Category: राजनीति

  • परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अपाङ्गता भएका विद्यार्थीका लागी अक्षयकोष स्थापना

    परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अपाङ्गता भएका विद्यार्थीका लागी अक्षयकोष स्थापना

    गुल्मी । बैशाख–१४, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो जिल्ला गुल्मीमा छोरीको नाममा १ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

    मन्त्री ज्ञवालीले अपाङ्गता भएका बिद्यार्थीहरुलाई पढ्न मद्दत गर्ने उद्देश्यले आफ्नी अपाङ्गता भएकी छोरीको नाममा कोषको स्थापना गरेका हुन् ।

    उनले आफूले १० कक्षासम्म अध्ययन गरेको रिडी माविमा क्षितिज विशेष प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका हुन् ।

    उनले गुल्मीमा छत्रकोट गाउँपालिका ५ खज्याङकी अस्मिता परियारको अभिभावकत्व लिएका छन् । बीबीस्मृति प्राबि छत्रकोटमा २ कक्षामा पढ्ने परियारलाई भर्ना गर्दै उनले सम्पूर्ण खर्च व्यहोर्ने बताए ।

    साथै शिक्षामा रहेको विभेद हटाउनका लागि सरकारले असहाय विद्यार्थीको अभिभावकत्व लिएर शिक्षामा परिर्वतन गर्न चाहेको पनि उनले बताए ।

  • कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित

    कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित

    काठमाण्डौँ । बैशाख–१४,नेपाली कांग्रेसको कार्यसमितिको जारी बैठक स्थगित रहेको छ । शुक्रबार बसेको बैठकमा आ– आफ्नो धारणा राखि सकेपछि पदाधिकारीहरुले जवाफ दिने भनिएता पनि भोली सम्मको लागि बैठक स्थगित रहेको हो ।

    आजको बैठकमा रामचन्द्र पौडेले अन्तिम धारणा राखेका थिए । आमन्त्रित सदस्य विजयकुमार गच्छदारले हिजो ३ घण्टा भन्दा बढि सम्म बोले पनि आफ्नो धारणा नसिध्याएका आज पनि एक घण्टा बोलेका थिए ।

    उनले पार्टी एकीकरण गर्दा भएका सम्झौताहरूलाई लागु गर्न जोड दिएका छन ।

  • बैशाख २३ गतेबाट संसदको बजेट अधिवेशन

    काठमाण्डौँ । बैशाख–१४,शुक्रबार भएको मन्त्रीपरिषदको बैठकले संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारले बैशाख २३ गतेदेखि संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष निर्णय गरेको हो ।

    आन्तरीक शान्ति सुरक्षासम्बन्धी ऐन तर्जुमा गर्न गृहमन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

    वैदेशिक रोजगारको न्यायाधिकरण रिक्ता सदस्यमा न्याय सेवाका सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए छन।

    यस बैठकमा मन्त्रिपरिषद्ले वीरगन्जस्थित नेपाल भारत एकीकृत जाँच चौकी हस्तान्तरणका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने पनि निर्णय गरेको छ ।

  • सरकारले खटाएको ठाउँमा नगए कारबाही हुन्छ : मन्त्री पण्डित

    सरकारले खटाएको ठाउँमा नगए कारबाही हुन्छ : मन्त्री पण्डित

    बुटवल  । बैशाख–१४, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीहरुलाई काम छाड्न चेतावनी दिएका छन् ।

    लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    जागीर खाने बेलामा देशको जुनसुकै ठाउँमा पठाए पनि जान्छु भनेर सपथ खाएको कुरालाई स्मरण गराउँदै सरकारी कर्मचारीहरु सरकारले पठाएको ठाउँमा जानै पर्ने, यदि नजाने हो भने जागीर छाडेर व्यक्तिगत जीवन बिताए हुन्छ भनी स्पष्ट पारेका छन् ।

    सरकारले अहिले कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न नसक्ने साथै कर्मचारीले अहिले स्वेच्छिक अवकास लिएर जान पनि नपाउने कुरा कार्यक्रममा प्रष्ट पारेका छन् ।

  • उत्तरका नेता दक्षिणमा: ऐतिहासिक शिखर वार्ता सुरु

    उत्तरका नेता दक्षिणमा: ऐतिहासिक शिखर वार्ता सुरु

    बैशाख–१४,उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरयाली राष्ट्रपति मुन जाई इनको वार्ता सुरु भएको छ । वार्ताका लागि दुई देशको सिमा क्षेत्र पानमुनजोममा दुबै देशका प्रमुखहरु उपस्थित भइसकेका छन ।

    शिखर वार्ताबाट परमाणु निःशस्त्रीकरण लगायतका विषयमा सहमतिमा पुग्ने विश्वास गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन  जाई इनले वार्ता

    शुरू हुनुअघि दुई देशबीचको सीमामा किमलाई स्वागत गरेका थिए । सन् १९५३ मा कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम उत्तर कोरियाका पहिलो नेता बनेका छन् ।

  • मफुजा खानमले किन भेटिन प्रचण्डलाई !

    मफुजा खानमले किन भेटिन प्रचण्डलाई !

    काठमाण्डौँ । बैशाख–१४, माओवादी केन्द्रको अध्क्षयले शिक्षामा परिर्वतन हुन शिक्षकको अति महत्वपुर्ण भुमिका रहेकोे बताएका छन । शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीसँगको भेटमा प्रचण्डले नेपालमा भएका निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा नेपाली शिक्षकहरुको ठुलो त्याग र बलिदान भएको बताए ।

    उनी विश्व शिक्षक संगठन सम्मेलन नेपालमा गर्ने कुराले आफु खुसि भएको बताएका छन । नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले बताइन् । उनले प्रचण्डलाई हामी सबै शिक्षकहरुको लागि तपाई आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत भएको बताइन ।