केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय जनावर गाईको सम्मान अभियान : भाग–२

सहयात्रा टिभी

 

सहायात्राटीभी : हिन्दु धर्मावलम्बीहरुको मस्तिष्कमा गाई भगवानको रुपमा रहेको छ भने राष्ट्रको कानुनका पानाहरु पल्टाउने हो भने गाईलाई राष्ट्रिय जनावर भनेर लेखिएको छ । केहि महिना अघि प्रदेश ३ की उपसभामुख राधिका तामाङले गाई खान पाउनुपर्छ भनेर सार्वजनिक रुपमै भनिन भनेर फेसबुकका भित्ताहरुमा उनका बारेमा निकै टिकाटिप्पणी भएका थिए । तर आज राजधानीका सडकहरुमा व्यवाह्रिसे अवस्थामा हिँड्ने जनावर गाई हुन कि होइनन् ? की हिन्दुहरुले पुजा गर्ने गाई, राष्ट्रले राष्ट्रिय जनावर मानेको गाई, यी सडकहरुमा भौतारिरहेका गाई भन्दा फरक हुन् ? खैर जे होस । तर यी सडकहरुमा भौतारिरहेका गाईलाई भावनात्मक दृष्टिबाट टाढा रहेर हेर्ने हो भने यीनिहरुले हरेक क्षेत्रमा असर पु¥याइरहेको देखिन्छ ।

सडकमा हिडिँरहेका अथवा उग्राएर बसेका गाईहरुबाट धेरै सडक दुर्घटना हुने गरेका छन् । सडकमा हिँड्ने यात्रुहरुसमेत सडकमा जथाभावी छाडिएका गाईका कारण हिड्डुल गर्न निकै प्रभावित भएको बताउँछन् । बाटोमा हिँड्ने एक पैदल यात्रु सुजन परियारले हिँड्ने बाटोमा गाईहरु बस्नाले आफु कैँयौ पटक सिधा बाटो छाडेर वैकल्पिक बाटो हिँड्नुपरेको गुनासो गरे ।


मनिसले जवसम्म गाईले दुध दिन्छ तवसम्म घरपालुवाको रुपमा स्वीकार्ने र दुध दिन छाडेपछि बाटोमा छाडिदिने मानवको गलत तरिकाले राजधानीका सडकमा आजभोलि प्रशस्त मात्रामा छाडा गाईहरु भेटिन्छन् ।
एक माइक्रोका चालकले गाडि दु्रत गतिमा चलाईरहेको समयमा कतिपटक बाटो काट्न लागेका गाईहरुबाट दुर्घटना हुन लागेको अवस्थाबाट आफु बचेको बताउँछन् । त्यस्तै माईक्रो चालकका सहयोगी रुद्रा रसाईलीले स्मरण गर्दै भनिन् ‘ एक पटक गाडि गुडिरहेको समयमा गाईले अगाडिबाट बाटो काट्दै थियो, हामीले त्यसलाई बाटो काट्न दिन गाडीको गति कम ग¥यौँ, तर गाई विचमा आएर उभिदियो । त्यसपछि ड्राइभरले हर्न मात्र के बजाएका थिए गाई त उफ्रिएर झन्डै अन्य गाडिहरु दुर्घटनामा परेको थियो ।’
बाटोमा अव्यवस्थित रुपमा रहेका गाईहरुका विषयमा एक पैदल तथा सवारी साधनको प्रयोगकर्ता पुष्प भट्टले www.sahayatratv.com सँग कुरा गर्दै भने, ‘गाई नेपालीको पुजा गरीने जनावर हो, यो सँगै नेपालको राष्ट्रिय जनावर पनि हो । त्यसैले गाईको संरक्षण गर्नुपर्छ नकि सडकमा छाडा छाडेर होईन ।
मानिस चेतनशील प्राणी भएकाले गाई लगायत कुनै पनि पशुको संरक्षण गर्नु मानवको कर्तव्य हो । आफ्नो स्वार्थपुर्ती हुदाँसम्म गाई पाल्ने र पछी समाजको, सरकारको टाउकोमा थोपारी दिने कार्य अवष्य नै अविवेकीपन प्रस्तुत गर्नु हो । त्यसैले गाईलाई बाटोमा छाडेर अमानवीय क्रियाकलाप गर्नेहरुलाई राज्यले दण्ड दिनैपर्छ ।’


वास्तवमा वर्षको एक दिन गाई पुजाको दिन गाईलाई पुजा गर्न गाई खोज्दै हिँड्दैमा र फेसबुक लगायतका सामाजिक सञ्जालमा गाईका बारेमा अरुले नराम्रो भने भनेर अस्लिल शब्दको प्रयोग गरि अनेकन टिकाटिप्पणी गर्दैमा गाईप्रतिको सम्मान र श्रद्धा केवल देखावटी मात्र हुन पुग्छ । गाईलाई जथाभावी बाटोमा छाड्ने अमानवीय क्रियाकलप नगरे र हाल बाटोमा भौतारिरहेका गाईहरुको व्यवस्थापनका निम्ति राज्यले उपयुक्त उपाय चाँडो भन्दा चाँडो अपनाए मात्र गाईका कारणबाट यात्रुहरु, सवारी चालकहरुमा देखिएका समस्या समाधान हुनुको साथै हामीले मौखिक रुपमा गौमाता भनेर व्यक्त गर्ने देखावटी पनामा पनि वास्तविकता झल्किन्थ्यो कि !!!

यो पनि पढ्नुहोस् 

नेपालको समस्या र चुनौति बन्दै बाल विवाह

विवाह र यौन सम्वन्ध

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 6 August, 2018

प्रतिक्रिया दिनुहोस्