बैशाख १४, २०७४ । संयुक्त राष्ट्रसंघको आदेशसम्मेत उल्लंघन गर्दै उत्तर कोरियाले आफनो आणविक कार्यक्रम नरोकेपछि अमेरिकाले कडा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले उत्तर कोरियाको परमाणु र मिसायल कार्यक्रम बन्द गराउन प्रतिबन्धको तयारी गरेको हो । यसका लागि कुटनीतिक पहल सुरु भैसकेको छ । उत्तर कोरियाबारे सिनेटमा पर्याप्त छलफल गरिसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो नीति सार्वजनिक गरेका हुन । यसअघि अमेरिकी शीर्ष सैन्य कमाण्डरले दक्षिण कोरियामा उन्नत मिसायल प्रतिरोधी प्रणाली स्थापना गर्नुपर्ने बताएका थिए । प्रशान्त कमाण्डका प्रमुखले एडमिरल हैरी ह्यारिसले उत्तर कोरियाको मिसायलबिरुद्ध लडन अमेरिकाले सर्वश्रेष्ठ प्रविधि प्रयोग गर्ने बताए । चीनले भने दक्ष्ँिण कोरियामा मिसायल प्रतिरोधी प्रणाली स्थापना गर्दा त्यसले असन्तुलन पैदा गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।।।
Category: मुख्य समाचार
-

सरकार गल्यो, स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता, संसद् सुचारू
बैशाख १४, २०७४ । सरकारले स्थानीय तहको संख्या बढाउन आफैले गरेको निर्णय फिर्ता लिएपछि व्यवस्थापिका संसद्को अवरोध हटेको छ । एमालेले अवरोध हटाएसंगै संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल पनि प्रारम्भ भएको छ । बैठकमा कानुनमन्त्री अजयशंकर नायकले छलफलका लागि विधेयकसंसद्मा पेश गर्नुभएको हो । यसअघि सरकारले ल्याएको संविधान संशोधन छलफल योग्य नभएको भन्दै विरोध गरेको एमालेले यस पटक भने छलफलमा भाग लिएको छ । छलफलमा भाग लि“दै एमालेका सांसद् प्रकाश ज्वालाले सीमाङ्कनका विषयमा अहिलेको संविधान संशोधन विधेयक फिर्ता भएकोजस्तो देखिए पनि ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । त्यस्तै सांसद् रेवतीरमण भण्डारीले नागरिकताको प्रावधानको संविधानको मान्यताविपरीत संविधान संशोधन गर्न खोजेको आरोप लगाउनुभयो ।
स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि राष्ट्रिय जनता दल नेपाल भने सरकारसंग आक्रोशित भएको छ । आफूसंग भएको भद्र सहमति उल्लंघन भएको भन्दै राजपाले आन्दोलनको चेतावनी दिएको छ ।
यसबीच, सरकारले रुकुम र नवलपरासीको सीमाङ्कन हेरफेर गरेको छ । सिंहदरबारमा बुधबार सा“झ बसेको मन्त्रिपरिषद् बैठकले रुकुम र नवलपरासीका केही स्थानको सीमाङ्कनमा हेरफेर गरेको हो । बैठकले रुकुमको ११ गाविस र सिस्ने उतरगंगा गाविसलाई मिलाएर ५ नम्बर प्रदेशमा राख्ने र रुकुमका बा“की गाविसलाई ६ नम्बरमा राख्ने निर्णय गरेको छ । त्यस्तै नवलपरासीको त्रिवेणी गाविसको ६ र ७ नम्बरलाई विनयी गाविसमा मिलाउ“दै चार नवर प्रदेशमा राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद् बैठकले रुकुम र नवलपरासीमा दुई चरणमा निर्वाचन गर्ने निर्णय पनि गरेको छ ।।। -

राप्रपाको घोषणापत्रमा– गाउँदेखि देश, अनुशासनदेखि संस्कार बदल्ने कुरा
बैशाख १३, २०७४ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष कमल थापाले पार्टीका शीर्ष नेता र कार्यकर्ताहरुकाबीच राजधानीमा एक समारोहकाबीच घोषणापत्र सार्वजनिक गर्नुभयो । घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले निर्वाचनमा आफूले जितेको गाउं र नगरपालिकामा संगठीत रुपमा धर्म परिवर्तन गर्न नदिने नीति पार्टीले लिएको बताउनुभयो । पार्टीको चुनाव चिन्ह समेत रहेको गाईको संरक्षणका लागि गाउँ र नगरपालिकामा गौशाला निर्माण गर्ने कुरा घोषणापत्रमा उल्लेख छ । यस्तै, एक परिवार एक रोजगारी, २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गर्ने प्रतिबद्धता राप्रपाले जनाएको छ । पाँच बर्ष भित्र प्रत्येक घरमा बिजुली र खानेपानी तथा हरेक वडामा मोटरबाटो पु¥याउने विषय पनि समेटिएको छ । अध्यक्ष थापाले भोजन, आवास, स्वास्थ्य, शिक्षा र रोजगार, गरिबी निवारण पार्टीको प्रमुख ५ वटा प्राथमिकता भएको उल्लेख गर्नुभयो । मुलुकको समृद्धिका लागि यातायात, सञ्चार र साना जलविद्युतलाई प्राथमिकता दिने बताइएको छ । यस्तै, आफूले जितेका स्थानीय निकायका कार्यालयहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटो राख्ने जनाएको छ । गाउँ र नगरपालिकाहरुमा बन्द गर्न नपाइने कानुनी व्यवस्था गर्ने उद्घोष पनि राप्रपाले गरेको छ । आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने, प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गर्ने, कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्ने, माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने लगायतका बुँदा पनि घोषणापत्रमा उल्लेख छन । राप्रपाले शिक्षकहरुलाई राजनीतिक दलको सदस्य बन्न रोक लगाउने बताएको छ । साथै स्कुलहरुमा बन्द हड्ताल गर्न र दलको भ्रातृ संगठन खोल्न बन्द गरी शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा घोषणापत्रमा गरिएको छ ।
मुलुकका ठूला दलहरुप्रतिको दृष्ट्रिकोण स्पष्ट गर्दै घोषणापत्रमा कांग्रेस र एमाले बिकल्पहीन पार्टी भएको र माओवादी केन्द्र खस्किएकाले राप्रपा बलियो बैकल्पिक शक्ति भएको उल्लेख गरिएको छ । -

सरकारसंग एमाले क्रुद्ध, दोस्रो दिन पनि संसद् अवरूद्ध, शीर्ष वार्ता निष्कर्षविहीन
बैशाख १३, २०७४ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार दोस्रो दिन पनि संसद् बैठक अवरुद्ध गरेको छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको संख्या थप्ने विषयमा दिएको जवाफ चित्त नबुझेपछि एमालेले बैठक अवरुद्ध गरेको हो । सरकारले तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने निर्णय गरेपछि एमालेले त्यस सम्बन्धी जवाफ दिन माग गरेको थियो । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले दिएको जवाफ चित्त बुझदो नभएको एमालेले बताएको छ । स्थानीय तह पुनर्संरचना आयोगकै प्रतितवेदनविपरीत र निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवस्थामा संख्या थप्न र सीमा चलाउन नमिल्ने एमालेको भनाइ छ । बैठकको सुरुमै समय लिएर बोल्दै उपप्रधानमन्त्री थापाले मधेस केन्द्रीत दलहरुसँगको सहमतिअनुसार सरकारले स्थानीय तहको संख्या थप गर्ने र निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको बताउनुभएको थियो । स्थानीय तहको संख्या थप गर्न सरकारले ११ जिल्लामा गरेको परिपत्र र तोकेको मापदण्ड औचित्यपूर्ण, सही र सर्वमान्य छ भन्न सकिने अवस्था नभए पनि आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनसमेत निर्वाचनमा सहभागी हुने सुनिश्चितताका लागि सरकारले सो कदम चालेको थापालको भनाइ थियो । मन्त्री थापाको जवाफप्रति असन्तुष्टि जनाउदै एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संवैधानिक ब्यवस्थाअनुसार स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा हेरफेर गर्न नमिल्ने जवाफ दिनुभयो । तराईंका ११ जिल्लामा मात्र स्थानीय तहको संख्या बढाउने निर्णय विरोधाभासपूर्ण रहेको ढकालको भनाइ थियो ।
यसैबीच, संसद्को अवरोध खुलाउन बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकपनि निष्कर्षमा पुग्न सकेन । संसद् भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकमा पनि प्रतिपक्षी नेकपा एमाले आफनै अडानमा रहेपछि सहमति हुन नसकेको हो । बैठकमा अध्यक्ष कडा रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री दाहालले पनि कडा जवाफ फर्काउनु भएको बुझिएको छ । ओलीले कुनैपनि हालतमा स्थानीय तहको संख्या थपन नदिने र संविधान संशोधन पनि हुन नदिने बताएपछि प्रधानमन्त्री दाहालले एमाले बिना नै दुइ तिहाइ पु¥याएर देखाइदिने चुनौती दिएको बताइएको छ । -

इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्षमा, साउथह्याम्टन ४–२ ले हार्यो
बैशाख १३, २०७४ । इंग्लिस प्रिमियर लिगमा चेल्सी तालिकाको शीर्ष स्थानमा कायमै छ ।
पछिल्लो खेलमा प्रिमियर लिग अन्तर्गत साउथह्याम्टनमाथि चार–दुईको जित निकाल्दै चेल्सीले दोस्रो स्थानको टोटनह्यामसंगको दूरी सात अंकले बढाएको हो । ५ औं मिनेटमा नै इडन हजार्डको गोलमार्फत चेल्सीले अग्रता लियो । २४ औं मिनेटमा साउथह्याम्टनका ओरिओल लाकाकुले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि चेल्सीकातर्फबाट गेरी चाहिलले ४५ औं र डिएगो कोष्टाले क्रमशः ५३ औं र ८९ औं मिनेटमा गोल थपे । साउथह्याम्टनका बर्टयाण्डले खेल सकिन केही मिनेट अघि गोल गरेपछि चेल्सीले समग्रमा चार–दुईको जित निकाल्यो । तालिकामा पहिलो स्थानको चेल्सीको ३३ खेलबाट ७८ अंक रहेको छ भने एक खेल कम खेलेको दोस्रो स्थानको टोटनह्यामको ७१ अंक रहेको छ । -

टर्कीसंग अमेरिका रिसायो
बैशाख १३, २०७४ । टर्कीले सिरिया र इराकमा गरेको हवाइ हमलामा कुर्द लडाकु मारिएपछि अमेरिकाले चिन्ता प्रकट गरेको छ । आक्रमणमा कम्तिमा दुइ दर्जन भन्दा बढी कुर्द लडाकु मारिएको अमेरिकाले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकुको समूह वाइपीजीले आफना प्रमुख अड्डामा टर्कीस सेनाले भीषण हवाइ आक्रमण गरेको जनाएको छ । कुर्दु लडाकुको यो समूह बिद्रोही इस्लामिक स्टेट आइएसबिरुद्ध लडिरहेको छ । उता इराक सरकारले पनि आफनो क्षेत्रमा आक्रमण गरेको भन्दै टर्कीको निन्दा गरेको छ ।
