केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जथाभावी पेनकिलर खानुहुन्छ ? होशियार दिर्घकालमा यि रोगले सताउनेछन्

सहयात्रा टिभी

सहायात्राटीभी : आजका मानिसहरुको जीवनशैली निकै व्यस्त देखिन्छ । अनेकन तरिकाबाट मानिसहरु व्यस्त नै भइरहेका हुन्छन् । मानिसहरु यतिसम्म व्यस्त छन् कि उनीहरुलाई घर परिवार र साथीभाईको लागी समय दिनु त परकै कुरा हो आफ्नो समेत ख्याल गर्ने फुर्सद छैन आजका मानिसहरुलाई । व्यस्तता बढेसंगै चाहिने मात्रामा शरिरलाई आराम नभएपछि अनेकौँ समस्याहरु देखा पर्न सक्छन् । लामो समय काममा मात्र व्यस्त हुनाले मानसिक तनाव र थकान पनि हुने गर्दछ । फलस्वरुप टाउको दुख्ने, पेट दुख्ने, शरिर वा जिउ दुख्ने जस्ता समस्याहरु प्राय देखिएकै हुन्छ ।

शरिर र मस्तिष्कलाई आवश्यक आरामको अभावमा देखिने यस्ता समस्याहरुबाट बच्न मानिसहरु डाक्टरको सल्लाह लिएर उपचार गराउने र आराम गरि ठिक हुने उपाय अपनाउनु भन्दा पेन किलर खाएर क्षण भरमा ठिक हुने उपाय अधिकाशंले अपनाउने गर्दछन् । यो मानव जिवनमा दिर्घकालिन रुपमा घातक कुरा हो ।

मानिसहरुले पेन किलरको दिर्घकालिन असर र यसले गर्ने साइड इफेक्टको बारेमा सोच्दै नसोचि पसलमा चकलेट किने झैँ गरि पेन किलर किनेर प्रयोग गरिरहेका हुन्छन् । प्रत्येक मानिसहरुले खल्तिमा प्राय पेन किलर बोकेकै हुन्छन् र जति बेला टाउको दुख्छ, पेट दुख्छ या अन्य कुनै पनि शरिरको भागमा दुखाइको अनुभव हुन्छ, खल्तिबाट चकलेट निकालेर खाए झैँ गरि पेन किलर खान्छन् र समस्याको समाधान भएको महशुस गर्छन् । तर कसैले पनि यो समस्याको समाधान नभएर भविष्यमा झन ठूलो समस्या बन्ने कारक तत्व हो भन्ने कुरा गम्भिर भएर सोचेको पाइदैन ।

क्षणभरमा नै दुखाई कम गर्ने पेन किलर आजभोलि सबैको लोकप्रिय बनेको छ । टाउको दुखाइ, पेट दुखाई, जिउ दुखाई, हातगोडाको दुखाई, गिजा, दाँतको दुखाई लगायतका सम्पूर्ण दुखाईको क्षणभरमा एक गोटिले ठिक गर्ने भएकाले मानिसहरुले यसलाई चमत्कारी औषधिकै रुपमा लिने र प्रयोग गर्ने गरेको पाइएको छ । तर क्षणभरको दुखाईलाई कम गर्न प्रयोग गरिएको चामत्कारीक औषधिले दिर्घकालिन रुपमा कस्तो असर पु¥याउँछ भनेर सोच्ने फुर्सद भने कसैले पाएका छैनन्, अथवा वेवास्ता गरिरहेका छन् ।

पेन किलरले हामीलाई केहि समय मात्र दुखाइ कम गरेर क्षणिक आनन्द प्रदान गर्छ तर यसको दिर्घकालिन असर भने निकै खतरनाक हुन्छ । नार्कोटिक्स र ननस्टेसाइडल एन्टी एन्फ्लेमेटरी ड्रग्स, एसेटेमिनोफेन जस्ता नन नार्कोटिक्स केमिकलहरुको प्रयोगबाट बन्ने पेन किलरहरुले हाम्रो दुखाई सहन सक्ने क्षमतालाई विस्तारै कमजोर बनाउँदै लैजान्छ ।

पेन किलरको नियमित प्रयोग गर्ने प्रयोगकर्ताहरुमा बढि थकाइको महशुस हुने, पेट दुखिरहने, चक्कर लाग्ने र कमजोर महशुस हुने लक्षण देख पर्न थाल्छ । यसले नियमित प्रयोगकर्ताहरुमा जीउ भारी हुने, टाउको भारी र दुखाईको अनुभव भईरहने पनि हुन्छ । पेन किलरले सेडेटिभ इफेक्ट्रसहरु हुन्छ, जसले सिधै निन्द्रा लागेको महशुस गराउनुको साथै यसको प्रयोग गरिरहने मानिसमा कब्जियतको समेत समस्या देखा पर्दछ ।

पेन किलर बढि मात्रामा प्रयोग गर्ने हो भने मुटुको धड्कन र रक्तचापमा समेत उतावचढाव भइरहन्छ । यसले कलेजोमा समेत नकारात्मक प्रभाव पार्दछ । पेन किलरको प्रयोगकर्ताहरुको मुख सुकिरहने, आँखाको नानी खुम्चिँदै जाने, जीउ चिलाउने, माशंपेसी दुख्ने जस्ता साइड इफेक्ट हुन्छन् ।

प्राय महिलाहरुले महिनावारी भएको समयमा पेटको दुखाइ कम गर्न पनि पेन किलर प्रयोग गर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा पेन किलरको प्रयोग गरेमा ग्यास्ट्राइटिस, एसिडिटि र पेटमा अल्सर हुने समस्या देखा पर्नुको साथै प्रजनन् क्षमतामासमेत ह्रास आउने र पछि पाठेघर सम्बन्धि अनेकन समस्याहरु पनि देखा पर्न सक्छ ।

मानिसहरु आराम गरेर शरिरलाई ठिक गर्नु भन्दा पेन किलर खाँदै कामकाज गर्ने गर्छन् । यसले क्षणिक रुपमा मात्र आराम मिल्छ र उमेर ढल्कँदै जाँदा विभिन्न किसिमका समस्याहरु देखा पर्दै जान्छन् । वर्तमानमा जोस जाँगर भएको बेला आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्न नसकेमा पछि शरिर कमजोर हुँदै जाँदा निकै पिडादायी जीवन विताउनुपर्ने हृुन सक्छ । त्यसैले युवा अवस्था देखिनै आफ्नो स्वास्थ्यको ख्याल गर्नु उपयुक्त हुन्छ ।

व्यस्त जीवन हुनु राम्रो कुरा हो, तर व्यस्त हुने भन्दैमा शरिरलाई आवश्यक आराम पनि नदिई व्यस्त हुनु भने पक्कै पनि राम्रो होइन । भविष्यकै लागि भनेर गरिने आजको व्यस्तता र दुख यदि भविष्यमा स्वस्थ भइएन भने अर्थहिन हुन पुग्छ ।

पेन किलर भनेको अपवादमा मात्र प्रयोग गर्ने औषधि हो । यसलाई समस्याको समाधान नै मान्नु भने उचित होइन् । हामीलाई शरिरको कुनै अंगको दुखाई महशुस भएमा आराम गरेर वा के भएको जाँच गराई सम्बन्धित औषधि खानुपर्छ । यदि पेन किलर नै प्रयोग गर्नुपरेमा पनि डाक्टरको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । पेन किलरलाई औषधि मानेर नियमित प्रयोग  नगरेर कुनै विकल्प नभएमा मात्र वैकल्पिक उपायको रुपमा प्रयोग गर्ने गर्नुपर्छ । होइन भने क्षणभरको दुखाई कम गर्न दिर्घकालिन दुखाई निम्त्याएर, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि भनेझैँ नेपाली उखान सत्य सावित हुनेछ । त्यसैले स्वास्थ्य भन्दा ठूलो धन यहां केहि छैन, आफ्नो बहुमुल्य धन स्वास्थ्यको ध्यान आजैदेखि गर्ने कि ??

यो पनि पढ्नुहोस्

श्रीमान श्रीमती नै व्यस्त हुनुुहुन्छ ? ख्याल राख्नुस तपाईको सन्तान डिप्रेसनमा पर्न सक्छन्

सार्वजनिक सवारीको यात्रा : महिलालाई मानसीक तनाव मात्र

राष्ट्रिय जनावर गाईको सम्मान अभियान : भाग–२

नेपालको समस्या र चुनौति बन्दै बाल विवाह

विवाह र यौन सम्वन्ध

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 13 August, 2018

प्रतिक्रिया दिनुहोस्