Category: राजनीति

  • कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक सुरु हुन सकेन

    काठमाण्डौँ । बैशाख–१६,नेपाली कांग्रेसको चुनावी समिक्षको केन्द्रीय समितिको अन्तिम बैठक आज पनि सुरु हुन सकेको छैन । आइबार बिहान ९ बजेको लागि बोलाएको भए पनि बैठक सुरु हुन सकेन ।

    चैत्र ९ बाट जारी बैठक छिट्टै सकिने भनिएता पनि विभिन्न कारणले महिना दिनभन्दा बढी लम्बिएको छ। पार्टीको भावी कार्यक्रम र प्रस्तुति कस्तो रहने भन्ने विषयमा महामन्त्री शशांक कोइरालाको प्रतिवेदनलाई लिएर कांग्रेसमा तनाव उत्पन्न भएको हो।

    महासमिति कहिले तोक्ने, हारको जिम्मा कसले लिने भन्ने विषय र पदाधिकारी  विवाद भएपछि कांग्रेस केन्द्रीय समितिमा चर्केको हो ।

    यसका लागि देउवा र पौडेल पक्षले अआफ्नै दाबी गरेकोले शान्त हुन अझै समय लाग्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन । कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिएसँगै आजको बैठक पनि अनिश्चित बनेको छ ।

  • कांग्रेसद्धारा डोल्पामा छायाँ सरकार गठन

    कांग्रेसद्धारा डोल्पामा छायाँ सरकार गठन

    डोल्पा । बैशाख–१६, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसले छायाँ सरकार गठन गरेको छ ।

    नेपाली कांग्रेसले त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरेको हो ।

    उक्त छायाँ सरकारको सहयोगका लागी त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको छ ।

    उक्त सरकारले सो नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्नेछ।

    अबको केही समयभित्रै बाकिँ गाउँपालिका र नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिए।

  • प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै

    प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै

    बुटवल । वैशाख–१६,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभालाई सम्बोधन गर्दै छन। बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

    संसद् सचिवालयका सचिव डा. मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गरेका छन।

    नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको स्रोतले बताएको छ ।

    प्रधानमन्त्री ओलीले कुनै पनि प्रदेशसभा बैठकलाई गर्न लागेको यो पहिलो सम्बोधन हो।

  • उर्जामन्त्री वर्षमान पुनद्धारा ६ जलविद्युत आयोजना निरीक्षण

    उर्जामन्त्री वर्षमान पुनद्धारा ६ जलविद्युत आयोजना निरीक्षण

    नुवाकोट । बैशाख–१६, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले रसुवा र नुवाकोटका चार जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । शुक्रबार र शनिबार मन्त्री पुन आयोजना स्थलमै पुगी निरीक्षण गरेका हुन् ।

    नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ६ मा नेपालकै सबैभन्दा ठूलो २५ मेगावाटको ग्रीड सोलार प्लान्टको शिल्यान्यास गरेका पुनले आयोजनामा भइरहेको प्रगतिबारे जानकारी लिँदै निर्धारित समयमा आयोजनाको काम सक्न निर्देशन समेत दिएका छन् ।

    मन्त्री पुनद्धारा देवीघाट जलविद्युत आयोजना,त्रिशुली थ्री ए, त्रिशुली थ्री बी, चीलीमे जलविद्युत आयोजना, रसुवागढी जलविद्युत आयोजना र साञ्जेन जलविद्युत आयोजना गरी रसुवा र नुवाकोटका ६ वटा जलविद्युत आयोजनाको निरीक्षण गरिएको हो ।

    मन्त्री पुनले आगामी १० वर्षमा कम्तिमा १० हजार मेघावाट जलविद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले उक्त लक्ष्य पुरा गर्न हाल निर्माण भइरहेका जलविद्युत आयोजनाका कार्यहरु समयमा नै सम्पन्न गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

    नुवाकोट र रसुवामा संचालित जलविद्युत आयोजनाहरुको अवलोकन तथा निरिक्षणका लागि मन्त्री पुनसँगै मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत विभिन्न आयोजनाहरुका पदाधिकारी तथा निर्माण कम्पनीका प्रतिनिधीहरु पुगेका थिए ।

  • वैशाख भित्रै एकताको निष्कर्ष निकाल्ने

    वैशाख भित्रै एकताको निष्कर्ष निकाल्ने

    काठमाडौँ । वैशाख–१६, बालुटारमा माओवादी केन्द्रका अध्क्षय प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच पार्टी एकता बैशाख भित्रै निष्कर्षमा हुने गरि छलफल गरेका छन ।

    पार्टी स्थापना दिवस ९ वैशाखमा एकता घोषणासभा गर्ने योजना पछि दुबै नेताले बैशाख २० गते भित्रमा मिति टुंगो लगाउने गरि छलफल गरेका हुन । शुक्रबार र शनिबार दुई नेताले करिब पाँच घन्टा छलफल गरेका थिए । 

    एकीकृत पार्टीमा दुवै पार्टीको सबै विषयको लगभग टुंगो लागिसकेको र बैशाख २० गतेमा एकता घोषणासभा मितिको निर्णय हुन सक्ने प्रचण्ड निकट स्रोतले जनाएको छ ।

    तर, माओवादी केन्द्रका नेता अग्नि सापकोटाले अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी नै रहेको बताएका छन । उच्च स्रोतका अनुसार मिल्न बाँकी विषयमा करिब–करिब टुंगो लागेर प्राविधिक पक्षको गृहकार्य जारी रहेकाले २० वैशाख भित्रै पार्टी एकता संयोजन समिति बैठक दुबै नेताबीच समझदारी भएको छ ।

    दुबै नेताको वार्ता सकारात्मक दिशा मै गइरहेजस्तो देखिन्छ, तर उहाँहरूले नै केही नबताएपछि कुनै जानकारी हुने कुरा नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन ।

    उनले छलफलमा निरन्तर चलिरहेकाले कहिलेसम्म एकता भइसक्छ भन्न सकिने अवस्था छैन भनेका छन । त्यसै गरि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले शनिबारको छलफल संघीय सरकारको कामकारबाही र प्रदेश सरकारका विषयमा केन्द्रित भएको जानकारी दिएका छन ।

  • बुटवलमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु

    बुटवलमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु

    बुटवल । बैशाख–१४,बुटवलमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु भएको छ । लुम्बिनि प्रेस क्लबले गौतम बुद्ध बिमानस्थल भैरहवामा कार्यक्रम आयोजना गरेको हो । सुशासन र सुरक्षाकोलागी सरकार सधैं प्रतिबद्ध रहेकोे गृहमन्त्री रामबहादुर थापाले बताएका छन । 

    शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै गृहमन्त्रीले मुलुकको शुसासनका लागी सरकार लागेको उल्लेख गर्दै शान्ति सुब्यबस्था कायम राख्न सरकारले कुनै बाकी नराखेको दाबी गरेका छन ।

    थापाले यातायात ब्यवसायीले थालेको आन्दोलन प्रति तोक्दै प्रतिस्पर्दाबाट आर्थिक समृद्धि गर्नुपर्ने बताउदै यातायात ब्यवसायीको सिन्डीकेट समाप्त पारेरै छाडने दाबी गरेका छन । उनले माओबादी केन्द्रका महासचिब समेत रहेका गृह मन्त्रि थापाले एमाले र माओबादी केन्द्र बिच चाडैनै एकता हुने बताउंदै एकताको मिति केही दिनमै तय हुने समेत बताएका छन ।

    देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न , सुन काण्डमा प्रहरीका अधिकारीहरु मुछिएकोप्रति अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नेुपर्ने उनले बताएका छन । ७ वटै प्रदेशमा प्रदेश स्तरिय कार्ययोजना बनाएर सरकार अघि बढन थालेको पनि गृह मन्त्रि थापाले बताएका छन ।