Category: राजनीति

  • मोदीको सुरक्षाका लागी नेपाल र भारत दुबैैका सुरक्षा टोली सक्रिय

    मोदीको सुरक्षाका लागी नेपाल र भारत दुबैैका सुरक्षा टोली सक्रिय

    काठमाण्डौं । बैशाख–१८, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी सक्रिय रुपमा लागी परेका छन् ।

    मोदीको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेको छ ।

    मोदीको सुरक्षाका निम्ति नेपाल आएको भारतीय सुरक्षाकर्मीको टोली र नेपालका सुरक्षाकर्मीको टोली मिलेर मोदिको सुरक्षाको लागी स्केच तयार गरिसकेका छन् ।

    उक्त स्केच गोप्य रुपमा राखिएको छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

    मोदीको जनकपुर भ्रमणका बेला करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। आन्तरिक मामिलामन्त्री यादवले मोदीको सुरक्षा बन्दोबस्तका लागि प्रदेशको सुरक्षाकर्मी अपुग भए बाहिरबाट समेत झिकाउने बताए।

  • जनस्तरबाट विकास गर्न सकिने:रक्षामन्त्री पोखरेल

    जनस्तरबाट विकास गर्न सकिने:रक्षामन्त्री पोखरेल

    काठमाण्डौ। वैशाख–१७, रक्षामन्त्री ईश्वर पोखरेलले विकास गर्नको लागि सरकारको आश नर्गन आग्रह गरेका छन । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान बुढानिलकण्ठको पासीकोटस्थित प्राणप्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले जनस्तरमा संगठित भएर विकासको काममा अघि बढाउन सकिने बताएका छन ।

    एमाले महासचिव समेत रहेका मन्त्री पोखरेलले यस्ता राम्रा कामले निरन्तरता पाउनुपर्ने बताए । उनले सार्वजनिक सम्पत्तीको सुरक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै स्थानीयलाई संगठित भएर काम गर्न आग्रह गरे ।

    उनले सरकारको ध्यान आर्थिक विकास सम्वृद्धि र सुशासनमा केन्द्रित रहेको बताएका छन । उनले सरकारको सहयोगबिना पनि जनस्तरबाट आफ्नो क्षेत्रको विकास गर्न सकिने बताए ।

  • सिरहाको लहान नगरपालिकाका मेयरलाई ६० लाखको गाडि

    सिरहाको लहान नगरपालिकाका मेयरलाई ६० लाखको गाडि

    सिरहा । बैशाख–१७, सिरहाको लहान नगरपालिकाका  मेयर मुनी साहलाई ६० लाखको गाडि किन्ने निर्णय गरिएको छ ।लहान नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले मेयरका लागी ६० लाख रकम बराबरको गाडि खरिद गर्ने निर्णय गरेको हो।

    मेयर साहले निर्वाचित भएदेखि आफ्नै छोराको गाडि प्रतिदिन चारहजार मुल्य तिरेर भाडामा चलाउँदै आएका थिए । प्राविधिक चढ्नका लागि एउटा जिप पनि किन्ने निणर्य गरिएको छ जुन करिब ३५ लाख पर्छ ।

    हाल नगरपालिकामा एउटा मात्र गाडि भएको जसमा मेयर, उपमेयर र कार्यकारी अधिकृत पालैपाले चढ्नु पर्दा समस्या भएको नगरपालिकाका अधिकृतले जानकारी दिए ।

  • कांग्रेसको पदाधिकारी नियुक्ति तयारी

    कांग्रेसको पदाधिकारी नियुक्ति तयारी

    काठमाण्डौँ । बैशाख–१७,नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवाले २६ महिनापछि पदाधिकारी नियुक्तिको तयार गरेका छन । विधानमा दुई महिनाभित्र पदाधिकारी नियुक्त गर्ने प्रावधान छ ।

    तर, २६ महिनापछि नियुक्तिको तयारी गरेपछि रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ । सुशील कोइराले दुई महिनाभित्रै प्रस्ताव पेश गरे पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा ढिलाई भएको थियो ।

    सभापति देउवाले दुई महिनाभित्र प्रस्ताव समेत ल्याउन नसकेको पौडेल पक्षका एक नेताले बताएका छन । देउवाले विमलेन्द्र निधिलाई उपसभापति र पुर्णबहादुर खड्कालाई महामन्त्री नियुक्तिको तयारी गरेको स्रोतले बताएको छ ।

  • लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा शान्ति र्‍याली

    लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा शान्ति र्‍याली

    बुटवल । बैशाख–१७, २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको र्‍याली शान्तिपुर्ण भएको छ ।

    र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु तथा देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध धर्मालम्बीहरू उपस्थित भएका छन ।

    मायादेवी मन्दिरबाट शुरु र्‍याली लुम्बिनीको मुख्य–मुख्य भागको परिक्रमा गरेको थियो । आइतबार बौद्ध सम्मेलनमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाण्डौँ फर्कने भएका छन ।

  • बालकको अभिभावकत्व ग्रहण:डा. बावुराम

    बालकको अभिभावकत्व ग्रहण:डा. बावुराम

    काठमाण्डौ । बैशाख–१६,सरकारले सुरु गरेको विधार्थी भर्ना अभियानलाई नयां शक्ति पार्टीका पुर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईले पनि साथ दिएका छन । उनले गोरखा जिल्लाको खोप्लाङका ३ वर्षे बालक रोशन परियारको अभिभावकत्व भएका हुन ।

    उनले रोशनलाई खोप्लाङको शारदा माध्यामिक विद्यालयमा भर्ना गर्दै भट्टराईले उनको शिक्षामा सहयोग गर्ने बताएका छन् ।

    उनी शुक्रबार विद्यालय भर्ना भएका थिए । भट्टराईले उनको लागि विद्यालयमा दिउसो खाजाको व्यावस्था पनि गरेका छन ।

    उनले आफ्नै गाउँले शिशु रोशन परियारलाई पालुङटारको शारदा माविमा भर्ना गरी अभिभावकत्व हुदै नागरिक दायित्व निभाएका छन ।