्छन्, फलस्वरुप देश विकासमा योगदान पुग्न सक्छ भने शान्त र संवृद्ध मुलुक निर्माणमा समेत योगदान मिल्न सक्छ ।

यो पनि पढ्नुहोस् 

विवाह र यौन सम्वन्ध

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

犀利士
n style=”font-size: 12pt;”>समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्