केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीमान श्रीमती नै व्यस्त हुनुुहुन्छ ? ख्याल राख्नुस तपाईको सन्तान डिप्रेसनमा पर्न सक्छन्

सहयात्रा टिभी

सहायात्राटीभी : समाज विस्तारै आधुनिकिकरणतर्फ अघि बढ्दै जाँदा मानिसहरु भने किनै व्यस्त बन्दै गएको देखिन्छ । आर्थिक उपार्जनका निम्ति तथा उज्वल भविष्यका निमित्त प्रत्येक मानिसहरु कुनै न कुनै पेसा, व्यवसायमा लागेका हुन्छन् । आजभोलि कुनै पनि समय खेर नफाली प्रत्येक मिनेटको सदुपयोग गर्न मानिसहरु मेहनती भई लागी परेका छन् । तर मानिसहरुको व्यस्ततासँगै उनीहरुका बालबच्चाहरुमा भने नकारात्मक असर बढ्दै जाने र सानै उमेरदेखि  नै डिप्रेसन तथा मानसिक समस्याहरु देखिन थालेको पाइन्छ ।

श्रीमान श्रीमती नै काम गर्ने, आर्थिक सुरक्षाका लागी पनि आजभोली एउटा मात्र बच्चा जन्माउने प्रवृति बढेको छ । जसले गर्दा घरमा बस्ने बालबालिकाहरुले बोल्ने, हाँस्ने, झगडा गर्ने, खेल्ने साथी पाउँदैनन् । बिहान घरबाट निस्किएका बाबुआमा साँझमा मात्र घर फर्कने र घर फर्किएपछि पनि बच्चालाई समय दिनु भन्दा आफ्नै काममा व्यस्त भईदिने, अझै आजभोली मोवाईलमा बढि व्यस्त हुने प्रवृत्ति बढेको छ, यसो गर्नाले विस्तारै बालबच्चाहरुले एक्लोपनाको महशुस गर्न थाल्दछन् ।

हाल विश्वका ४० प्रतिशत बच्चाहरुले कुनै न कुनै कारणबाट एक्लै समय विताउनुपर्ने बाध्यता रहेको पाइएको छ । अष्ट्रेलियामा ४ सय २ जना बच्चाहरुमा गरिएको एक अध्ययन अनुसार १४ प्रतिशत बच्चाहरु घरमा एक्लो हुने गरेको पाइयो भने एक चौथाई बच्चाहरु आमाबुबाविना दाजुभाई दिदिबहिनीहरुसँग मात्र समय विताउने गरेको पाइएको छ ।

हाल अमेरिकामा ५ देखि १३ वर्षका उमेर समुहका २ करोड बच्चाहरु घरमा एक्लै बस्नुपर्ने र आफ्नो ख्याल पनि आँफै गर्नुपर्ने बाध्यता रहेकोे पाइएको छ । आमाबाबुहरु काममा व्यस्त हुने हुँदा विद्यालय बाहेकको अधिकांश समय बालबालिकाहरुले घरमा एक्लै नै बिताउने गर्छन । एक भन्दा बढि सन्तान भएको परिवारमा त दाजुभाई दिदिबहिनीहरु सम्म हुन सक्छन् तर आजभोली त एक मात्र सन्तान जन्माउने प्रवृति बढेकाले आमाबाबुको समय त पाएनन् नै उनिहरुले दाजु दिदिसँग खेल्ने, बस्ने अधिकारसमेत विस्तारै गुमाउँदै गएको पाइएको छ ।
अधिकांश बालबालिकाहरुको खेल्ने साधन भिडियो गेम, पाएसम्म मोबाइल, कृतिम गुडियाहरु नै हो । त्यसैगरि टेलिभिजनमा कार्टुन हेरेर पनि एक्लै नै समय विताइरहेका हुन्छन्, आजभोलिका बालबालिकाहरु । विद्यालय जाने, घरमा आएर गृहकार्य गर्ने, कृतिम साधनहरुसँग खेलेर समय विताउने र लामो समय एक्लै विताउनुपर्दा बालबालिकाहरुमा विस्तारै एक्लोपनाको महशुस हुन थाल्छ । खेल्ने, हाँस्ने, चकचक गर्ने र रमाउने उमेरमा कृतिम साधनहरुसँग खेलेर दिनभर एक्लो भई बस्नुपर्दा बालबालिकाहरु खुसी भन्दा पनि बढि दुखि र निराश हुने गरेको देखिन्छ । यस्ता कारणहरुले विस्तारै बालबालिकाहरुमा नकारात्मक मानसिक तथा मनोवैज्ञानिक प्रभाव पर्न जान्छ ।

अभिभावकहरुसँगको घुलमिल कम हुने हुँदा विस्तारै हुर्कदै जाँदा आमाबुबाहरुसँग नै टाढिदैँ जाने प्रवृति पनि बच्चाहरुमा बढ्दै जान्छ । विस्तारै उनीहरु एकलकाटे हुने, एक्लै बस्न रुचाउने, आफन्त तथा साथीभाईहरुसँग घुलमिल हुन नसक्ने, अभिभावकहरुलाई नै घृणा गर्न थाल्ने, भिडभाड, होहल्ला मन पराउन छाड्ने जस्ता नकारात्मक वानीको विकास हुँदै जान्छ । यसले बच्चाहरुलाई असामाजिक बनाउँछ । अभिभावकको आवश्यक रेखदेख, उचित साथ र माया र आवश्यक मार्गदर्शनको अभावका कारण बालबालिकाहरु हुर्कदै जाँदा खराव संगततर्फ लाग्ने, कुलतमा फस्ने र बिग्रने हुन सक्छन् । बच्चाहरुमा अभिभावकप्रति नै नकारात्मक भावनाको विकास हुन सक्छ ।

यसर्थ, त्यहि बच्चाको भविष्यको निम्ति आर्थिक उपार्जनमा व्यस्त हुने अभिभावकहरुले आवश्यकताअनुसार आफ्ना बालबच्चालाई समय दिन नसक्दा ती नै बच्चाहरुको जीवन अन्धकारतर्फ धकेलिरहेको हुन्छ । जसले गर्दा भविष्यमा पछुताउनु सिवाय अरु केहि हात लाग्दैन । तसर्थ, वर्तमानमा उनीहरुको ख्याल नगर्ने हो भने भविष्यको चिन्ताले व्यस्त हुनु र वर्तमानमा चाहिने भन्दा बढि दुख गर्नुको कुनै औचित्य नहुन सक्छ ।

यो पनि पढ्नुहोस्

सार्वजनिक सवारीको यात्रा : महिलालाई मानसीक तनाव मात्र

राष्ट्रिय जनावर गाईको सम्मान अभियान : भाग–२

नेपालको समस्या र चुनौति बन्दै बाल विवाह

विवाह र यौन सम्वन्ध

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 8 August, 2018

प्रतिक्रिया दिनुहोस्