Category: मुख्य समाचार

  • कोरियाबारे अमेरिकी सिनेटमा छलफल

    कोरियाबारे अमेरिकी सिनेटमा छलफल

    बैशाख १२, २०७४ । उत्तर कोरियाको आणविक गतिविधिका विषयमा अमेरिकी सिनेट बैठकमा छलफल हुने भएको छ । उत्तर कोरियाले अमेरिका लगायत छिमेकी राष्ट्रहरुलाइ मिसायल परीक्षण गर्दै धम्काउन थालेपछि अमेरिकी सिनेटमा छलफल हुन लागेको हो । अमेरिकाले उत्तर कोरियाको मिसायल परीक्षण र आफू लगायत छिमेकी राष्ट्रलाइ धम्क्याएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सिनेटमा बैठकमा १ सय सिनेटरसहित रक्षा सचिव जेम्स म्याटिस र राज्य सचिव टिलेरसन पनि सहभागी हुनेछन । अमेरिका लगायत बिभिन्न शक्ति राष्ट्रले उत्तर कोरियासंगको साँठगाठबाट चीनलाइ बाहिरिन दवाव दिंदै आएका छन । यो विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आइतबार मात्रै टेलिफोनमा कुराकानी भएको थियो । चीनले तनाव बढाउने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताउ“दै आएको छ ।

  • त्यो कहाली लाग्दो दिन ..

    त्यो कहाली लाग्दो दिन ..

    बैशाख १२, २०७४ । विनाशकारी भूकम्प गएको आज दुइ वर्ष पूरा भएको छ ।
    आजकै दिन गोरखाको बारपाकलाई केन्द्र बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । दुईहजार बहत्तर साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा परी झण्डै नौ हजार मानिसको मृत्यु भयो । हजारौं घाइते भए, कैयौं अंगभंग भए, भौतिक संरचनाहरु खण्डहरमा परिणत भए । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि परकम्पहरु आउने क्रम अझै रोकिएको छैन । भूकम्पबाट बिस्थापित भएका मध्ये धेरैजसो अझैपनि खुल्ला चौरमा पाल टाँगेर बस्न बाध्य छन । सरकारले पीडितलाइ राहत र भत्किएका सबै प्रकारका संरचनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेपनि त्यसको काम प्रभावकारी हुन सकेको छैन । उल्टो प्राधिकरण राजनीतिक खेल मैदान बनेको छ । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत फेरिएपनि कुनै काम अघि बढन सकेको छैन ।
    धेरै पीडितले अझैपनि अनुदान नपाउ“दा आवास समेत निर्माण गर्न नसकेको गुनासो गरेका छन । भूकम्प लगत्तै दातृ निकायबाट अरबौं सहयोग रकम घोषणा भएपनि त्यो अझै प्राप्त हुन सकेको छैन । यसैबीच, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट तथा जनशक्ति अभावमा पुनर्निर्माणको कामले गति लिन नसकेको जनाएको छ ।
    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले ४० प्रतिशत घर पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो । भूकम्पको दुई वर्षमा ३४ अर्ब ५२ करोड रुपैया“ खर्च भएको उहाँले जानकारी दिनुभयो । पोखरेलले घर निर्माणको काम तीब्र गतिमा भइरहेको भन्दै यसका लागि रकम अभाव हुन नदिने बताउनुभयो । प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालले नीजि आवास, शिक्षण संस्था, पुरातात्विक महŒवका सम्पदा, सरकारी भवन र स्वास्थ्य संस्था निर्माण गर्न तीन खर्ब रुपैया“ आठ अर्ब रुपैया“ रकम अभाव रहेको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैया“ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैया“ खर्च भएको छ । तर, तथ्यांकमा भने भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही मध्ये ४९ हजार ६ सय ८१ घरको पुनर्निर्माण शुरु भएको उल्लेख छ । लाभग्राही आफैले १८ हजार ६ सय ३३ वटा घर पुनर्निर्माण गरेका छन् ।।।

  • भेनेजुयलामा राष्ट्रपतिद्वारा वार्ताका लागि बिपक्षीलाई आह्वान

    भेनेजुयलामा राष्ट्रपतिद्वारा वार्ताका लागि बिपक्षीलाई आह्वान

    बैशाख ११, २०७४ । भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन चर्किएपछि राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गरेका छन । राष्ट्रपति मदुरोले समस्या समाधानका लागि वार्ता आवश्यक रहेको भन्दै विपक्षीलाई आग्रह गरेका हुन । उनले स्थानीय तह निर्वाचनको मिति समेत घोषणा गर्न आफू तयार रहेको भन्दै आवश्यक छलफल गर्न समेत बिपक्षीलाई आग्रह गरेका छन । मदुरोले राज्यले निर्वाचन चाहेको बताएपनि राष्ट्रपतीय निर्वाचनबारे भने केही उल्लेख गरेका छैनन । भेनेजुएलामा करिब १ महिनायता सरकारबिरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले राष्ट्रपति मदुरोलाई राजिनामा दिन तथा आगामी बर्षका लागि तोकिएको निर्वाचनको मिति अगाडी सार्न माग गरेका छन् । मुलुकमा देखिएको आर्थिक संकटमा सरकार जिम्मेवार भएको विपक्षीको आरोप छ ।

  • किर्ते  गरेको अभियोगमा डिआइजी सिलवालसंग सोधपुछ

    किर्ते गरेको अभियोगमा डिआइजी सिलवालसंग सोधपुछ

    बैशाख ११, २०७४ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाइ छानबिनका लागि प्रहरी प्रधान कार्यालय बोलाइएको छ । सरकारी कागजात किर्ते गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले सिलवाललाई सोधपुछका लागि बोलाएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो । डिआइजी सिलवालकासाथ उहा“का कानूनी सल्लाहकार शम्भु थापासंग पनि बयान लिइएको छ । प्रहरी महानिरीक्षकको कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा सिलवाललाई कीर्ते गरेको आरोप लागेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । यसअघि आईजीपीले बोलाएको बैठकमा समेत सिलवाल अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो ।

  • जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्मेलन

    जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्मेलन

    बैशाख ११, २०७४ । जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्वन्धि सम्मेलन हुने भएको छ । उद्योग मन्त्रालयले जेठ २५ र २६ गते उद्यमशीलता सम्मेलन गर्न लागेको हो । उद्यमशिलताको विकास गर्न अभियान कै रुपमा अघि बढाउन सम्मेलन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो । युवा वर्गलाई लक्षित सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । सम्मेलनमा मुलुकभरका ७५ जिल्लाबाट तीन सय युवाहरुको सहभागिता रहने मन्त्रालयले जनाएको छ । मन्त्री जोशीले आर्थिक प्रगतीका लागी उद्यमशीलता अपरिहार्य रहेको भन्दै सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । उद्यमशीलताको विकासमा संलग्न सबै सरोकारवालालाई एउटै मञ्चमा समेट्ने र राज्यको तर्फबाट उद्यमशीलता सम्बन्धी नीतिगत धारणामा स्पष्टता ल्याउन सम्मेलन सफल हुने मन्त्रालयको विश्वास छ ।

  • फ्रान्समा पहिलो चरणको राष्ट्रपति निर्वाचनमा पेन र म्याक्रो विजयी

    फ्रान्समा पहिलो चरणको राष्ट्रपति निर्वाचनमा पेन र म्याक्रो विजयी

    बैशाख ११, २०७४ । फ्रान्समा राष्ट्रपति चुनावको पहिलो चरणमा नेशनल फ्रान्टकी मेरिन ल पेन र एन मार्शका इम्यानुयल म्याक्रो विजयी भएका छन । बिभिन्न ११ उम्मेदवार मध्ये पेन र म्याक्रो अन्तिम दुइमा पर्न सफल भएका हुन । फ्रेञ्च संचारमाध्यमका अनुसार पेनले २१ दशमलव ७ र म्याक्रोले २३ दशमलव ७ प्रतिशत मत प्राप्त गरेका छन । अब उनीहरुबीच अन्तिम प्रतिष्पर्धा मे ७ मा हुनेछ । उनीहरु दुवै जनालाई द रिपब्लीकनका फ्रांस्वा फियो र ल फ्रान्स इनसोमाइजका जा लुक मेलाशोंले कडा टक्कर दिएका थिए ।।।